To see the other types of publications on this topic, follow the link: अध्ययन.

Journal articles on the topic 'अध्ययन'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the top 50 journal articles for your research on the topic 'अध्ययन.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Browse journal articles on a wide variety of disciplines and organise your bibliography correctly.

1

Yadav, Ravindra Kumar. "मधेश प्रदेशको भाषिक अवस्था". Innovative Research Journal 3, № 2 (2024): 126–48. https://doi.org/10.3126/irj.v3i2.79490.

Full text
Abstract:
प्रस्तुत अध्ययन मधेश प्रदेशको भाषिक अवस्था अध्ययनमा आधारित छ । यस अध्ययनको मुख्य उद्देश्य नेपालमा बोलिने प्रमुख भाषाको सामान्य पुनरावलोकनसहित मधेश प्रदेशमा बोलिने भाषाहरूको गहन अध्ययन गर्नु रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक अध्ययनमा आधारित छ । यस अध्ययनमा प्राथमिक स्रोत तथा द्वितीयक स्रोतको उपयोग गरी तथ्य सङ्कलन गरिएको छ । यसमा २०७८ सालको जनगणनामा प्रस्तुत तथ्याङ्कलाई मुख्य आधार मानी अध्ययन गरिएको छ । प्रस्तुत अध्ययनका क्रममा भाषा र भाषिक अध्ययनसँग सम्बन्धित विभिन्न सैद्धान्तिक तथा प्रायोगिक सामग्रीहरुलाई पनि अध्ययनीय आधारका रुपमा लिइएको छ । यस अध्ययनका क्रममा प्राप्त तथ्यलाई विभिन्न तालिकामा
APA, Harvard, Vancouver, ISO, and other styles
2

Bhusal, Keshab, та Mindu Thapa. "स्नातक तहमा समाविष्ट कथामा पात्र प्रयोग". Tribhuvan University Journal 40, № 1 (2025): 250–73. https://doi.org/10.3126/tuj.v40i1.80127.

Full text
Abstract:
प्रस्तुत लेख स्नातक तहमा समाविष्ट कथाहरूमा प्रयोग गरिएका पात्रहरूको अध्ययनमा आधारित रहेको छ । स्नातक तहमा समाविष्ट कथाका पात्रको अध्ययन गर्नु, निर्दिष्ट कथाकापात्रको भूमिका विश्लेषण गर्नु, कथामा प्रयुक्त पात्र सम्बन्धमा अध्ययनरत विद्यार्थीहरूको दृष्टिकोण प्रस्तुत गर्नु यस लेखका मुख्य उद्देश्यका रूपमा रहेका छन् । प्रस्तुत लेख गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस लेखमा पुस्तकालयीय कार्य तथा सर्वेक्षण विधिका माध्यमबाट आवश्यक सामग्रीहरू सङ्कलन गरिएको छ । यस क्रममा कथासम्बद्ध सद्धान्तिक सामग्रीहरूको अध्ययन–विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा कथा सिद्धान्तका बारेमा चर्चा गरिएका सैद्धान्ति
APA, Harvard, Vancouver, ISO, and other styles
3

Bhusal, Keshab. "भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली". Shaheed Smriti Journal 10, № 7 (2021): 42–50. https://doi.org/10.3126/shaheedsmriti.v10i7.76623.

Full text
Abstract:
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण गरिएको छ । प्रस्तुत अध्ययनका उद्देश्यका रूपमा भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीहरूको सङ्कलन गर्नु सङ्कलित शब्दावलीहरूलाई वर्णानुक्रममा प्रस्तुत गर्नु, पारिभाषिक शब्दावलीहरूको प्रकृति पत्ता लगाउनु र तिनको प्रयोगगत अवस्था अध्ययन गर्नु रहेका छन् । प्रस्तुत अध्ययन मिश्रित अनुसन्धानमा आधारित रहेको छ । यस अध्ययनमा मूलतः गुणात्मक अनुसन्धान र अंशतः परिमाणात्मक विधिको अवलम्बन गरिएको छ । प्रस्तुत अध्ययनमा पुस्तकालयीय अध्य
APA, Harvard, Vancouver, ISO, and other styles
4

Bhusal, Keshab. "स्नातक तहका कथामा उद्भभावनात्मक सन्दर्भ". ACADEMIA 5, № 1 (2025): 262–72. https://doi.org/10.3126/ta.v5i1.77385.

Full text
Abstract:
प्रस्तुत लेख स्नातक तहमा समावेश गरिएका कथाहरूमा निहित उद्भावनात्मक सन्दर्भको अध्ययनमा आधारित रहेको छ । स्नातक तहमा समाविष्ट कथामा निहित उद्भावनात्मक सन्दर्भको अध्ययन गर्नु, निर्दिष्ट कथामा व्यवहृत उद्भावनात्मक सन्दर्भको प्रकृति विश्लेषण गर्नु, कथामा प्रस्तुत उद्भावनात्मक सन्दर्भको तुलनात्मक स्थिति समीक्षण गर्नु यस लेखका मुख्य उद्देश्यका रूपमा रहेका छन् । प्रस्तुत लेख गुणात्मक अनुसन्धानमा आधारित रहेको छ । यस लेखमा पुस्तकालयीय कार्यका माध्यमबाट आवश्यक सामग्रीहरूको सङ्कलन गरिएको छ । प्रस्तुत अध्ययनमा उद्भावनात्मक सन्दर्भका बारेमा सैद्धान्तिक चर्चा गरिएका सैद्धान्तिक सामग्रीहरूलाई मुख्य सामग्रीका
APA, Harvard, Vancouver, ISO, and other styles
5

Bhusal, Keshab. "व्याकरणिक संसक्तिका दृष्टिले गङ्गारामको न्याय एकाङ्की". Innovative Research Journal 4, № 1 (2025): 124–48. https://doi.org/10.3126/irj.v4i1.79522.

Full text
Abstract:
प्रस्तुत लेख व्याकरणिक संसक्तिका दृष्टिले ‘गङ्गारामको न्याय’ एकाङ्कीको अध्ययनमा आधारित छ । यसको मुख्य उद्देश्य ‘गङ्गारामको न्याय’ एकाङ्कीमा निहित व्याकरणिक संसक्तिको अध्ययन गर्नु रहेको छ । यसका विशिष्ट उद्देश्यअन्तर्गत ‘गङ्गारामको न्याय’ एकाङ्कीमा प्रयुक्त सन्दर्भन, प्रतिस्थापन, विलोपन र संयोजन संसक्तिको पहिचान र अध्ययन गर्नु रहेका छन् । प्रस्तुत अध्ययन ज्ञानमीमांसाअन्तर्गत व्याख्यात्मक ढाँचामा केन्द्रित छ । यस अध्ययनमा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । यसमा सोद्देश्यमूलक तरिकाले ‘गङ्गारामको न्याय’ एकाङ्कीलाई अध्ययनीय कृतिका रूपमा छनोट गरिएको छ । यस अध्ययनमा निर्दिष्ट कृतिबाट प्राप्त
APA, Harvard, Vancouver, ISO, and other styles
6

पौडेल, गंगाराम. "स्थानीय पाठ्यक्रमले विद्यार्थीको जीवनमा पारेको प्रभाव". Research Journal 9, № 1 (2024): 239–51. https://doi.org/10.3126/rj.v9i1.74431.

Full text
Abstract:
स्थानीय पाठ्यक्रम स्थानीयतहमा नै निर्माण गरिन्छ, यसले स्थानीय ज्ञान, सीप, क्षमता र विकासलाई जोड दिन्छ । स्थानीय पाठ्यक्रमले अँगालेको विषयले आप्mनो क्षेत्रका ज्ञान सीप प्रदान गर्दछ । प्रस्तुत लेखमा इलाम नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमले विद्यार्थीको अध्ययनमा पारेको प्रभावलाई हेरिएको छ । यस लेखमा नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा अध्यापन गराइने विषयहरुमध्ये पर्यटन र विकाससँग सम्बन्धित विषयको पाठ्यक्रम निर्माण गरी लागु गरिएका विद्यालयहरुका विद्यार्थीहरुको शैक्षिक उपलब्धीको अध्ययन गरिएको छ । यो अध्ययनमा इलाम नगरपालिका वार्ड नं ७ मा रहेको श्री आदर्श मा.वि.मा लागु गरि कक्षा ६,७ र ८
APA, Harvard, Vancouver, ISO, and other styles
7

खड्का, मालती. "माध्यमिक तहका विद्यार्थीहरुको चिठी लेखनमा मौलिकता, रचनात्मकता र भाषिक शुद्धता". Shiksha Shastra Saurabh 24 (31 грудня 2024): 169–78. https://doi.org/10.3126/sss.v24i1.75387.

