To see the other types of publications on this topic, follow the link: केसरी.

Journal articles on the topic 'केसरी'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the top 47 journal articles for your research on the topic 'केसरी.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Browse journal articles on a wide variety of disciplines and organise your bibliography correctly.

1

Bhupendra, Singh. "विजयसिंह पथिकः एक राष्ट्रीय पत्राकार". Drishtikon 02, № 13 (2021): 1976–83. https://doi.org/10.5281/zenodo.15304092.

Full text
Abstract:
विजयसिंह पथिक द्वारा सम्पादित समाचार पत्रों यथा राजस्थान केसरी, नवीन राजस्थान, तरुण राजस्थान, राजस्थान संदेश, नव-संदेश में राष्ट्र प्रेम, राष्ट्रीयता, राष्ट्रीय आन्दोलन, देशी रियासतों के रियासतदारों और राजाओं द्वारा उत्पीड़न, किसान आन्दोलन, अंग्रेजों की दमनकारी नीतियाँ, अन्याय, अत्याचार, शोषण,भ्रष्टाचार आदि को उजागर करते थे। इन पत्रों का प्रमुख उद्देश्य सरकार की अन्यायपूर्ण नीतियों को जनता तक प्रेषित करना और जनता के मन में अन्याय के खिलापफ आक्रोश और असन्तोष उत्पन्न करना था। स्वाधीनता  के प्रति अनुराग, पराधीनता  से मुक्ति  और स्वाधीनता  भारत की कल्पना इन्हीं लक्ष्यों को लेकर
APA, Harvard, Vancouver, ISO, and other styles
2

अधिकारी, हेमाङ्ग राज. "नेपाली व्याकरण परम्परामा वीरेन्द्र केसरीको व्याकरण, चन्द्रिका र उत्तरवर्ती विकास". Shiksha Shastra Saurabh 24 (31 грудня 2024): 132–49. https://doi.org/10.3126/sss.v24i1.75384.

Full text
Abstract:
यस लेखमा स्वदेशी नेपाली व्याकरणकारका प्रमुख व्याकरणमा देखिएका विभिन्न धारहरुको ऐतिहासिक दृष्टिले चर्चा गर्ने उद्देश्य राखिएको छ । त्यसैले यो अध्ययन मुख्यतः पुस्तकालयीय अध्ययनमा आधारित छ । यसमा उपलब्ध अभिलेख तथा कृतिहरुको पुनरावलोकन र व्याकरणगत तथ्यहरुको ऐतिहासिक तथा तुलनात्मक समीक्षा विधि अँगालिएको छ । साथै यस लेखकको नेपाली भाषा तथा व्याकरण सम्बन्धी लामो अध्ययन, अनुसन्धान र व्याकरण लेखनको अनुभवजन्य प्रतिविम्बनले समेत विश्लेषणलाई सघाएको छ । नेपाली व्याकरणको पहिलो चरण अङ्ग्रेजी व्याकरणको परम्परागत ढाँचामा विदेशी विद्वान्हरुको प्रयासबाट अगाडि बढेको देखिन्छ । यो व्रmम सन् १८२० मा जे.ए.एटनबाट सुरु
APA, Harvard, Vancouver, ISO, and other styles
3

थापा, अशोक. "नेपाली आख्यान र कविताको नाट्यायन". Spandan 14, № 2 (2024): 35–46. https://doi.org/10.3126/spandan.v14i2.74869.

Full text
Abstract:
प्रस्तुत लेख विधामिश्रणको अवधारणाअनुसार नेपाली आख्यान र कवितामा केकस्तो अवस्थिति रहेको छ भनी चर्चा गरिएको छ । गुणात्मक अनुसन्धान विधिका आधारमा तयार गरिएको यस लेखका सामग्रीसङ्कलन पुस्तकालयकार्यबाट गरिएको छ । साहित्यमा एक विधाका विशेषता अर्कोमा केकसरी प्रवेश हुन्छ भन्न ज्याक डेरिडाको विनिर्माण तथा त्यसले स्थापित गरेको विधामिश्रणसँग सम्बन्धित अवधारणाअनुसार यस लेख सृजना गरिएको छ । विधामिश्रण संरचनावादी चिन्तनले स्थापित गरेको अवधारणा भए पनि यसले संसारभरिका साहित्यिक विधालाई प्रभाव पार्ने सन्दर्भमा नेपाली साहित्यको आख्यान र कवितालाई केकसरी प्रभाव पारेको छ भनी यहाँ विश्लेषण गरिएको छ । प्रस्तुत लेखमा
APA, Harvard, Vancouver, ISO, and other styles
4

