Academic literature on the topic 'विन्यास'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the lists of relevant articles, books, theses, conference reports, and other scholarly sources on the topic 'विन्यास.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Journal articles on the topic "विन्यास"

1

भट्टराई Bhattarai, टीकादेवी Tikadevi, та लोकेन्द्र Lokendra बलम्पाकी Balampaki. "नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग". Rabi Sangyan 1 (31 грудня 2024): 101–8. https://doi.org/10.3126/rs.v1i1.74806.

Full text
Abstract:
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका लागि वर्णहरूको उपर्युक्त ढङ्गले विन्यास गर्नुपर्ने हुन्छ । वर्णविन्यासलाई एकरूपता ल्याएर व्याकरणिक संरचना र कोशीय न्यायका लागि केही नियमहरू स्थापना भएका छन् । सम्पादन कार्य बौद्धिक, प्राज्ञिक, अनुभवमा आधारित जटिल र सम्वेदनशील लिपिवद्ध कार्य हो । पाण्डुलिपि देखि टङ्कन र मुद्रण वा प्रकाशन पूर्वको अवस्थासम्म स्पष्ट, सरल र शुद्धीकरण गरी मुद्रित सामग्रीलाई प्रकाशनयोग्य बनाउनको लागि सम्पादन कार्र्य गरिन्छ । प्रकाशनमा ल्याइएका लिखित सामग्रीमा परिष्कृत गरी उपर्युक्त अर्थापन गर्दै लुप्त ज्ञानको प्रकाश पार्नुका साथै नवीन ज्ञान स्थापित गर्नको लागि सम्पादन कार्य गरिन्छ । प्रस्तुत लेख मुख्यगरी नेपाली स्वर व्यञ्जन र संंयुक्त वर्णको प्रयोगका साथै ह्रस्व दीर्घसम्बन्धी वर्णको विन्यासगत नियमको विश्लेषण गर्न सम्पादन प्रक्रियामा प्रयोग हुने सङ्केत पहिचान, सङ्केतार्थ र प्रयोग अवस्थामा केन्द्रित भएकोले यस लेखमा सामग्री सङ्कलन र विश्लेषण विधिको प्रयोग गरिएको छ । यस लेखमा नेपाली भाषामा वर्णवितरण र सम्पादनमा प्रयोग गरिने सङ्केत चिहृनको पहिचान, अर्थ र प्रयोगमा लेखलाई केन्द्रित गरिएको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
2

Bhattarai, T. D., та L. Balampaki. "नेपाली वर्णविन्यास सम्पादनमा चिह्न प्रयोग". Rabi Sangyan (रवि संज्ञान) 1, № 1 (2024): 101–8. https://doi.org/10.5281/zenodo.14237467.

Full text
Abstract:
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका लागि वर्णहरूको उपर्युक्त ढङ्गले विन्यास गर्नुपर्ने हुन्छ । वर्णविन्यासलाई एकरूपता ल्याएर व्याकरणिक संरचना र कोशीय न्यायका लागि केही नियमहरू स्थापना भएका छन् । सम्पादन कार्य बौद्धिक, प्राज्ञिक, अनुभवमा आधारित जटिल र सम्वेदनशील लिपिवद्ध कार्य हो । पाण्डुलिपि देखि टङ्कन र मुद्रण वा प्रकाशन पूर्वको अवस्थासम्म स्पष्ट, सरल र शुद्धीकरण गरी मुद्रित सामग्रीलाई प्रकाशनयोग्य बनाउनको लागि सम्पादन कार्र्य गरिन्छ । प्रकाशनमा ल्याइएका लिखित सामग्रीमा परिष्कृत गरी उपर्युक्त अर्थापन गर्दै लुप्त ज्ञानको प्रकाश पार्नुका साथै नवीन ज्ञान स्थापित गर्नको लागि सम्पादन कार्य गरिन्छ । प्रस्तुत लेख मुख्यगरी नेपाली स्वर व्यञ्जन र संंयुक्त वर्णको प्रयोगका साथै ह्रस्व दीर्घसम्बन्धी वर्णको विन्यासगत नियमको विश्लेषण गर्न सम्पादन प्रक्रियामा प्रयोग हुने सङ्केत पहिचान, सङ्केतार्थ र प्रयोग अवस्थामा केन्द्रित भएकोले यस लेखमा सामग्री सङ्कलन र विश्लेषण विधिको प्रयोग गरिएको छ । यस लेखमा नेपाली भाषामा वर्णवितरण र सम्पादनमा प्रयोग गरिने सङ्केत चिहृनको पहिचान, अर्थ र प्रयोगमा लेखलाई केन्द्रित गरिएको छ । 
APA, Harvard, Vancouver, ISO, and other styles
3