Full text
Abstract:
शुद्धताको विशेष महत्व हुन्छ। माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विभिन्न सिपहरू सिकाउनु पर्ने हुन्छ, जसमध्ये लेखन सिप एक अपरिहार्य पक्ष हो। यही सिप अनुसार विद्यालयमा अध्ययन गर्ने छात्रछात्राले विभिन्न माध्यमबाट आफ्नो अभिव्यक्ति प्रस्तुत गर्छन्। कोही चिठीको माध्यमबाट, कोही बोलेर, त कोही विभिन्न सङ्केतको माध्यमबाट सञ्चार गर्छन् । यस अध्ययनमा काठमाडौँ शिक्षा क्याम्पस, सतुङ्गल र ज्ञानोदय माध्यमिक विद्यालय, बाफलमा कक्षा ११ मा अध्ययनरत ४० जना विद्यार्थी (२० छात्र र २० छात्रा) को चिठी लेखन क्षमताको तुलनात्मक अध्ययन गरिएको छ। यसका साथै विद्यार्थीहरूको मौलिकता, रचनात्मकता र भाषिक शुद्धताको पनि
APA, Harvard, Vancouver, ISO, and other styles
8

नेपाल Nepal, शक्तिराज Shaktiraj. "उच्च माविमा अध्ययनरत विद्यार्थीको प्राज्ञिक लेखन सक्षमता {Academic writing of undergraduate students competence}". Education Quarterly 4, № 1 (2023): 107–20. http://dx.doi.org/10.3126/jeqtu.v4i1.57411.

Full text
Abstract:
उच्च माविमा अध्ययनत विद्यार्थीको प्राज्ञिक लेखन सक्षमता नै यस लेखको शीर्षक हो । उच्च मावि अन्तर्गत सुनसरी जिल्ला, धरान उपमहानगरपालिका भित्रका ५ वटा सामुदायिक उच्च माविका कक्षा १२ मा अध्ययनरत ५० जना विद्यार्थीलाई मात्र यस लेखमा नमुनाका रूपमा लिइएको छ । यस लेखमा उक्त कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरूको मात्र प्राज्ञिक लेखन क्षमताको परीक्षण तथा विश्लेषण गरिएको छ । अध्ययनका लागि लेखनको शीर्षक र तार्किकता, शब्दचयन र सान्दर्भिकता, वाक्यगठन र पुनरावृत्ति, संसक्तता तथा अनुच्छेदगठन र शैली प्रस्तुति तथा प्राज्ञिकतालाई उपकरण बनाइएको छ भने समग्रता, भाषिक पृष्ठभूमि र लैङ्गिकतालाई अध्ययनको आधार बनाई तथ
APA, Harvard, Vancouver, ISO, and other styles
9

Bhusal, Keshab. "शैक्षणिक दृष्टिले नेपाली बालकथाको अध्ययन". Interdisciplinary Research in Education 9, № 2 (2024): 168–79. https://doi.org/10.3126/ire.v9i2.75080.

Full text
Abstract:
प्रस्तुत लेख नेपाली बालकथाको अध्ययनमा आधारित रहेको छ । यस लेखको मुख्य उद्देश्य शैक्षणिक दृष्टिले नेपाली बालकथाको अध्ययन गर्नु रहेको छ भने यसका विशिष्ट उद्देश्यका रूपमा विषयवस्तु, पात्रप्रयोग, भाषाशैली र पठनबोधका दृष्टिले नेपाली बालकथाको शैक्षणिकता अध्ययन गर्नु रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक ढाँचामा आधारित रहेको छ । यस अध्ययनमा कक्षा ‘छ’मा अध्ययनरत विद्यार्थीबाट प्राप्त प्रतिक्रियालाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने अन्य सैद्धान्तिक सामग्रीबाट लिइएका सामग्रीलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा प्रयोग गरिएको छ । त्यसरी सङ्कलन गरिएका सामग्रीहरूलाई शैक्षणिकतासम्बन्धी सैद्धान्तिक मान्यताक
APA, Harvard, Vancouver, ISO, and other styles
10

लामा Lama, असमान Asman. "उर्गेनको घोडा उपन्यासमा वर्चस्वविरुद्ध जनजातीय प्रतिरोधको चेतना {Consciousness of tribal resistance against hegemony in the novel Urgen's Horse}". Cognition 6, № 1 (2024): 166–75. http://dx.doi.org/10.3126/cognition.v6i1.64464.

Full text
Abstract:
प्रस्तुत लेखमा युग पाठकद्वारा लिखित ‘उर्गेनको घोडा’ उपन्यासमा वर्चस्वविरुद्ध जनजातीय प्रतिरोधको चेतनाको अध्ययन गरिएको छ । यसका लागि पाश्चात्य समालोचना सिद्धान्तका रूपमा प्रचलित ग्राम्सीको वर्चस्वको मान्यता र फुकोको प्रतिरोधको सिद्धान्तलाई विश्लेषणको आधार बनाइएको छ । यो अध्ययन ‘उर्गेनको घोडा’ उपन्यासमा अभिव्यक्त जनजातीय प्रतिरोधको चेतनामा आधारित छ । यो अध्ययन ‘उर्गेनको घोडा’ उपन्यासमा जनजातीय प्रतिरोधको चेतना के कस्तो छ भन्ने समस्यामा केन्द्रित छ । यस समस्याको समाधानका लागि सामग्री सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यो अध्यययन गुणात्मक पद्धतिमा आधारित भएकाले समस्या समाधानका निम्ति पाठात्मकव
APA, Harvard, Vancouver, ISO, and other styles
11

Bhusal, Keshab. "प्रायोगिक भाषाविज्ञानको उपयोगिता". Shaheed Smriti Journal 13, № 10 (2024): 162–73. https://doi.org/10.3126/shaheedsmriti.v13i10.76822.

Full text
Abstract:
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य उद्देश्यका रुपमा रहेको छ भने प्रायोगिक भाषाविज्ञानका शिक्षणीय र शिक्षणेतर उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनका विशिष्ट उद्देश्यका रुपमा रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक अध्ययन विधिमा आधारित रहेको छ । यस अध्ययनमा ऐतिहासिक अध्ययन पद्धतिको प्रयोग गरिएको छ । यसमा पुस्तकालयीय कार्यका माध्यमबाट अङ्ग्रेजी र नेपाली सैद्धान्तिक सामग्रीहरुको सङ्कलन गरिएको छ । त्यसरी सङ्कलन गरिएका सामग्रीहरु मूलतः द्वितीयक स्रोतका सामग्रीहरु
APA, Harvard, Vancouver, ISO, and other styles
12

रामहरि लम्साल. "साहित्यमा सामाजिकता विश्लेषणको अवधारणात्मक ढाँचा". Interdisciplinary Journal of Management and Social Sciences 3, № 1 (2022): 269–86. http://dx.doi.org/10.3126/ijmss.v3i1.50256.

Full text
Abstract:
प्रस्तुत आलेख साहित्यिक कृतिको सामाजिकता विश्लेषण गर्ने अवधारणतमक ढा“चा निर्माणमा केन्द्रित रहेको छ । साहित्य सर्जकको भाषिक उत्पादन हो । सर्जक सामाजको एक सचेत व्यक्ति पनि हो । उसको सिर्जनामा कुनै न कुनै रूपमा समाजको प्रतिबिम्ब उतारिएको हुन्छ । साहित्यकारले कुनै साहित्यिक कृतिमा कस्तो समाजको प्रतिबिम्ब कसरी उतारेको छ भन्ने विषयको चिरफार गर्ने भाषिक कर्मलाई सामासकिता विश्लेषण भनिन्छ । यो कुनै कृतिमा रहेको सामाजिकता विश्लेषण गर्ने विधि र प्रव्रिmयाको अवधारणात्मक आधार हो । यस अध्ययनमा मूलतः अगमनात्मक विधिको प्रयोग गरिएको छ ।यसमा विभिन्न अध्ययनबाट प्राप्त सामाजिकताका उपकरणलाई सूत्रबद्ध गरी सामाजिकत
APA, Harvard, Vancouver, ISO, and other styles
13

शाही, मीनबहादुर. "सीमान्तकृत समुदायको समावेशीकरणको सन्दर्भमा सामुदायिक रेडियो टीकापुर १०१ मेगाहर्ज". Journal of Tikapur Multiple Campus 3, № 3 (2017): 71–78. http://dx.doi.org/10.3126/jotmc.v3i3.70102.

Full text
Abstract:
सीमान्तकतृ समुदायहरुको समावेशीकरणको सन्दर्भमा सामुदायिक रेिडयो टीकापुर एक लघु अनुसन्धान हो । सामुदायिक रेडियो टीकापरु एफएम १०१ मेगाहर्ज, २०६३ फागनु बाट प्रसारण प्रारम्भ गरी यस रेडियोले समुन्नत समाजका लागि समावेशी आवाज भन्ने नारा तय गरको छ । यस अध्ययनमा सीमान्तकृत समुदायका रुपमा महिला, बालबालिका, अपाङ्ग, दलित, भूमिहीन तथा अल्पसङख््यक वादी, राजी तथा मुस्लिम समुदायको रेडियोमा पहँचु तथा कार्यक्रम प्रसारणमा उक्त समुदायलाई सम्बाधे नको गरको अवस्थाको अध्ययन गरिएको छ । यो अध्ययन वर्णात्मक विधिमा आधारित छ । यसमा अध्ययनको उद्देश्य प्राप्त गर्नका लागि लक्षित समूह छलफल, मख्य सूचना दाताहरुसगँ को अन्तर्वार्त
APA, Harvard, Vancouver, ISO, and other styles
14

थापा Thapa, अशोक Ashok. "बालकृष्ण समको नाट्ययोगदानको मूल्याङ्कन {An assessment of Balakrishna Sama's theatrical contribution}". Spandan 2, № 1 (2018): 41–48. http://dx.doi.org/10.3126/spandan.v2i1.63442.