महाजन, अनुराधा बस्वराज. "हैदराबाद मुक्तीसंग्रामात मराठी वृत्तपत्रांची भूमिका". उदयगिरी - बहुभाषिक इतिहास संशोधन पत्रिका (Udayagiri Bahubhashik Itihas Sanshodhan Patrika - A Bimonthly, Refereed, & Peer Reviewed Journal of History) 01, № 04 (2023): 110–13. https://doi.org/10.5281/zenodo.8348495.

Full text
Abstract:
<strong>हैदराबाद मुक्तीसंग्रामात मराठी वृत्तपत्रांची भूमिका</strong> महाजन अनुराधा बस्वराज संशोधन विद्यार्थी, महाराष्ट्र महाविद्यालय निलंगा जिल्हा: लातूर ४१३५२१ महाराष्ट्र, भारत <em>Corresponding author E-mail</em>: mahajananuradha424@gmail.com Received: 14 September, 2023 | Accepted: 15 September, 2023 | Published: 16 September, 2023 --------------------------------------------------------------------------------------------------------------------------------------------- <strong>महत्वाचे शब्द: </strong>निजाम सरकार, मुक्ती लढा, जनजागृती /लोकजागृती, स्वातंत्र्य सैनिक, निजामविजय, नागरिक-राजहंस
APA, Harvard, Vancouver, ISO, and other styles
5

न्यौपाने Neupane, दीपकप्रसाद Deepak Prasad. "भ्रूण प्रश्न कविता सङ्ग्रहका कविताहरूमा लैङ्‍गिक काव्यमूल्य". Pragyajyoti 5, № 8 (2024): 106–24. https://doi.org/10.3126/pj.v5i8.73802.

Full text
Abstract:
भ्रूण प्रश्न कविता सङ्ग्रहमा सङ्‍गृहीत कविताहरूको लैङ्‍गिक मूल्यका आधारमा विश्‍लेषण गरिएको यो लेख गुणात्मक अनुसन्धान ढाँचामा आधारित रहेको छ । यसमा पुस्तकालयीय स्रोतका सामग्रीहरूको सङ्‍कलन गरी सामग्रीहरूको विश्‍लेषणका माध्यमबाट निष्कर्षमा पुगिएको छ । यसमा सांस्कृतिक अध्ययनअन्तर्गतको लैङ्‍गिक अध्ययनलाई सैद्धान्तिक आधार बनाइएको छ । लैङ्‍गिक अध्ययनमा कृतिभित्रको लैङ्‍गिक पक्षको विभिन्‍न आयामका आधारमा विश्‍लेषण गरिन्छ । यस्ता विविध आयामहरूमध्ये यस अध्ययनमा चाहिँ आत्रेयको प्रस्तुत सङ्ग्रहभित्रका कवितामा नारीहरूको प्रतिनिधित्व, पहिचान र प्रतिरोधको अवस्थालाई केकसरी देखाइएको छ भन्‍ने कुराको खोजी गरिएको
APA, Harvard, Vancouver, ISO, and other styles
6

न्यौपाने Neupane, सुभाषचन्द्र Subhashchandra. "राइटर अङ्कलको आर्थिक दुर्नियति र रश्मिको मनोविज्ञान". शोधसुधा Shodh Sudha 2, № 2 (2024): 108–21. http://dx.doi.org/10.3126/ss.v2i2.69314.