खडका Khadka, गिरबहादुर Girbahadur. "कानुनी नेपाली भाषामा वाक्यसंरचना". Prithvi wangmaya 14 (12 вересня 2024): 51–58. http://dx.doi.org/10.3126/pw.v14i01.69757.

Full text
Abstract:
कानुनी नेपाली भाषामा प्रयुक्त वाक्यहरूको अर्थ र संरचनागत स्थितिको विश्लेषण गर्ने उद्देश्यले यो लेख तयार पारिएको हो । नेपाली भषााको प्रयोजनपरक भेदअन्तर्गतको एक भेद कानुनी नेपाली भाषा हो । यस लेखमा कानुनी नेपाली भाषामा वाक्यको अर्थ र संरचना के कस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासालाई प्रमुख समस्या बनाइएको छ । मूलतः कानुनी क्षेत्रमा प्रयुक्त हुने यस्तो भाषामा प्रयुक्त पारिभाषिक शब्द एवं वाक्य विन्यासगत विशिष्टताका कारण भिन्नता पाइन्छ । बहुसत्यमा आधारित गुणात्मक अनुसन्धान ढाँचा अवलम्बन गरी यो लेख तयार पारिएको छ । यस लेखमा मूलतः द्वितीय स्रोतका सामग्रीहरूको उपयोग गरिएको छ र ती सामग्रीहरू पुस्तकालयबाट सङकलन गरिएका हुन । यस अध्ययनमा वाक्य संरचनालाई सैद्धान्तिक आधारका रूपमा उपयोग गरिएको छ । यसै सैद्धान्तिक मान्यताका आधारमा कानुनी नेपाली भषााका वाक्यमा शब्दको प्रयोग, अर्थगत विन्यास, व्याकरणात्मक कोटि र शैलीगत विविधताजस्ता सूचकको उपयोग गरी लेखलाई पूर्णता प्रदान गरिएको छ । पदको विचलन, लामा पदावलीको संयोजन एवं व्याकरणिक नियममा आबद्ध नभई दीर्घ आयामयुक्त वाक्यको संयोजन र विविध शैलीको प्रयोग हुने नेपाली भाषाको एक प्रयोजनपरक भेद कानुनी नेपाली भाषामा भएको देखिन्छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
4

जोशी Joshi, हेमा Hema. "वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभासपूर्ण अवस्था". Far Western Journal of Education 1, № 1 (2024): 73–85. http://dx.doi.org/10.3126/fwje.v1i1.68965.

Full text
Abstract:
प्रस्तुत आलेख वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभासपूर्ण अवस्थाबारे अध्ययनमा केन्द्रित छ । वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठिक रखाइ वा नियम बमोजिमको लेखन हो । ठिक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हुँदा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ । वर्णविन्यास लेख्य भाषासँग सम्बन्धित विषय हो । यसलाई हिज्जे पनि भनिन्छ । वर्णविन्यासलाई लिपि विन्यास पनि भन्न सकिन्छ । कुनै भाव वा विचार वा कुनै कुरा लेख्य भाषामा व्यक्त गर्दा वर्णविन्यास मिलाउनुपर्छ । वर्णको सम्बन्ध अर्थसँग हुने भएकाले वर्णविन्यासमा त्रुटि भएमा कुनै अभिव्यक्ति सही र स्पष्ट रूपमा प्रकट हुन सक्दैन । लिखित अभिव्यक्तिमा लेख्य चिन्हहरूको शुद्ध, स्पष्ट र स्तरीय प्रयोगको आवश्यकता पर्दछ । प्रस्तुत लेखमा वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभाषपूर्ण अवस्थाको बारेमा अध्ययन गरिएको छ । आलेख तयार पर्ने सन्दर्भमा मूलतः पुस्तकालयको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण र उदाहरणका आधारमा वर्णनात्मक विधिद्वारा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । लेखमा वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभासपूर्ण अवस्था, नेपाली बृहत् शब्दकोश २०७२ र २०७५ को वर्णविन्यासको अवस्था के कस्तो रहेको छ भन्ने कुरा उल्लेख गरिएको छ । लेखलाई गुणात्मक अनुसन्धान पद्धतिका आधारमा सम्पन्न गरिएको छ । नेपाली भाषामा वर्णविन्यासका सर्वमान्य नियमहरू बन्न सकेका छैनन् । निष्कर्षमा वर्णविन्यासको विरोधाभासपूर्ण अवस्थाको बारेमा विद्वानहरूका बिचमा फरक–फरक मतहरू रहेको कुरा लेखमा देखाइएको छ । अतः वर्णविन्यासम्बन्धी स्पष्ट रूपमा नियमको खाँचो रहेको कुरा देखाउनु यस आलेखको सार हो ।
APA, Harvard, Vancouver, ISO, and other styles
5