Full text
Abstract:
प्रस्तुत लेख नाटककार बालकृष्ण समको नाट्ययोगदानको अध्ययनमा आधारित रहेको छ । यस लेखमा नाटककार बालकृष्ण समको नाट्ययोगदानलाई विभिन्न आधारमा विश्लेषण गरिएको छ । यस क्रममा ऐतिहासिकता, गुणात्मकता, परिमाणात्मकता र प्रकारात्मकतालाई आधार बनाइएको छ । प्रस्तुत लेखमा यी विभिन्न आधारअन्तर्गत रहेर समका नाटकको अध्ययन गरिएको छ । वस्तुतः प्रस्तुत लेख गुणात्मक अध्ययन विधिमा आधारित रहेको छ । यस लेखको तयारीका क्रममा पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरिएको छ । यसअन्तर्गत सोद्देश्यमूलक तरिकाले समका नाटकहरुको सङ्कलन गरिएको छ र आवश्यक तथ्य अध्याहार गरिएको छ । प्रस्तुत अध्ययनका क्रममा प्राप्त तथ्यलाई व्याख्यात्मक तथा व
APA, Harvard, Vancouver, ISO, and other styles
15

हिमा पौडेल Hima Paudel. "‘सुनामी’ कथाको समाजपरक अध्ययन". Sotang, Yearly Peer Reviewed Journal 5, № 1 (2023): 77–87. http://dx.doi.org/10.3126/sotang.v5i1.65064.

Full text
Abstract:
प्रस्तुत अध्ययन “सुनामी” कथाको सामाजपरक अध्ययनमा केन्द्रित रहेको छ । आठ वर्षको उमेरमा कथा विधामा प्रवेश गरेकी इल्या भट्टराईले “अनि””....कथा सङ्ग्रहमा सङ्ग्रहीत उत्कृष्ट कथा “सुनामी” रचना गरेकी छिन् । कथामा नारी स्वतन्त्रताको चाहाना राख्ने आधुनिक, समसामयिक, सामाजिक यथार्थको चित्रण गर्ने कथाकारको रूपमा परिचित छिन् । यस अध्ययनमा जाति, क्षण र परिवेशको आधारमा सुनामी कथाको सामाजपरक अध्ययन गरिएको छ । यस सुनामी कथाको अध्ययन गर्न कथाका समाजपरक पक्षहरूलाई जाति,क्षण र परिवेशलाई समाजसँग जोडेर खोजी गरी त्यस आधारमा विश्लेषण नहुनु यस अध्ययनको समस्या देखिएको छ । सुनामी कथाको जाति क्षण र परिवेशका आधारमा सामाजप
APA, Harvard, Vancouver, ISO, and other styles
16

Silwal, Sudarshan. "विश्वव्यापी स्थानीय तहकोे संरचना, आयस्रोतहरू र नेपालको सन्दर्भ". Pragnya Sarathi प्रज्ञा-सारथि 23, № 1 (2025): 67–74. https://doi.org/10.3126/ps.v23i1.77519.

Full text
Abstract:
प्रस्तुत लेखको मुख्य उद्देश्य विश्वमा स्थानीय तहअन्तर्गत नगरपालिकाहरूको संरचना एवम् स्वरूप र यिनीहरूका आम्दानीका मुख्य स्रोतहरू केके हुन् भन्ने कुराको खोजी गर्नमा केन्द्रित रहेको छ । उद्देश्यमूलक नमुना छनोट विधिका आधारमा अध्ययनको शीर्षक चयन गरी सम्पन्न गरिएको यस अध्ययनमा मूलतः द्धितीयक स्रोतका सामग्रीको प्रयोग गरिएको छ । विश्वव्यापी रूपमा नगरपालिकाकोे आकारप्रकार, स्वरूप–संरचना एवम् भूमिका देशअनुकूल फरकफरक हुने भएको र एउटै देशभित्रका विभिन्न राज्यहरूमा पनि यसको भूमिका एवम् स्वरूप–संरचनामा विविधता भएको तथ्यलाई अध्ययनले स्पष्ट पारेकोे छ । केन्द्र सरकार, प्रदेश सरकार, क्षेत्र सरकार वा राज्य सरकार
APA, Harvard, Vancouver, ISO, and other styles
17

शक्तिराज नेपाल Shakti Raj Nepal. "नेपाली शिक्षाका विद्यार्थीको तार्किक लेखन क्षमता". Sotang, Yearly Peer Reviewed Journal 5, № 1 (2023): 53–67. http://dx.doi.org/10.3126/sotang.v5i1.65061.

Full text
Abstract:
नेपाली शिक्षाका विद्यार्थीको तार्किक लेखन क्षमता नै यस लेखको शीर्षक हो । त्रिभुवन विश्वविद्यालय, स्नातक तह, नेपाली शिक्षामा अध्ययनरत जम्मा २१ जना विद्यार्थीलाई मात्र यस लेखमा नमुनाका रूपमा लिइएको छ । यस लेखमा उक्त नेपाली शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको मात्र तार्किक लेखन क्षमताको परीक्षण तथा विश्लेषण गर्ने उद्देश्य राखिएको छ । अध्ययनका लागि अनुच्छेदभित्रको तर्क प्रस्तुतिभित्र दाबी, प्रमाण, उदाहरण, सहयोगी वाक्य तथा शब्द र पुष्टि, तर्कको पक्ष तथा विपक्षलाई विश्लेषणको अध्ययनीय वस्तु बनाइएको छ भने समग्रता र भाषिक पृष्ठभूूमिलाई अध्ययनको आधार बनाई तथ्याङ्कशास्त्रीय मध्यमान र प्रतिशत विधिद्वारा व
APA, Harvard, Vancouver, ISO, and other styles
18

ढकाल Dhakal, रजनी काफ्ले Rajani Kafle. "नेेपाली कथामा तेस्रो लिङगी शरीरमाथिको राजनीति". Patan Pragya 13, № 1 (2024): 133–44. http://dx.doi.org/10.3126/pragya.v13i1.71191.

Full text
Abstract:
प्रस्तुत अध्ययन समकालीन नेपाली कथामा तेस्रो लिङ्गी शरीरमाथि गरिने राजनीतिको अध्ययनमा केन्द्रित छ । शक्तिका आधारमा कुनै पनि शरीरमाथि गरिने दमन र वर्चस्वशाली व्यक्तिले कमजोर शरीरमाथि गरेको दोहनलाई शरीर राजनीति भनिन्छ । पछिल्लो समयमा तेस्रो लिङ्गीका संवेदना र भोगाइलाई विषय बनाएर कथा लेख्ने क्रम बढेको छ । अन्य शरीरभन्दा पृथक् देखिने र प्रायःजसो समाजमा अस्वीकृत जस्तो मानिने शरीरमाथि अझ बढी उपेक्षा, दमन र शोषण भएको स्थिति छ । समकालीन नेपाली साहित्यमा कथाका चरित्रका रूपमा प्रस्तुत गरिएका तेस्रो लिङ्गीका विषयले समाजको अवस्थालाई चिनाएको छ भन्ने केही तथ्य पूर्वअध्ययनमा भए पनि तिनको सूक्ष्म अध्ययन नभएको
APA, Harvard, Vancouver, ISO, and other styles
19

Gautam, Basudev. "शिक्षाशास्त्र सङ्कायमा सञ्चालित सेमेस्टर प्रणालीको समस्या र समाधान". Teacher Half-Yearly Journal 17, № 1 (2025): 424–36. https://doi.org/10.3126/thj.v17i1.77928.

Full text
Abstract:
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायमा सञ्चालित स्नातकोत्तर तहमा हाल सेमेस्टर प्रणाली लागु भइ अध्ययन अध्यापन कार्य भइरहेको छ । नेपालमा शिक्षाको इतिहासलाई अध्ययन गर्दा यसअघि नै वि.सं. २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजनाको प्रतिवेदनले दिएको सुझावको (रा.शि. प. यो., २०२८) आधारमा उच्च शिक्षामा सेमेस्टर प्रणाली लागु भएको थियो । यो प्रणाली वि.सं.२०३८ सालमा पाठ्क्रम परिमार्जन भइ सेमेस्टर प्रणालीलाई हटाइ वार्षिक प्रणाली लागु गरियो । लामो समयपछि उच्च शिक्षालाई गुणस्तरीय बनाउनको लागि पुनः वि.सं. २०७० सालबाट स्नातकोत्तर तहमा केन्द्रीय क्याम्पस कीर्तिपुरबाट यो प्रणाली लागु गर्दै देशका अन्य क्
APA, Harvard, Vancouver, ISO, and other styles
20

Gharti, Durga. "प्रह्लाद नाटकमा मानसिक द्वन्द्व". Pragnya Sarathi प्रज्ञा-सारथि 22, № 1 (2024): 53–59. http://dx.doi.org/10.3126/ps.v22i1.64841.