Full text
Abstract:
प्रस्तुत लेख नाटककार गोपाल देवानको राइटर अङ्कल एकाङ्कीमा प्रस्तुत आर्थिक दुर्नियति र मनोविज्ञानको विश्लेषणमा केन्द्रित छ । २०७६ सालमा प्रकाशित प्रस्तुत एकाङ्की २०५० सालमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नाटक महोत्सवमा प्रदर्शन गरिएको थियो । आरम्भ नाट्यसमूहरूद्वारा प्रदर्शित यस नाटकलाई दर्शक समूहद्वारा अत्यधिक मन पराइएको थियो । २०४६ सालको राजनैतिक आन्दोलनको पृष्ठभूमिमा लेखिएको यस एकाङ्कीमा नेपालमा लेखकहरूले केकस्तो आर्थिक दुर्नियति भोग्नुपर्छ भन्ने कुराको विश्लेषणका साथै बालमनोविज्ञानलाई केकसरी प्रस्तुत गरिएको छ भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रम
APA, Harvard, Vancouver, ISO, and other styles
7

शर्मा Sharma, मुकुन्द Mukunda. "मुस्ताङ जिल्लाका ‘थकाली’ र ‘ल्होवा’ समुदायमा प्रचलित लोकनृत्यहरू {Popular folk dances in 'Thakali' and 'Lhowa' communities of Mustang district}". Prajna प्रज्ञा 123, № 1 (2022): 140–53. http://dx.doi.org/10.3126/prajna.v123i1.62644.

Full text
Abstract:
प्रस्तुत आलेखमा मुस्ताङ जिल्लामा बसोवास गर्ने थकाली र ल्होवा समुदायमा प्रचलित लोकनृत्यहरूलाई अध्ययनको विषय बनाइएको छ । यस्ता नृत्यहरू आख्यानबद्ध र आख्यानमुक्त तथा पार्विक, संस्कार र सार्वजनिक उत्सव वा समारोहका अवसरमा गरिने रामरमितासँग सम्बन्धित रहेका पाइन्छन् । अध्ययनीय नृत्यमध्ये कतिपय गीतरहित वाद्यवादनका तालमा र कतिपय गेय, वाद्य र नृत्यसहितका तथा निर्धारित वेशभूषायुक्त र मुक्त वेशभूषामा तथा महिला र पुरुषको समान सहभागितामा प्रस्तुत गर्ने गरेको पाइन्छ । यिनै विशेषता नै यहाँका नृत्यगत वर्गीकरण र शैलीगत विशेषता पनि हुन् । नृत्यसम्बन्धी सैद्धान्तिक अवधारणाबाहेक मुस्ताङ जिल्ला र यहाँका थकाली र ल्ह
APA, Harvard, Vancouver, ISO, and other styles
8

Thapa, Ashok. "नेपाली रङ्गमञ्चमा नाट्यप्रविधिको क्रमिक विकास". Perspectives on Higher Education 14 (31 грудня 2024): 189–202. https://doi.org/10.3126/phe.v14i1.76634.

Full text
Abstract:
प्रस्तुत लेखमा नेपाली रङ्गमञ्चमा नाट्यप्रविधि (उपकरण र रङ्गसङ्गीत) को क्रमिक विकास केकसरी भएको छ भनी चर्चा गरिएको छ । मुकुन्द इन्दिरा (१९९४) नाटकको मञ्चनतिथिलाई आधार मान्दा आधुनिक नेपाली रङ्गमञ्चको इतिहास नौ दशकको देखिन्छ । नेपाली रङ्गमञ्चमा रङ्गप्रविधिको विकास समाजविकासको क्रमसँगै विकास भएको छ । बिजुलीको विकास नभएको अवस्था र आज आधुनिक बत्तीको विकास भएको स्थितिमा धेरै फेरबदल आएको कुरा पनि यस लेखमा उल्लेख गरिएको छ । नेपाली रङ्गप्रविधिमा विशेष गरी प्रकाशव्यवस्था र रङ्गउपरणका सन्दर्भमा विदेशी प्रविधिको हस्तक्षेप भएको छ । राणाशासनको समयमा बाहिरबाट झिकाएर प्रयोग गरिएका रङ्गप्रविधिले नेपाली रैथाने प
APA, Harvard, Vancouver, ISO, and other styles
9

Thapa, Ashok. "नेपालमा पर्यावरणीय साहित्य र पौड्यालको बूढो रूख र जुरेली कथा". Vaikharivani 2, № 2 (2025): 1–8. https://doi.org/10.3126/vaikharivani.v2i2.79238.