कार्की Karki, सन्तोष Santosh. "गद्यकवितामा लयविधान {Rhythm in Prose Poetry}". Sotang, Yearly Peer Reviewed Journal 2, № 1 (2020): 74–84. http://dx.doi.org/10.3126/sotang.v2i1.47599.

Full text
Abstract:
कवितालाई अन्य विधाबाट छुट्याउने आधार लय हो । यो कविताको आधारभूत तत्व पनि हो तर लय बिना कविता नै हुँदैन भन्ने चाँहि हुँदैन । पद्यकविता सामान्यत श्रुतिमधुरता र गेयात्मक हुने भएकाले यो लयात्मक हुन्छ । गद्यकवितामा ध्वनि, शब्द, पदावली, उपवाक्य, वाक्यहरूको पुनरावृत्ति, वाक्य ढाँचा, पङ्क्ति विन्यास, समानान्तरता वा आवृत्ति, विचलन, शब्दहरूको वैपरित्व, लेख्य चिह्नहरूको प्रयोग, अनुप्रास, सम्बोधक शब्दहरूको प्रयोग, विशिष्ट ध्वन्यात्मक शब्द, बिम्ब प्रतीक र अलङ्कार आदिले लय सिर्जना गर्दछ । गद्यकवितामा मुक्त लयको प्रयोग गरिन्छ । यसमा पनि लयात्मक, प्रवाहात्मक, सङ्गीतात्मकताजस्ता गुण रहेको हुन्छ । मुक्त लयमा पद्यमा जस्तो सोभैm लय देखिदैन तर त्यसको अन्तरवस्तु केलाउने हो भने एक प्रकारको मुक्त लय रहेको हुन्छ । पङ्क्ति विन्यासमा शब्ददेखि वाक्यसम्मका भाषिक एकाइहरू (न्यूनतमदेखि अधिकतम शब्दहरूको विवरण) असमान, अनियमित र विविध रूपमा आएका हुन्छन् । यस्ता पङ्क्तिहरूले कवितामा यति, गति र लयलाई विशिष्ट तुल्याउँछन् । जति बढी भाषिक एकाइहरूको पुनरावृत्ति हुन्छ, त्यति नै यति, गति र लयको स्थान उच्च बन्न जान्छ । त्यसैलै आवृत्ति हुँदा एक प्रकारको मुक्त लयको सिर्जना हुन्छ । गद्यकवितामा सीमित अनुपासको प्रयोग पाइन्छ । यसमा आद्यानुप्रास, मध्यानुप्रास र अन्त्यानुप्रासको प्रयोगले लय सिर्जना हुन्छ । पङ्क्तिहरूको सुरूमा, पङ्क्तिको बिचमा र पङ्क्तिको अन्त्यमा हुने अनुप्रास नै क्रमशः आद्यानुप्रास, मध्यानुप्रास र अन्त्यानुप्रास हो । यसैबाट गद्यकवितामा लयको निर्माण हुन्छ । गद्यकवितामा विभिन्न किसिमका लेख्यचिह्नहरूको प्रयोग गरिन्छ । यसले कविताको गति, यति, भाव र लयलाई व्यवस्थित बनाउँछ ।
APA, Harvard, Vancouver, ISO, and other styles
6

Atom, Netra. "वीरहरू निबन्धमा कोशीय संसक्ति". Interdisciplinary Research in Education 9, № 1 (2024): 49–58. http://dx.doi.org/10.3126/ire.v9i1.69745.