Full text
Abstract:
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा रुचि दिएको पाइन्छ । यो पाश्चात्य नाट्यप्रवृत्ति हो । शेक्सपियसरका नाट्यशैलीबाट विशेष रूपमा प्रभावित समको प्रह्लाद नाटकमा द्वन्द्वको सूक्ष्म प्रयोग पाइन्छ । यस नाटकमा देव र दैत्य, ज्ञान र विज्ञान, भौतिकवाद र अध्यात्मवाद जस्ता कुराका बिच द्वन्द्व प्रस्तुत गरिएको छ । त्यसप्रकारको द्वन्द्व व्यक्ति र व्यक्ति, व्यक्ति र परिस्थिति, एउटा जाति र अर्को जाति, भिन्नभिन्न आस्था र विचार आदिको मात्र नभएर मनोवैज्ञानिक प्रकारको पनि
APA, Harvard, Vancouver, ISO, and other styles
21

शाह Shah, हरिजङ्ग Harijung, та हर्कबहादुर Harka Bahadur शाही Shahi. "मगरभाषी विद्यार्थीको भाषिक अपसरण {Linguistic drift of Magar-speaking students}". Mangal Research Journal 5, № 01 (2024): 127–42. https://doi.org/10.3126/mrj.v5i01.73533.

Full text
Abstract:
प्रस्तुत अध्ययन मगरभाषी विद्यार्थीको भाषिक अपसरणसँग सम्बन्धित छ । आंशिक रूपमा केही परिमाणात्मक तथ्याङ्क भए तापनि यस अध्ययनको ढाँचा गुणात्मक रहेको छ । क्षेत्रीय अध्ययन विधिमा आधारित प्रस्तुत अध्ययनको तथ्याङ्क सङ्कलन अन्तर्वार्ता र समूह छलफलबाट गरिएको छ भने केही आवश्यक तथ्याङ्क पुस्तकालय कार्यबाट समेत सङ्कलन गरिएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत मगरभाषी विद्यार्थीलाई सम्भावनारहित नमुना छनोटअन्तर्गत सुविधाजनक नमुना छनोट विधिको उपयोग गरी ३० जना विद्यार्थीको नमुना छनोट गरिएको छ । सङ्कलन गरिएका सामग्रीलाई अध्ययनको उद्देश्य अनुसार विभिन्न शीर्षक–उपशीर्षकहरू
APA, Harvard, Vancouver, ISO, and other styles
22

घर्ती, दुर्गाबहादुर. "लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययनपद्धति". Vangmaya वाङ्मय 20 (6 серпня 2024): 1–12. http://dx.doi.org/10.3126/vangmaya.v20i01.68156.

Full text
Abstract:
लोकसाहित्य मौखिक रूपमा परम्परादेखि समाजमा प्रचलित हुँदै आएको साहित्य हो । यो लोकवार्ताको एउटा विधा हो र यसको अभिव्यक्ति भाषाका माध्यमद्वारा हुन्छ । लोकसाहित्यका लोकगीत, लोककथा, लोकनाटक, लोकगाथा, गाउँखाने कथा, उखान, टुक्काजस्ता विधा हुन्छन् । लोसाहित्यको अध्ययन गर्ने विभिन्न पद्धतिहरू छन् र तीमध्ये मनोविश्लेषणात्मक अध्ययनपद्धति पनि एक हो । सिग्मन्ड फ्रायडद्वारा स्थापित मनोविश्लेषणात्मक सिद्धान्त नै मनोविश्लेषणात्मक अध्ययनको सैद्धान्तिक आधार हो । मनोविश्लेषणात्मक सिद्धान्त अचेतनसम्बन्धी अवधारणामा आधारित छ । फ्रायडपछि अरू विभिन्न विद्वान्हरूले मनोविश्लेषात्मक सिद्धान्तको परिमार्जन र संशोधनको प्रय
APA, Harvard, Vancouver, ISO, and other styles
23

Sharma, Ganesh. "भवानी भिक्षुका कथामा वर्गद्वन्द्व". Pragnya Sarathi प्रज्ञा-सारथि 22, № 1 (2024): 44–52. http://dx.doi.org/10.3126/ps.v22i1.64840.

Full text
Abstract:
यो लेख भवानी भिक्षुका कथामा प्रस्तुत वर्गद्वन्द्वको अध्ययनमा केन्द्रित रहेको छ । मूलतः मनोवैज्ञानिक कथाकार भए पनि तत्कालीन सामाजिक यथार्थलाई चित्रण गर्ने क्रममा समाजका धनी र गरिबवर्गका बिचको द्वन्द्वलाई भिक्षुका कथामा देखाइएको छ । यस किसिमको द्वन्द्व माक्र्सवादी अवधारणासँग सम्बन्धित देखिन्छ । भिक्षुका कथामा वर्गद्वन्द्वको प्रस्तुति केकसरी गरिएको छ भन्ने समस्याको समाधानमा केन्द्रित यस लेखमा उक्त समस्याको विश्लेषणात्मक समाधान खोज्ने उद्देश्य राखिएको छ । यही उद्देश्यको प्राप्तिका लागि भिक्षुका ‘मालिकको छोरो’, ‘मैयाँसाहेब’, ‘हारजित’, ‘वन्दना’ र ‘बन्दोबस्त’ गरी पाँचवटा कथामा प्रयुक्त वर्गद्वन्द्वको
APA, Harvard, Vancouver, ISO, and other styles
24

Pandey पाण्डे, Hira हीरा. "लैङ्गिक सवालका सन्दर्भमा कक्षा शिक्षणमा महिलाको शिक्षकको अनुभव [Women teachers' experiences in classroom teaching with regard to gender issues]". JMC Research Journal 9, № 1 (2020): 86–97. http://dx.doi.org/10.3126/jmcrj.v9i1.49387.

Full text
Abstract:
प्रस्तुत अध्ययन कक्षा शिक्षणमा महिला शिक्षकहरूको अनुभवमा केन्द्रित रहेको छ । लैङ्गिक सवालका सन्दर्भमा महिला शिक्षकहरूको कक्षा शिक्षणको अनुभव सङ्कलन गरी विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य रहेको छ। गुणात्मक अनुसन्धान अन्तर्गतका विभिन्न विधिहरुमध्ये परिघटनामूलक (फेनोमेनोलोजी) अध्ययनमा आधारित भएर गरिएको छ । यस क्रममा काठमाडौँ जिल्लाका विद्यालय, सामुदायिक क्याम्पस र आङ्गिक क्याम्पसमा अध्यापन गर्ने तीनजना महिला शिक्षकहरूसँग गहिरो र लामो अन्तर्वार्ता लिई उनीहरूका अनुभवहरू सङ्कलन गरेर कक्षा शिक्षण कार्यमा देखिएका समस्याहरूको अध्ययन विश्लेषण गरिएको छ । यस अध्ययनसम्बन्धी पूर्व सूचनाको लागि पुस्तकालयीय
APA, Harvard, Vancouver, ISO, and other styles
25

Gharti, Durga Bahadur. "विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकला". Prajnik Bimarsha प्राज्ञिक विमर्श 6, № 12 (2024): 62–70. http://dx.doi.org/10.3126/pb.v6i12.70495.

Full text
Abstract:
प्रस्तुत लेख विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा आख्यानकलाको अध्ययनमा केन्द्रित छ । उपन्यासमा कथा सर्वाधिक महत्त्वपुर्ण हो । कथाकथन नै उपन्यासको मुख्य पक्ष हो । उपन्यासको कथाकथन घटनावर्णनमा आधारित हुन्छ । विशेष क्रममा घटनाहरूको शृङ्खला नै आख्यान हो । आख्यानमा घटनाको व्यवस्थापन र कथासम्प्रेषणको प्रक्रिया पर्दछन् । कथा आख्यानको महत्त्वपूर्ण अङ्ग हो । कथा घटनाहरूको कालक्रमिक शृङ्खला हो । उपन्यासको कथा कल्पना र सम्भावनाका आधारमा संयोजन गरिएको हुन्छ । नाटकका सन्दर्भमा आख्यानकलालाई संस्कृत नाट्यशास्त्रमा वस्तु र प्राचीन ग्रिसेली नाट्यशास्त्रमा कथानक भनिएको पाइन्छ । त्यसलाई आख्यानशास्त्रमा कथाशृङ्खल
APA, Harvard, Vancouver, ISO, and other styles
26

Bhusal, Keshab. "समकालीन नेपाली बालकथामा पात्र प्रयोग". BMC Research Journal 4, № 1 (2025): 131–40. https://doi.org/10.3126/bmcrj.v4i1.80119.