Full text
Abstract:
साहित्यमा पर्यावरणीय चिन्तनको विकास वैदिककालदेखि आजसम्म विस्तारित छ । यस आलेखमा पारिस्थितिकी, वातावरण संरक्षण र साहित्यबीचको अन्तर्सम्बन्धलाई केन्द्रीकृत गर्दै पश्चिमी इकोक्रिटिसिज्म र नेपाली साहित्यमा पर्यावरणीय चेतनाको उदय र महेश पौड्यालको अपरिचित अनुहार (२०७८) कथासङ्ग्रहभित्र सङ्कलित 'बूढो रूख र जुरेली' कथामा पर्यावरणीय चेतना केकसरी प्रयोग भएको छ भनी विवेचना गरिएको छ । आगमन र निगमन दुवै विधिको अनुसरण गरिएको यस लेखमा विश्लेषणका लागि वैदिक साहित्यका पञ्चतत्त्व र प्रकृति पूजनपरम्परा नेपाली साहित्यमा देखिने पारिस्थितिकीय धारणासँग तुलना गरिएको छ । २० औँ शताब्दीको मध्यदेखि विश्वव्यापी वातावरणीय आ
APA, Harvard, Vancouver, ISO, and other styles
10

पौडेल, शान्ति. "पारिभाषित आँखा उपन्यासमा शरीरमाथि उपभोक्तावादी संस्कृतिको प्रभाव र प्रयोग". Cognition 3, № 1 (2021): 212–20. http://dx.doi.org/10.3126/cognition.v3i1.55689.

Full text
Abstract:
प्रस्तुत शोधलेख पारिजातद्वारा लेखिएको पारिभाषित आँखाहरू उपन्यासमा चित्रित शरीर राजनीतिअन्तर्गत शरीरमाथि उपभोक्तावादी संस्कृतिको प्रभाव र प्रयोगको अध्ययनसँग सम्बद्घ छ । यसमा शक्तिशाली वर्गले शक्तिहीन वर्गको शरीरमाथि गर्ने शोषण तथा दमनका साथै शक्तिशाली वर्गले आफ्नो अनुकूलको विमर्शद्वारा केकसरी कमजोर वर्गको शरीरमाथि शासन गरी कमोडिटीका रूपमा रूपान्तरण गरेको छ भन्ने जिज्ञासाको समाधान खोज्ने प्रयत्न गरिएको छ । यसका लागि शरीरमाथि उपभोक्तावादी संस्कृतिको प्रभाव र प्रयोगसम्बन्धी मान्यतालाई कृतिविश्लेषणको मुख्य आधार बनाइएको छ । अध्ययनका अन्त्यमा शक्तिशाली वर्गले विभिन्न विमर्शमार्फत नारी शरीरको विनिर्मा
APA, Harvard, Vancouver, ISO, and other styles
11

Upadhyaya, Mukta Raj. "‘अँध्यारामा बाँच्नेहरू’ एकाङ्कीको समाजशास्त्रीय अध्ययन". Interdisciplinary Journal of Management and Social Sciences 2, № 1 (2021): 245–54. http://dx.doi.org/10.3126/ijmss.v2i1.36763.