Full text
Abstract:
प्रस्तुत लेखमा लक्ष्मीप्रसाद देवकोटाको ‘वीरहरू’ निबन्धमा प्रयुक्त कोशीय संसक्तिका विभिन्न पक्षहरूबाट उक्त निबन्धको पाठलाई अर्थयुक्त सङ्कथनका रूपमा सिर्जना गर्ने एकीकृत शक्तिको अध्ययन गरिएको छ । कोशीय संसक्तिले पाठलाई कोशीय पदहरूको आर्थतात्त्विक आधार लिएर विचारमा केन्द्रित गर्छ । ‘वीरहरू’ निबन्धमा वीरहरूको स्वार्थरहित कार्य, उनीहरूले मान्छेको मनमा बनाएको उच्च स्थान र मार्गचित्रका निम्ति लिने प्रेरणात्मक वैचारिकतालाई प्रभावकारी अर्थयुक्त बनाउन यसका वाक्यगत, अनुच्छेदगत र कृतिगत शब्दशृङ्खलाले खेलेको भूमिका कोशीय शब्दको चयन र संसक्तिबाट उद्घाटन भएको छ भन्ने प्रस्ट पार्दै पाठको एकीकृत शक्तिले वक्ताको मनसाय र पाठकमा पर्ने प्रभावकारिताबिच सम्बन्ध स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसको सैद्धान्तिक ढाँचाको रचना गर्दा सङ्कथन विश्लेषणको पद्धति अवलम्बन गरिएको छ । त्यसमा पनि कोशीय संसक्तिका विभिन्न युक्तिहरूको अध्ययनका निम्ति चाहिँ ह्यालिडे र हसन (सन् १९७६) र म्याक्कार्थी (सन् २०१०) का भाषिक प्रकार्यपरक मान्यताबाट विश्लेषणको मूल आधार लिई गुणात्मक शोधपद्धतिमा चयन गरिएका पाठको सघन विश्लेषण गरिएको छ । यसमा कोशीय पद, पुनरुक्ति र विन्यास गरी तीन ओटा उपकरणअन्तर्गत अर्थतात्त्विक एकत्वको विश्लेषणसहित निष्कर्षसम्म पुग्ने मार्ग अवलम्बन गरिएको छ । यसबाट कोशीय शब्दशृङ्खलाको समुचित आयोजनाबाट निबन्धको केन्द्रीय अर्थको स्थापना र प्रबल प्रभाव सिर्जना भएको हुन्छ भन्ने स्पष्ट पारिएको छ । ‘वीरहरू’ निबन्धमा प्रयुक्त वक्ताले वीरहरूप्रति प्रकट गरेको आस्था, प्रशंसा र तिनलाई सांसारिक लोलुपतायुक्त व्यक्तिसँग गरेको तुलना संसक्त बनाउने, काव्यिक सौन्दर्य बढाउने र पाठकमा दीर्घकालीन प्रेरणा दिने कार्यमा शब्दभण्डारबाट पुनरुक्ति एवम् विन्यास प्रयुक्त उपयुक्त अर्थयुक्त शब्दहरूको छनोटले महत्त्व पाएको हुँदा यो निबन्ध विचारको प्रवाहपूर्ण सम्प्रेषणमा शक्तिशाली बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
7

उपाध्याय, महेन्द्र कुमार, та नितेश उपाध्याय*. "इतिहास में शोध प्रविधि". Humanities and Development 16, № 1-2 (2021): 70–74. http://dx.doi.org/10.61410/had.v16i1-2.15.