Full text
Abstract:
प्रस्तुत लेख समकालीन नेपाली बालकथामा केन्द्रित रहेको छ । यस लेखमा समकालीन नेपाली बालकथामा प्रयोग गरिएका पात्रहरूको विश्लेषण गरिएको छ । यस अध्ययनको मूलभूत उद्देश्य समकालीन नेपाली बालकथामा प्रयुक्त पात्रहरूको प्रकृति तथा भूमिका विश्लेषण गर्नु रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक अध्ययन विधिमा आधारित रहेको छ । यस अध्ययनमा मुख्यतया द्वितीयक स्रोतका सामग्रीहरूको उपयोग गरिएको छ । यस क्रममा नेपाली तथा अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको प्रयोग गरिएको छ । कुल पाँच ओटा कथाको अध्ययन गरिएको यस अुनुसन्धानबाट पात्र प्रकृतिका दृष्टिले ईश्र्या, द्वेश र क्रोधमाथि विजय र ढोकैमा भूत कथामा मानवीय पात्रको प्रयोग गरि
APA, Harvard, Vancouver, ISO, and other styles
27

थपलिया त्रिपाठी, गीता. "नेपाली गीतमा प्रतिनिधित्व र पहिचान". Humanities and Social Sciences Journal 13, № 2 (2022): 174–83. http://dx.doi.org/10.3126/hssj.v13i2.49815.

Full text
Abstract:
प्रस्तुत अध्ययनमा नेपाली गीतमा अभिव्यक्त सीमान्तीय प्रतिध्वनिलाई प्रतिनिधित्व र पहिचानका मान्यतामा आधारित भएर विश्लेषण गरिएको छ । सीमान्तीय अध्ययन सांस्कृतिक अध्ययनको एउटा महत्त्वपूर्ण सैद्धान्तिक अवधारणा हो । यसले इतिहासलाई समाजको तल्लो वर्गका आधारबाट हेरिनुपर्छ भन्ने सैद्धान्तिक मान्यता राखेको छ । प्रतिनिधित्व, पहिचान, उत्पीडन र प्रतिरोध सीमान्तीय विश्लेषणका पर्याधार हुन् । यस अध्ययनमा नेपाली गीतमा प्रकट भएका वर्गीय, जातीय र लैङ्गिक स्थितिलाई प्रतिनिधित्व र पहिचानका आधारमा अध्ययन गरिएको छ । यसका लागि आधुनिक नेपाली गीतका स्रष्टा लक्ष्मीप्रसाद देवकोटादेखि खुसीराम पाख्रिनसम्मका गीतहरूको अध्ययन
APA, Harvard, Vancouver, ISO, and other styles
28

Bhusal, Keshab. "गङ्गारामको न्याय एकाङ्कीमा कोशीय संसक्ति". Innovative Research Journal 3, № 2 (2024): 111–25. https://doi.org/10.3126/irj.v3i2.79489.

Full text
Abstract:
प्रस्तुत लेख ‘गङ्गारामको न्याय’ एकाङ्कीको संसक्तिपरक अध्ययनमा आधारित छ । यसको मुख्य उद्देश्य ‘गङ्गारामको न्याय’ एकाङ्कीमा निहित कोशीय संसक्तिको अध्ययन गर्नु रहेको छ । यसका विशिष्ट उद्देश्यअन्तर्गत ‘गङ्गारामको न्याय’ एकाङ्कीमा प्रयुक्त पुनरुक्ति संसक्ति र सन्निधान संसक्तिको पहिचान गर्नु तथा एकाङ्की निर्माणमा तिनको भूमिका विश्लेषण गर्नु रहेका छन् । दर्शनशास्त्रीय दृष्टिमा प्रस्तुत अध्ययन ज्ञानमीमांसाअन्तर्गत व्याख्यात्मक ढाँचामा आधारित रहेको छ । यस अध्ययनमा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । यसमा सोद्देश्यमूलक तरिकाले गङ्गारामको न्याय एकाङ्कीलाई अध्ययनीय कृतिका रूपमा छनोट गरिएको छ । यस
APA, Harvard, Vancouver, ISO, and other styles
29

पराजुली Parajuli, सन्तोष Santosh. "सामाजिक परिवर्तन र इलाम : एक समाजशास्त्रीय विश्लेषण {Social Change and Elam: A Sociological Analysis}". Research Journal 8, № 1 (2023): 185–200. http://dx.doi.org/10.3126/rj.v8i1.61280.

Full text
Abstract:
यस अध्ययनले इलाम जिल्लाको समग्र समाज विकास र रूपान्तरण प्रकृयालाई साङ्गोपाङ्गो ढङ्गले विश्लेषण गर्ने प्रयत्न गरेको छ । यस अध्ययनमा व्याख्यात्मक अनुसन्धान पद्धति भित्र रहेर विभिन्न विद्वानहरूका अनुसन्धानात्मक योगदानहरूलाई साहित्य समीक्षाको रूपमा डेस्क रिभ्यू विधिमार्फत गुणात्मक अध्ययन गरी साथै विभिन्न प्राथमिक र द्वितीय दुवै स्रोतमा आधारित गुणात्मक तथ्याङ्कहरू प्रयोग गरी अध्ययनको उपलब्धिलाई समाजशास्त्रीय सिद्धान्तसँग सम्वन्ध देखाउँदै सामाजिक यथार्थको रूपमा पुष्टि गर्न खोजिएको छ । यो अध्ययनले इलाम जिल्लाको सामाजिक साँस्कृतिक, भौतिक लगायत विभिन्न पक्ष तथा विकासको क्षेत्रमा धेरै परिवर्तन र रूपान्त
APA, Harvard, Vancouver, ISO, and other styles
30

केशव भुसाल. "बालकथाको विकास र शैक्षणिकता". Interdisciplinary Research in Education 8, № 1 (2023): 31–38. http://dx.doi.org/10.3126/ire.v8i1.56724.

Full text
Abstract:
प्रस्तुत लेख बालकथाको विकास र शैक्षणिकता अध्ययनमा आधारित रहेको छ । यस लेखमा बालकथाको परिचय, नेपाली बालकथाको विकास र शैक्षणिकताबारे अध्ययन गरिएको छ । बालकथाको परिचय दिनु, नेपाली बालकथाको विकासक्रम पहिल्याउनु, बालकथाको शैक्षणिकता प्रस्तुत गर्नु प्रस्तुत अध्ययनका मूलभूत उद्देश्य रहेका छन् । यो अध्ययन मूलतः गुणात्मक अनुसन्धानमा आधारित रहेको छ । यस अध्ययनमा वर्णनात्मक तथा विश्लेषणात्मक पद्धतिको अनुप्रयोग गरिएको छ । यसमा आवश्यक सामग्रीहरुको सङ्कलन पुस्तकालयीय अध्ययनका माध्यमबाट गरिएको छ । प्रस्तुत अध्ययनमा द्वितीयक स्रोतका सामग्रीहरूको प्रयोग गरिएको छ । यस क्रममा मुख्यतः नेपाली र अङ्ग्रेजी सैद्धान्त
APA, Harvard, Vancouver, ISO, and other styles
31

भुसाल Bhusal, केशव Keshab. "वाक्क्रियाको सैद्धान्तिक अवधारणा र भाषाशैक्षणिक स्थिति". ILAM इलम 21, № 1 (2025): 159–71. https://doi.org/10.3126/ilam.v21i1.75692.

Full text
Abstract:
प्रस्तुत लेख वाक्क्रियाको अध्ययनमा आधारित रहेको छ । यस लेखमा वाक्क्रियाको सैद्धान्तिक अनुशीलन गरिएको छ । वाक्क्रियाको परिचय दिनु, वाक्क्रियाका प्रकारहरू प्रस्तुत गर्नु, वाक्क्रियाको भाषाशैक्षणिक स्थिति निरूपण गर्नु यस अध्ययनका मुख्य उद्देश्यका रूपमा रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस अध्ययनमा सैद्धान्तिक अनुसन्धान पद्धतिको प्रयोग गरिएको छ । यसमा मूलतः अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको अध्ययन गरिएको छ । अध्ययनबाट प्राप्त वाक्क्रियासम्बन्धी अवधारणाहरूको विश्लेषण र संस्लेषण गरिएको छ । साथै वाक्क्रिया सम्बन्धमा प्राप्त तथ्यहरूको तुलनात्मक अध्ययन गरी त्यसको त
APA, Harvard, Vancouver, ISO, and other styles
32

वाग्ले Wgle, महेन्द्र Mahendra. "नेपाली दोहोरी गीतमा सबाल्टर्न". Patan Prospective Journal 3, № 01 (2023): 237–49. http://dx.doi.org/10.3126/ppj.v3i01.59080.