Full text
Abstract:
लेखकले आफु बाँचेको युग र आफुले भोगेको सामाजिक, आर्थिक, भौगोलिक आदि पर्यावरणलाई दृष्टिगत गरी कृतिभित्रको समाजको वैज्ञानिक एवं वस्तुपरक ढङ्गले अध्ययन एवं विश्लेषण गर्ने सिद्धान्तलाई साहित्यको समाजशास्त्र भनिन्छ । अर्को शब्दमा साहित्यिक कृतिहरूमा अन्तर्निहित समाजको अध्ययन गर्ने एक विशिष्ट पद्धति वा सिद्धान्त हो साहित्यको समाजशास्त्र । साहित्यमा समाजकै चित्रण हुने हुँदा साहित्यिक कृतिका माध्यमबाट तत्कालीन समाजको अध्ययन गर्न सकिने कुरामा यस सिद्धान्तले विश्वास राख्दछ । प्रस्तुत अध्ययनमा ‘अँध्यारामा बाँच्नेहरू’ एकाङ्कीको समाजशास्त्रीय अध्ययन गर्दा हिपोलाइट एडोल्फ टेनले अघि सारेको जाति, क्षण र पर्याव
APA, Harvard, Vancouver, ISO, and other styles
12

न्यौपाने, सुभाषचन्द्र. "मोदिआइन उपन्यासमा मानवतावाद". Dristikon: A Multidisciplinary Journal 13, № 1 (2023): 264–72. http://dx.doi.org/10.3126/dristikon.v13i1.56106.

Full text
Abstract:
प्रस्तुत लेख उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको मोदिआइन उपन्यासमा प्रयुक्त मानवतावादी दृष्टिकोणमा आधारित छ । उपन्यासकार कोइरालाको २०३६ सालमा प्रकाशित पौराणिक मिथकमा आधारित यस उपन्यासमा केकस्ता मानवतावादी विचारको प्रस्तुति केकसरी भएको छ र मानवताका पक्षमा केकस्ता दृष्टिकोणहरू प्रस्तुत भएका छन् भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा उपन्यासकार विश्लेश्वरप्रसाद कोइरालाको मोदिआइन उपन्यासलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा मानवतावादी चिन्तनसँग सम्बन्धित सामग्रीहरू तथा मोदिआइन उपन्यासका सन्दर्भमा प्रकाश पारी लेखिएका पुस्तक, पत्रपत्रिका,
APA, Harvard, Vancouver, ISO, and other styles
13

बराल, तारा. "गणतन्त्रोत्तर नेपाली कवितामा लैङ्गिक प्रतिरोध". Shanti Journal 3, № 1-2 (2023): 181–98. http://dx.doi.org/10.3126/shantij.v3i1-2.60888.

Full text
Abstract:
गणतन्त्रोत्तर नेपाली कविता (२०६२\६३–२०७७) मा समेटिएका विभिन्न विषयमध्ये लैङ्गिक &#x0D; प्रतिरोध एउटा अध्ययनीय विषय रहेको छ । यस समयमा नेपाली समाजमा आएको सामाजिक–&#x0D; सांस्कृतिक परिवर्तनले नारीचेतनाको विकासमा ठुलो प्रभाव पारेको छ । तसर्थ यस समयका&#x0D; कवितामा उत्पीडनकारी पितृसत्ताले उत्पीडित महिलामाथि गर्ने लैङ्गिक उत्पीडनविरुद्धको&#x0D; प्रतिरोधलाई केकसरी व्यक्त गरिएको छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान खोज्ने प्रयास यस&#x0D; शोधलेखमा गरिएको छ । यस शोधलेखका लागि आवश्यक प्राथमिक तथा द्वितीयक स्रोतका&#x0D; सामग्रीहरू पुस्तकालयीय कार्यबाट सब्कलन गरिएका छन् । लैङ्गिक प्रतिरोधसम्बन्धी यस&#x0D;
APA, Harvard, Vancouver, ISO, and other styles
14

Neupane, Bishnu. "नेपाली भाषाको मानकीकरण र आधुनिकीकरण". Journal of Development Review 8, № 2 (2023): 20–29. http://dx.doi.org/10.3126/jdr.v8i2.59210.