Full text
Abstract:
इतिहास का दृश्यमान मुख्य स्वरूप वास्तव में अनेक सूक्ष्म परिघटनाओं का समेकित रूप होता है। इतिहासकार एवं शोधार्थी इन्हीं सूक्ष्म तत्त्वों को उद्भासित कर इतिहास को समग्रता से देखने का प्रयास करता है। ऐतिहासिक विकास की यह प्रक्रिया निरन्तर गतिमान होती है। यह गतिशीलता नवीनतम ऐतिहासिक शोधों तथा ज्ञान के बदलते प्रतिमानों पर आधारित होती है।
 शोध विद्यमान आँकड़े या अभी तक अज्ञात आँकड़े पर आधारित होता है। शोध का अर्थ मात्र नवीन अन्वेषण नहीं अपितु एक नवीन विन्यास, नवीन दृष्टिकोण और नवीन साक्ष्य भी है।
APA, Harvard, Vancouver, ISO, and other styles
8

पनेरु Paneru, राजिन Rajin. "‘मैनबत्तीको शिखा’ कवितामा लयविधान". Prajnik Bimarsha प्राज्ञिक विमर्श 6, № 11 (2024): 135–41. http://dx.doi.org/10.3126/pb.v6i11.66036.

Full text
Abstract:
प्रस्तुत लेखमा भूमि शेरचनकृत ‘मैनबत्तीको शिखा’ कवितामा लयविधानको खोजी गरिएको छ । प्रस्तुत कवितामा प्रयुक्त लयविधानको खोजी प्रस्तुत लेखको मुख्य विषय सन्दर्भ रहेको छ । पङ्क्तिगत विन्यास, आवृत्ति वा समानान्तरता, विचलन, लेख्य चिन्हहरूको प्रयुक्ति तथा शब्दहरूको खण्डीकरणजस्ता सन्दर्भले कवितामा लय निर्माण भएको छ । भाषाद्वारा सृजना हुने लयलाई कविताको सङ्कथन विश्लेषणको महत्वपूर्ण आधारको रूपमा लिइन्छ । नारीको जीवन सन्दर्भका साथै मानवको जीवन चक्रको भावलाई विशिष्ट मुक्तलयका माध्यमबाट यस कवितामा प्रस्तुत गरिएको छ । यस अध्ययनमा गद्य कविताको लय विधानगत सैद्धान्तिक स्वरूपका आधारमा प्रस्तुत ‘मैनबत्तीको शिखा’ कविताको विश्लेषण गरिएको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
9

शारदा Sharada खनाल Khanal. "‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन". Prāgyik Prabāha 12, № 1 (2024): 124–36. http://dx.doi.org/10.3126/pp.v12i1.69989.

Full text
Abstract:
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस्था भए पनि यस लेखमा संरचनावादी सिद्धान्तका आधारमा मात्र अध्ययन गरिएको छ । कुनै पनि कृतिको संरचनामा केन्द्रित भई उक्त कृतिको वस्तुगत र वैज्ञानिक ढङ्गले अध्ययन विश्लेषण गर्ने पद्धतिलाई संरचनावाद भनिन्छ । कृतिरचनाका क्रममा आवश्यक पर्ने विभिन्न अङ्ग, तत्त्व वा घटकहरूको समष्टि वा पारस्परिक मेलबाट निर्मित पूर्ण रूप नै उक्त कृतिको संरचना हो ।संरचनात्मक विश्लेषण कृतिको विभाजन, सङ्गठन, वस्तु, सहभागी, परिवेश, उद्देश्य, समाख्याताको स्थिति तथा भाषाशैलीगत विन्यास जस्ता विभिन्न आधारमा गरिएको छ । प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीलाई सूक्ष्म पठन गरी सघन पाठविश्लेषण विधिअनुसार सन्दर्भपरक अध्ययनसमेत गरिएकाले प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको छ । प्रमुख पात्र पवित्राको शारीरिक, सामाजिक र मानसिक सबै दृष्टिकोणले दयनीय स्थितिको जीवन्त तस्विर प्रस्तुत गर्दै तत्कालीन समाजमा मात्र नभएर जहिले र अहिले पनि यस्ता युवतीहरूप्रति समाजको दृष्टिकोण सकारात्मक नहुँदा र उनीहरूको बिहे हुन नसक्दा उनीहरू नोकर वा भान्छे भएर आफ्नो जवानी यत्तिकै खेर फाल्दै बेसहारा जीवन बाँच्नुपर्ने बाध्यात्मक अवस्थालाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । प्रारम्भमा कथातर्फ पाठकलाई अभिमुख गराई लगत्तै कथाको मूल कथ्य सन्दर्भलाई जोडेर कथालाई अगाडि बढाइएको छ । सहरिया परिवेशमा केन्द्रित यस कथामा निश्चित कालिक परिवेश नभए पनि पात्रका जीवनका एउटा खण्डका घटना प्रस्तुत भएका छन् । बहिर्निष्ठ तथा सर्वज्ञ समाख्याता रहेको यस कथामा सरल, सहज र स्वाभाविक भाषाको प्रयोग गरिएको पाइन्छ । मध्यम खालको संरचनामा संरचित प्रस्तुत कथालाई विभाजन, सङ्गठन, वस्तु, सहभागी र तिनको सहभागिता, परिवेश, समाख्याता, भाषाशैलीगत विन्यास जस्ता संरचनावादी सिद्धान्तका संरचक घटकहरूका आधारमा अध्ययन गरी प्राप्त भएको निष्कर्षलाई यसको प्राप्तिका रूपमा लिइएको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
10