Full text
Abstract:
यो अनुसन्धनात्मक लेख नेपाली दोहोरी गीतसँग सम्बन्धित रहेको छ । दोहोरी गीत नेपाली लोकसाहित्यबाट विकसित भएको विधा हो । दोहोरीगीतमा लोकका विषयवस्तुहरू प्रस्तुत गरिने र लोकले अनुभूति गरेका विषयहरूलाई समेटिने भएकाले प्रस्तुत लेखमा पनि सबाल्टर्नले समाजमा भोगेका पीडा, दुःख र अधीनस्थ हुनु परेको अवस्थालाई प्रस्तुत गरिएको छ । यस लेखमा नेपाली दोहोरी गीतमा माया प्रेमका विषयमात्र नभएर वर्गीय, जातीय र लैङ् िगकविषयहरू पनि रहेको छन् भन्ने अध्ययनको विषय बनाइएको छ । यस अध्ययनलाई प्रभावकारी र विश्वशनीय बनाउनका लागि सबाल्टर्न अध्ययनको सैद्धान्तिक आधार केन्द्रमा राखिएको छ । सबाल्टर्न अध्ययन भारतीय विद्वान रञ्जित गु
APA, Harvard, Vancouver, ISO, and other styles
33

शर्मा Sharma, मुकुन्द Mukunda. "मुस्ताङ जिल्लाका ‘थकाली’ र ‘ल्होवा’ समुदायमा प्रचलित लोकनृत्यहरू {Popular folk dances in 'Thakali' and 'Lhowa' communities of Mustang district}". Prajna प्रज्ञा 123, № 1 (2022): 140–53. http://dx.doi.org/10.3126/prajna.v123i1.62644.

Full text
Abstract:
प्रस्तुत आलेखमा मुस्ताङ जिल्लामा बसोवास गर्ने थकाली र ल्होवा समुदायमा प्रचलित लोकनृत्यहरूलाई अध्ययनको विषय बनाइएको छ । यस्ता नृत्यहरू आख्यानबद्ध र आख्यानमुक्त तथा पार्विक, संस्कार र सार्वजनिक उत्सव वा समारोहका अवसरमा गरिने रामरमितासँग सम्बन्धित रहेका पाइन्छन् । अध्ययनीय नृत्यमध्ये कतिपय गीतरहित वाद्यवादनका तालमा र कतिपय गेय, वाद्य र नृत्यसहितका तथा निर्धारित वेशभूषायुक्त र मुक्त वेशभूषामा तथा महिला र पुरुषको समान सहभागितामा प्रस्तुत गर्ने गरेको पाइन्छ । यिनै विशेषता नै यहाँका नृत्यगत वर्गीकरण र शैलीगत विशेषता पनि हुन् । नृत्यसम्बन्धी सैद्धान्तिक अवधारणाबाहेक मुस्ताङ जिल्ला र यहाँका थकाली र ल्ह
APA, Harvard, Vancouver, ISO, and other styles
34

Bhusal, Keshab. "प्रायोगिक भाषाविज्ञानको पृष्ठभूमि र विकास". Perspectives on Higher Education 14 (31 грудня 2024): 215–28. https://doi.org/10.3126/phe.v14i1.76636.

Full text
Abstract:
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानको अनुसन्धानमा आधारित रहेको छ । यसअन्तर्गत प्रायोगिक भाषाविज्ञानको पृष्ठभूमि र यसको ऐतिहासिक विकासक्रमको सूक्ष्म अन्वेषण गरिएको छ । प्रायोगिक भाषाविज्ञानको प्राचीन पृष्ठभूमि पहिचान गर्नु, प्रायोगिक भाषाविज्ञानको युरोपेली र अमेरिकी पृष्ठभूमिको अध्ययन गर्नु, र यसको विकासक्रम पत्ता लगाउनु प्रस्तुत अध्ययनका मूलभूत उद्देश्यका रूपमा रहेका छन् । यो अध्ययन मूलतः गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस अध्ययनमा ऐतिहासिक अध्ययन विश्लेषण पद्धतिको अनुप्रयोग गरिएको छ । प्रस्तुत अध्ययनमा आवश्यक सामग्रीहरूको सङ्कलन पुस्तकालयीय अध्ययन विधिका माध्यमबाट गरिएको छ । यस क्रम
APA, Harvard, Vancouver, ISO, and other styles
35

Shahi, Harkabahadur, та Guruprasad Pokharel. "समकालीन नेपाली कथाको सांस्कृतिक अध्ययनको अवधारणात्मक ढाँचा". AMC Multidisciplinary Research Journal 4, № 1 (2025): 136–42. https://doi.org/10.3126/amrj.v4i1.78687.

Full text
Abstract:
प्रस्तुत लेखमा समकालीन नेपाली कथाको सांस्कृतिक अध्ययनको अवधारणात्मक ढाँचा वा सवरुपका बारेमा चर्चा गरिएको छ । सांस्कृतिक अध्ययनको अवधारणा साहित्य अध्ययनका क्षेत्रमा देखा परेको पछिल्लो समालोचनात्मक मान्यता हो । यसले साहित्यको अध्ययन गर्दा सामाजिक, सांस्कृतिक र कृतिमा रहेको सांस्कृतिक स्वरूपको अध्ययनलाई प्रमुख आधार बनाउँछ । समकालीन नेपाली कथाको सांस्कृतिक अध्ययन भन्नाले कथाकृतिमा अभिव्यक्त सामाजिक–आर्थिक सम्बन्ध, प्रभुत्वशाली वर्ग र सीमान्त वर्गको स्थिति, केन्द्रीय शक्ति विरुद्ध सीमान्तमा रहेको शक्तिले गर्ने प्रतिरोध, नवनिर्मित संस्कृतिको स्वरूप, पहिचान तथा प्रतिनिधित्वका सवाल आदिको खोजी, अध्ययन,
APA, Harvard, Vancouver, ISO, and other styles
36

Bhusal, Keshab. "शैली विश्लेषण प्रक्रिया र भाषाशिक्षण". Terhathum Multiple Campus Research Journal 8, № 3 (2025): 113–24. https://doi.org/10.3126/tmcrj.v8i3.80486.

Full text
Abstract:
प्रस्तुत लेख शैलीविज्ञानको अध्ययनमा केन्द्रित छ । यसमा शैलीविज्ञानको महत्तम पक्ष शैली विश्लेषण प्रक्रिया र भाषाशिक्षणबारे अध्ययन गरिएको छ । यस अध्ययनका मुख्य उद्देश्य शैली विश्लेषणको प्रक्रिया प्रस्तुत गर्नु र शैलीवैज्ञानिक दृष्टिमा भाषाशिक्षणको अवधारणा प्रस्तुत गर्नु रहेका छन । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धान विधिमा आधारित छ । यसमा सैद्धान्तिक अनुसन्धान पद्धतिको उपयोग गरिएको छ । यसमा मुख्य रूपमा अङग्रेजी सैद्धान्तिक सामग्री र आंशिक रूपमा नेपाली सैद्धान्तिक सामग्रीको अध्ययन र उपयोग गरिएको छ । यी सैद्धान्तिक सामग्रीको अध्ययनबाट प्राप्त गरिएका शैली विश्लेषण र भाषाशिक्षणसँग सम्बन्धित अवधारणाहर
APA, Harvard, Vancouver, ISO, and other styles
37

सापकोटा Sapkota, दामोदर Damodar. "‘शिवपञ्चाशिका’ कवितामा ब्रह्मचिन्तन {Brahmaconsciousness in the poem 'Shivapanchashika'}". Cognition 6, № 1 (2024): 212–23. http://dx.doi.org/10.3126/cognition.v6i1.64472.

Full text
Abstract:
प्रस्तुत आलेखमा लेखनाथ पौड्यालद्वारा रचित ‘शिवपञ्चाशिका’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय दर्शनअन्तर्गत आदिशङ्कराचार्यद्वारा प्रतिपादित अद्वैतवेदान्त दर्शनको ब्रह्मसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बनाइएको छ । यो अध्ययन ‘शिवपञ्चाशिका’ कवितामा अभिव्यञ्जित ब्रह्मचिन्तनमा आधारित छ । यस अध्ययनका लागि ‘शिवपञ्चाशिका’ कवितामा ब्रह्मका निर्गुण र सगुण स्वरूपको प्रयोग केकस्तो छ र कसरी प्रयोग गरिएको छ भन्ने समस्यामा केन्द्रित छ । यस समस्या समाधानका निम्ति सामग्री सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यो अध्ययन गुणात्मक पद्धतिमा आधारित भएकाले समस्या समाधानका निम्ति पाठात्मकविश्लेषण विधिको प्र
APA, Harvard, Vancouver, ISO, and other styles
38

भुसाल Bhusal, केशव Keshav. "प्राज्ञिक लेखनको सैद्धान्तिक अवधारणा {Theoretical concepts of Academic Writing}". Janajyoti Journal 2, № 1 (2024): 121–33. http://dx.doi.org/10.3126/jj.v2i1.68328.