Full text
Abstract:
नेपाली भाषाको मानकीकरण र आधुनिकीकरण शीर्षकको यस लेखमा नेपाली भाषाको विकासका क्रममा भएका कार्यहरूमध्ये व्याकरणलेखन, साहित्यलेखन, कोशनिर्माण, पठनपाठन, अनुसन्धान, पत्रपत्रिका प्रकाशन र भाषिक आन्दोलन तथा अभियानहरूजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ । विक्रमको दसौँ शताब्दीदेखि आजसम्मको नेपाली भाषाको विकासको इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न कामहरू भएका छन् । यिनै कामहरू केकसरी अगाडि बढे भन्ने मूल समस्यामा यो लेख केन्द्रित छ । नेपाली भाषा बहुसङ्ख्यक नेपालीको मातृभाषा, नेपालभित्र बोलिने विभिन्न भाषाहरूको सम्पर्क भाषा, नेपालको राष्ट्रभाषा, नेपाल राज्यभित्र सरकारी काजकाजको भाषा हो । यसको व
APA, Harvard, Vancouver, ISO, and other styles
15

Rai, Yashoda. "उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना". Kirat Pragya किरात प्रज्ञा 4 (27 травня 2025): 52–66. https://doi.org/10.3126/kp.v4i1.79181.

Full text
Abstract:
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको स्वरुप केकस्तो रहेको छ र प्रतिरोधी चेतनालाई किराती कविहरुले कवितामा केकसरी अभिव्यक्त गरेका छन् भन्ने जिज्ञासाको समाधान गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यस अध्ययनमा आधारभूत र द्वितीयक स्रोतबाट सामाग्री लिई प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारलाई पाठ विश्लेषणको मुख्य विधिको रुपमा अँगालिएको छ । यस लेखमा उत्तरवर्ती किराती कविताको विश्लेषणका क्रममा मूलतः भूगोल, सभ्यता संस्कृति र भाषिकपक्षसँग सम्
APA, Harvard, Vancouver, ISO, and other styles
16

गर्तौला Gartaula, सोमप्रसाद Som Prashad. "‘अभाव’ कविताको संरचनात्मक विश्लेषण". DMC Research Journal 6, № 01 (2024): 37–57. https://doi.org/10.3126/dmcrj.v6i01.73771.

Full text
Abstract:
प्रस्तुत अध्ययनमा कविताको संरचनात्मक विश्लेषणको अवधारणालाई आधार बनाई अरुणा वैद्यको प्रगीतात्मक कविता ‘अभाव’ को विश्लेषण गरिएको छ । कविताको संरचनाले कविताको रूप पक्षको बढी अध्ययन गर्दछ । पाश्चात्य तथा नेपाली समालोचना क्षेत्रका विभिन्न संरचनावादीहरूको मान्यतालाई आधार मानी कविताको बाहिरी बनोट र बुनोटको अध्ययनबाट कविताको आन्तरिक सबलताको पक्षको खोज यस अनुसन्धानात्मक लेखमा गरिएको छ । यसका लागि विश्लेषणात्मक विधिको उपयोग भएको छ । संरचना शब्दले विभिन्न वस्तु वा अवयवको सार्थक मिलनद्वारा निर्मित कृतिको सिङ्गो स्वनिष्ठ आकृति वा रूपलाई जनाउँछ । साहित्यको संरचनात्मक विश्लेषण गर्न यसको सैद्धान्तिक क्षेत्रमा
APA, Harvard, Vancouver, ISO, and other styles
17

न्यौपाने Nyaupane, श्रीधर Shreedhar. "सकम्बरी गीतमा निहितार्थता". Prithvi wangmaya 14 (12 вересня 2024): 59–68. http://dx.doi.org/10.3126/pw.v14i01.69758.