नेपाल, टीकाराम. "भेट कविताको संरचनात्मक विश्लेषण". Shanti Journal 2, № 1 (2023): 146–64. http://dx.doi.org/10.3126/shantij.v2i1.53755.

Full text
Abstract:
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्टि तथा वस्तु वा कृतिको सम्पूर्णता तथा त्यसको निर्माण गर्ने घटकहरूको कुलयोगलाई नै संरचना भनिन्छ । पूर्णता, परिवर्तनशीलता र स्वनिष्ठता जस्ता गुणहरुकै कारण कविताको विशिष्ट संरचना निर्माण भएको हुन्छ । वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, भाषाशैलीय विन्यास जस्ता बुनोट र यिनीहरुको समग्रताबाट कविताको बनोट निर्माण भएको हुन्छ । भाषाशैलीय विन्यासभित्र पनि भाषा, शैली, बिम्ब, प्रतीक, अलङ्कार, छन्द, लय जस्ता अवयव पर्दछन् । संरचनात्मक दृष्टिले आख्यानात्मक, नाटकीय र प्रगीतात्मक गरी कविताका तीन प्रकार रहन्छन् । एउटै केन्द्रीय कथ्यमा वर्तुलित विस्तार भएकोे कवितालाई प्रगीतात्मक कविता भनिन्छ । प्रगीतात्मक कविताको संरचनात्मक विश्लेषण गर्दा परिचय, विभाजन, सङ्गठन, वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, भाषाशैलीय विन्यास जस्ता घटकलाई आधार मान्ने गरिएको पाइन्छ । संरचनात्मक दृष्टिले ।।।भेट’ कविताको विश्लेषण गर्नु नै प्रस्तुत लेखको मुख्य समस्या हो । अतः यहाँ संरचना विश्लेषणका यिनै घटकहरुलाई आधार मानी भेट कविताको विश्लेषण गरिएको छ । गोपालप्रसाद रिमालको ।।।भेट’ कवितालाई आधार सामग्रीका रूपमा लिइएको यस लेखमा संरचनात्मक विश्लेषणसम्बन्धी सिद्धान्त र साहित्यसमालोचनासम्बद्ध सामग्रीलाई द्वितीयक स्रोतका रूपमा ग्रहण गरिएको छ । सामग्री विश्लेषणका व्रmममा मूलतः वर्णनात्मक विधि अपनाइएको भए तापनि आवश्यकतअनुसार विश्लेषणात्मक विधिको समेत प्रयोग गरिएको छ । चार पङ्क्तिपुञ्जमा विस्तारित ।।।भेट’ कविता दृश्यहरुमा खासै विभक्त देखिँदैन । प्रजातन्त्रको उदयपूर्व रचिएको यस कविताले जनतामा देखिएको प्रजातन्त्रप्रतिको आस्थाभाव अभिव्यक्त भएको छ । तिमी र उनी मूल सहभागी रहेको यस कवितामा प्रजातन्त्र प्राप्तिका लागि उत्साहित जनतालाई व्रmान्ति गर्न कुर्न नहुने सन्देश व्यक्त भएको छ । कवितामा समध्वन्यात्मकताका कारण आन्तरिक लय प्रभावकारी बन्न पुगेको छ । पूर्ण, परिवर्तनशील र स्वायत्त संरचना भएका कारण संरचनात्मक दृष्टिले प्रस्तुत कविता सशक्त र प्रभावकारी रहेको निष्कर्ष यस अध्ययनले प्रस्तुत गरेको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
More sources
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!