Full text
Abstract:
प्रस्तुत लेख प्राज्ञिक लेखनमा आधारित रहेको छ । यस लेखमा प्राज्ञिक लेखन र यस सम्बन्धी बहुविध क्षेत्रको सैद्धान्तिक चर्चा गरिएको छ । प्राज्ञिक लेखनको परिचय दिनु, प्राज्ञिक लेखनका सिद्धान्त प्रस्तुत गर्नु र प्राज्ञिक लेखनको भाषाशैली उल्लेख गर्नु यस अध्ययनका उद्देश्य रहेका छन् । प्रस्तुत अध्ययन मूलतः गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस अध्ययनमा मूलतः द्वितीयक स्रोतका सामग्रीहरूको प्रयोग गरिएको छ । यस क्रममा पुस्तकालयीय कार्यका माध्यमबाट आवश्यक सामग्रीहरूको सङ्कलन गरिएको छ । यस अध्ययनमा अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको अधिक उपयोग गरिएको छ । यस अध्ययनबाट प्राज्ञिक व्यक्तित्वले सम्बन्धित
APA, Harvard, Vancouver, ISO, and other styles
39

Khatiwada, Shambhu Prasad. "सामाजिकशास्त्र अध्ययनका नयाँ आयामहरू". Samaj Anweshan समाज अन्वेषण 3, № 1 (2025): 160–73. https://doi.org/10.3126/anweshan.v3i1.81977.

Full text
Abstract:
यो अध्ययन सामाजिकशास्त्र अध्ययनका नयाँ आयामहरूको खोज तथा विश्लेषणमा केन्द्रित रहेको छ । अध्ययनको मुख्य उद्देश्य सामाजिकशास्त्रको ऐतिहासिक विकासक्रम, समकालीन प्रवृत्ति र नयाँ शैक्षिक आवश्यकताको समालोचनात्मक समीक्षा गर्नु रहेको छ । यस अध्ययनले विशेषतः सामाजिकशास्त्र अध्ययनका परम्परागत विषयहरू (जस्तै समाजशास्त्र, राजनीति, इतिहास, भूगोल, अर्थशास्त्र, मानवशास्त्र र मनोविज्ञान) मा देखिएका अन्तर्विषयगत सम्बन्ध र समावेशी दृष्टिकोणको पहिचान गर्न खोजेको छ । यसले अनुसन्धान प्रश्नहरूले नयाँ सन्दर्भमा सामाजिकशास्त्रलाई कसरी समसामयिक, सान्दर्भिक र न्यायपूर्ण बनाउन सकिन्छ भन्ने उत्तर खोजी गरेको छ । त्यो उद्द
APA, Harvard, Vancouver, ISO, and other styles
40

बुढाथोकी क्षेत्री, गंगा. "बहुभाषिक विद्यालयमा नेपाली भाषाशिक्षकका समस्याहरू". JMC Research Journal 11, № 1 (2022): 77–88. http://dx.doi.org/10.3126/jmcrj.v11i1.59314.

Full text
Abstract:
प्रस्तुत अध्ययन बहुभाषिक विद्यालयमा नेपाली भाषाशिक्षण गर्ने शिक्षकका समस्याहरूमा केन्द्रित रहेको छ । यस अध्ययनको मुख्य उद्देश्य बहुभाषिक विद्यालयमा नेपाली भाषाशिक्षण गर्ने शिक्षकहरूले भोगेका समस्याहरूको व्याख्या तथा विश्लेषण गर्नु रहेको छ । यस कार्यका लागि गुणात्मक अनुसन्धानअन्तर्गत फेनोमेनोलोजी अध्ययनमा आधारित भएर तथ्यहरू सङ्कलन गरिएको छ । रुकुम पूर्व जिल्लामा रहेका तीनवटा छुट्टाछुट्टै सामुदायिक विद्यालयका आधारभूत तहमा नेपाली भाषाशिक्षण गर्ने तीनजना शिक्षकहरूसँग गहिरो र लामो अन्तर्वार्ता लिई नेपाली भाषाशिक्षणका क्रममा उनीहरूले भोगेका समस्याहरूको संकलन र विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनका ल
APA, Harvard, Vancouver, ISO, and other styles
41

Bhusal, Keshab. "नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम". Shaheed Smriti Journal 11, № 8 (2022): 85–96. https://doi.org/10.3126/shaheedsmriti.v11i8.76667.

Full text
Abstract:
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका छन् । प्रस्तुत अध्ययन गुणात्मक ढाँचामा आधारित रहेको छ । यस अध्ययनमा ऐतिहासिक तथा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । यसमा नेपाली व्याकरणसँग सम्बन्धित सैद्धान्तिक ग्रन्थहरूलाई प्राथमिक स्रोतीय सामग्रीका रूपमा उपयोग गरिएको छ भने नेपाली व्याकरण र यसको शिक्षणसम्बद्ध लेख रचना तथा अन्य सामग्रीहरूलाई द्वितीयक स्रोतीय सामग्रीका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत अध्ययनमा प्राप्त तथ्यलाई मुख्यतः दुई ओटा शीर्षकमा विभक्त गरी व्य
APA, Harvard, Vancouver, ISO, and other styles
42

घिमिरे Ghimire, विष्णु Bishnu. "मगर मातृभाषी विद्यार्थीहरूले नेपाली वाक्य गठनमा प्रयोग गर्ने सङ्गतिको विश्लेषण". Journal of Aadikavi 12, № 1 (2024): 105–16. http://dx.doi.org/10.3126/joaa.v12i1.65846.

Full text
Abstract:
‘मगर मातृभाषी विद्यार्थीहरूले नेपाली वाक्य गठनमा प्रयोग गर्ने सङ्गतिको विश्लेषण’ शीर्षकको प्रस्तुत अध्ययनको विषयक्षेत्र पदसङ्गति हो । वाक्यभित्रका पदहरू लिङ्ग, वचन, पुरुष र आदरका आधारमा मेल हुनुलाई सङ्गति भन्ने गरिन्छ । यस अध्ययनमा पदसङ्गति विश्लेषण गरिएको छ । कक्षा दशमा अध्ययनरत मगर मातृभाषी विद्यार्थीहरूले नेपाली वाक्य रचना गर्दा कस्तो सङ्गति प्रयोग गर्छन् ?, कुन कुन सङ्गतिमा बढी समस्या छ ? र उक्त समस्या समाधानका लागि कसरी शिक्षण गर्न सकिन्छ ? भन्ने समस्यामा अध्ययन केन्द्रित रहेका छ । उपर्युक्त समस्याहरूको विश्लेषण गर्नु अध्ययनको उद्देश्य हो । नमुनाका रूपमा चयन भएका तनहुँ जिल्लाका पाँच वटा व
APA, Harvard, Vancouver, ISO, and other styles
43

भुसाल, केशव. "कृति विश्लेषणको शैलीवैज्ञानिक आधार". Innovative Research Journal 3, № 1 (2024): 59–84. https://doi.org/10.3126/irj.v3i1.71032.

Full text
Abstract:
प्रस्तुत लेख कृति विश्लेषणको शैलीवैज्ञानिक आधारमा आधारित रहेको छ । विशेषतः यस लेखमा भाषाप्रयोगको शैली र त्यसको अध्ययन विश्लेषण प्रक्रियाका बारेमा सूक्ष्म अध्ययन गरिएको छ । शैलीविज्ञानको परिचय दिनु, कृति विश्लेषणका शैलीवैज्ञानिक आधारहरू निक्र्यौल गर्नु, शैलीवैज्ञानिक आधारहरूको चर्चा गर्नु र शैलीवैज्ञानिक समालोचनाका तहहरूको व्याख्या गर्नु यस लेखका मुख्य उद्देश्यका रूपमा रहेका छन् । प्रस्तुत लेख गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस लेखमा पुस्तकालयीय कार्यका माध्यमबाट आवश्यक सामग्रीहरू सङ्कलन गरिएको छ । यस क्रममा अङ्ग्रेजी तथा नेपाली सद्धान्तिक सामग्रीहरूको अध्ययन–विश्लेषण गरिएको छ । प्रस
APA, Harvard, Vancouver, ISO, and other styles
44

वाग्ले Wagle, महेन्द्र Mahendra. "महानन्द ढकालको सिमाना मुक्तक सङ्ग्रहमा सबाल्टर्न {The Subaltern in Mahananda Dhakal's Simana Muktaka collection}". Voice: A Biannual & Bilingual Journal 15, № 1 (2023): 99–107. http://dx.doi.org/10.3126/voice.v15i1.58074.

Full text
Abstract:
प्रस्तुत लेख महानन्द ढकालको सिमाना मुक्तक सङ्ग्रहमा सबाल्टर्न अध्ययन गरिएको छ । सबाल्टर्न वर्गहितप्रति समर्पित रहेर वर्तमान साहित्य र समालोचनाको क्षेत्रमा विकसित नवीन मान्यता भएकाले यससँग सम्बद्ध सैद्धान्तिक आधारमा मुक्तकहरूको अध्ययन गर्न लागिएको हो । सबाल्टर्न अध्ययनलाई उच्च विवादको बीचबाट र आलोचनात्मक पृष्टभूमीको गर्भबाट हुर्किएको अभियान मानिन्छ । भारतबाट विकसित भएर विभिन्न मुलुकमा फैलिएको यो अध्ययनपद्धति भएकाले पूर्वबाट पश्चिम फैलिएको सशक्त अभियान मानिएका छ । सबाल्टर्न अध्ययनमा विभिन्न जातजति, महिला, दलित, पिछडिएका क्षेत्र र सीमान्तकृत वर्गको बोली साथै इतिहासबाट बहिष्कृत भएकाको पहिचनको खोजी
APA, Harvard, Vancouver, ISO, and other styles
45

भुसाल Bhusal, केशव Keshav. "कर्तव्य कथामा व्याकरणिक संसक्ति". BMC Research Journal 3, № 1 (2024): 76–84. http://dx.doi.org/10.3126/bmcrj.v3i1.69338.

Full text
Abstract:
प्रस्तुत लेख आख्यानात्मक विधा अन्तर्गत पर्ने कथा विधामा प्रयुक्त व्याकरणिक संसक्तिको अध्ययनमा आधारित रहेको छ । यस लेखमा साहित्यकार गुरुप्रसाद मैनालीको कर्तव्य कथामा प्रयुक्त व्याकरणिक संसक्तिहरूको अध्ययन विश्लेषण गरिएको छ । यस क्रममा व्याकरणिक संसक्तिअन्तर्गत पर्ने सन्दर्भन, प्रतिस्थापन, विलोपन र संयोजन संसक्तिहरूको सूक्ष्म समीक्षण गरिएको छ । यस अध्ययनमा मूलतः भाषावैज्ञानिक हालिडे र हसनद्वारा प्रस्तुत संसक्तिसम्बन्धी सैद्धान्तिक अवधारणालाई अध्ययनीय आधारका रूपमा लिइएको छ । जसअन्तर्गत हालिडे र हसनले सन्दर्भन, प्रतिस्थापन, विलोपन र संयोजन जस्ता व्याकरणिक संसक्तिको चर्चा गरेका छन ।प्रस्तुत लेखमा क
APA, Harvard, Vancouver, ISO, and other styles
46

रिजाल Rijal, मेघनाथ Meghnath. "सार्वजनिक सेवा प्रवाहमा गुणस्तर अभिवृद्धिः सैद्धान्तिक तथा व्यवहारिक विश्लेषण {Improving Quality of Public Service Delivery: Theoretical and Practical Analysis}". Prashasan: The Nepalese Journal of Public Administration 56, № 2 (2024): 31–47. https://doi.org/10.3126/prashasan.v56i2.75328.

Full text
Abstract:
यस अध्ययनले नेपालको सार्वजनिक सेवा प्रवाहमा गुणस्तर अभिवृद्धिको सैद्धान्तिक र व्यावहारिक विश्लेषण गर्दछ। विशेषत: राज्यको एकल कार्यको रूपमा सार्वजनिक सेवा प्रवाहको विकास र बहुसरोकारवाला निकायहरूको सहकार्यको अवधारणागत परिवर्तनमा ध्यान केन्द्रित गरिएको छ। यस अध्ययनको प्रमुख उद्देश्य सार्वजनिक सेवाको गुणस्तर मापनका सैद्धान्तिक र व्यावहारिक ढाँचाहरूलाई अध्ययन गर्नु, साथै नेपालको सार्वजनिक सेवा प्रवाहमा गुणस्तर अभिवृद्धिका प्रयासहरूको विश्लेषण गर्नु हो। यसले सार्वजनिक सेवा प्रवाहमा देखिएका कमजोरीहरू र सुधारका लागि आवश्यक उपायहरू पहिचान गर्न मद्दत पुर्याउँछ। प्रस्तुत अध्ययनमा सैद्धान्तिक अध्ययन र प्र
APA, Harvard, Vancouver, ISO, and other styles
47

भुसाल Bhusal, केशव Keshab. "समकालीन नेपाली बालकथाका विषयवस्तु र भाषाशैली". Sampreshan सम्प्रेषण 8 (31 грудня 2024): 34–45. https://doi.org/10.3126/sampreshan.v8i1.75214.

Full text
Abstract:
प्रस्तुत लेख समकालीन नेपाली बालकथाको अध्ययनमा आधारित छ । यस लेखमा समकालीन नेपाली बालकथाको विषयवस्तु र भाषाशैली अन्वेषण गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य समकालीन नेपाली बालकथाको विषयवस्तु र भाषाशैली अध्ययन गर्नु रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धान विधिमा आधारित छ । यस अध्ययनमा मूलतः नेपाली र अङ्ग्रेजी स्रोतका सैद्धान्तिक सामग्रीको उपयोगबाट तथ्य विश्लेषणको आधार बनाइएको छ । यस अध्ययनबाट समकालीन नेपाली बालकथा सामाजिक, मनोवैज्ञानिक, वैज्ञानिक र प्राकृतिक विषयवस्तुमा आधारित रहेका, बालकथामा कथावस्तुको प्रस्तुति रेखीय र वृत्ताकारीय रहेको, समकालीन बालकथामा आन्तरिक र बाह्य द्वन्द्वको प्रयोग
APA, Harvard, Vancouver, ISO, and other styles
48

गौतम Gautam, तुलसीप्रसाद Tulasiprasad. "प्रगति राईका कवितामा पहिचानको स्वर". Pragyajyoti 5, № 8 (2024): 93–105. https://doi.org/10.3126/pj.v5i8.73801.

Full text
Abstract:
प्रस्तुत लेख प्रगति राईका कवितामा पहिचानको स्वरसम्बन्धी अध्ययनमा केन्द्रित छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । यस अध्ययनका लागि सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यसमा बादी विज्ञप्ति कवितासङ्ग्रहका कवितालाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने पहिचानको सिद्धान्तसँग सम्बन्धित पुस्तक तथा लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा प्रगति राईका कवितामा पहिचानको स्वर के कसरी मुखरित भएको छ भन्ने कुराको विश्लेषण पहिचानको अवधारणा र सिद्धान्तका आधारमा गरिएको छ । यस अध्ययनले नेपालका आदिवासी जनजाति, महिला आदिलाई सबै क्षेत्रमा समान अवसर दिई एउटै मूलधारमा समेट्नुपर्छ भन्ने
APA, Harvard, Vancouver, ISO, and other styles
49

खतिवडा Khatiwada, सुस्मिता Susmita. "वैदिक संस्कृतमा भाषिक चिन्तन {Linguistic Thought in Vedic Sanskrit}". Sotang, Yearly Peer Reviewed Journal 2, № 1 (2020): 85–91. http://dx.doi.org/10.3126/sotang.v2i1.47600.

Full text
Abstract:
भाषा मानवीय सम्प्रेषणको सशक्त माध्यम हो । भाषाको इतिहास मानव सभ्यताको विकास कालदेखि नै देखापर्छ । संस्कृत भाषा विश्वकै सबभन्दा पुरानो भाषा हो । भाषिक चिन्तनको सुरूवात भने घेरै पछि मात्र भएको पाइन्छ । प्रस्तुत अध्ययन भषिक चिन्तनको सुरूवात, वैदिक र लौकिक संस्कृतमा भाषिक चिन्तनका विषयमा केन्द्रित छ । अतः वैदिक साहित्यमा भाषिक चिन्तनको खोजी गर्नु यस अध्ययनको उद्देश्य हो । पुस्तकालयीय अध्ययनबाट प्राथमिक र द्घितीयक स्रोतका सामग्री सङ्कलन गरी अध्ययन, विश्लेषण, तुलना र मूल्याङ्कनका साथ भाषिक चिन्तनको खोजी गरिएको छ । यस अध्ययनमा वैदिक सभ्यता, वेदमा भाषिक चिन्तन, ब्राह्मण, उपनिषद, निघण्टु, निरूक्त, शिक्
APA, Harvard, Vancouver, ISO, and other styles
50

Bhattarai, Dev Raj. "करुणरसको सापेक्षतामा गौरी खण्डकाव्यको विश्लेषण". Sudurpaschim Spectrum 2, № 2 (2024): 218–30. https://doi.org/10.3126/sudurpaschim.v2i2.80502.

Full text
Abstract:
माधवप्रसाद घिमिरेको गौरी खण्डकाव्य नपाली साहित्यको अमूल्य निधि हो । यस खण्डकाव्यको आदिदेखि अन्त्यसम्म करुणरस प्रवाहित भएको पाइन्छ । यस कृतिको करुणरसका दृष्टिले अहिलेसम्म अध्ययन नभएकाले त्यही रिक्तता परिपूर्तिका लागि यो अध्ययन गररएको छ । यसरी गौरी खण्डकाव्यमा प्रयोग भएको करुणरसको पहिचान र विश्लेषण गर्नु यस अध्ययनको प्रमुख उद्देश्य हो । यस अध्ययनमा पुस्तकालयबाट सामग्री सङ्कलन गरी पूर्वीय रससिद्धान्तको सैद्धान्तिक मान्तयताका आधारमा गुणात्मक ढाँचा प्रयोग गरी गौरी खण्डकाव्यका करुणरससँग सम्बन्धित विशिष्ट श्लोकको पाठपरक विश्लेषण गररएको छ । करुणरसको स्थायी भाव शोक हो । इष्टजनको वियोग, वैभवको नाश, प्रि
APA, Harvard, Vancouver, ISO, and other styles
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!