Full text
Abstract:
प्रस्तुत लेख ‘सकम्बरी’ गीतमा निहित अर्थको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । यस लेखको अध्ययन क्षेत्रका रूपमा प्रकाश सपुतको ‘सकम्बरी’ गीत र समस्याका रूपमा निहितार्थता रहेको छ । यस लेखमा ‘सकम्बरी’ गीतमा निहितार्थतालाई केकसरी प्रस्तुत गरिएको छ भन्ने प्राज्ञिक जिज्ञासालाई मुख्य समस्या बनाइएको छ । बहुसत्यमा विश्वास गरिएको यस अध्ययनमा गुणात्मक अनुसन्धान ढाँचा अवलम्बन गरिएको छ । जीवन निर्वाहका लागि सहरमा बसेर यौवन बेच्दा मानिस उपेक्षित बन्छ भन्ने कुरालाई यस लेखमा तत्त्वमीमांसाका रूपमा ग्रहण गरिएको छ र शोधदर्शनका बिचमा समन्वयसमेत कायम गरिएको छ । प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको अध्ययन गर
APA, Harvard, Vancouver, ISO, and other styles
18

शंकरप्रसाद Shankarprasad गैरे Gaire. "‘मेरी सौता’ कथामा रौद्र रस". Prāgyik Prabāha 12, № 1 (2024): 115–23. http://dx.doi.org/10.3126/pp.v12i1.69988.

Full text
Abstract:
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित छन् । मूलतः यौनलाई विषय बनाउने चौधरीले यस कथामा लोग्नेले अर्को बिहे गरेपछि र सौतालाई माया गर्न थालेपछि लोग्ने र सौताप्रति वितृष्णा उत्पन्न हुन गई उनीहरूप्रति क्रोध प्रकट गर्ने नारीको कथा भनिएको छ । लोग्नेले सौतालाई माया गरेपछि लोग्नेप्रति चरम क्रोध प्रकट गरेकाले कथामा रौद्र रसको विशेष प्रयोग भएको देखिन्छ । संस्कृत साहित्यशास्त्रमा काव्य विश्लेषणका निम्ति प्रतिपादन गरिएका सिद्धान्तमध्ये रसलाई जेठो माानिन्छ, जसमा नवरस
APA, Harvard, Vancouver, ISO, and other styles
19

Thapa, Ashok. "नेपाली नाटकमा आध्यात्मिक तथा ऐतिहासिक भौतिकवाद". Vangmaya वाङ्मय 20 (6 серпня 2024): 115–25. http://dx.doi.org/10.3126/vangmaya.v20i01.68155.

Full text
Abstract:
प्रस्तुत लेखमा आधुनिक नेपाली नाटकको सर्वेक्षण गरी त्यस कालखण्डका नाटकमा अन्तर्भूत आध्यात्मिक र ऐतिहासिक भौतिकवादी विचारधाराको प्रयोग केकसरी भएको छ भनी चर्चा गरिएको छ । गुणात्मक विधि अवलम्बन गरी तयार पारिएको यस अध्ययनमा पुस्तकालयबाट सामग्री सङ्कलन गरिएको छ । विचारधारा व्यापक अवधारणा भएकाले यहाँ परस्पर विपरीत अध्यात्म र ऐतिहासिक भौतिकवादी दुई विचारधारालाई मात्र विवेचना गरिएको छ । आधुनिक नेपाली नाटकको सर्वेक्षणपश्चात् प्राप्त नाट्यकृतिको व्याख्या गरिएको यस लेखमा विवरणात्मक र विश्लेषणात्मक दुवै पद्धतिको अनुसरण गरिएको छ । यहाँ आध्यात्मिक र भौतिक विचारको प्रयोग भएका नाटकका मूलपाठलाई अध्ययनको प्राथमि
APA, Harvard, Vancouver, ISO, and other styles
20

अधिकारी Adhikari, ज्ञानु Gyanu. "समकालीन नेपाली कविताको संस्कृतिपरक अन्तर्विषयकता {Cultural Intersubjectivity of Contemporary Nepali Poetry}". Pragya Darshan प्रज्ञा दर्शन 5, № 1 (2023): 35–38. http://dx.doi.org/10.3126/pdmdj.v5i1.52539.

Full text
Abstract:
प्रस्तुत अनुसन्धानात्मक लेख समकालीन नेपाली कविताको संस्कृतिपरक अन्तविर्षयकताको अध्ययनमा केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा समकालीन नेपाली कविताका रूपमा पछिल्लो समय प्रकाशित कवितासङ्ग्रहमा सङ्गृहीत प्रतिनिधिमूलक कवितालाई अध्ययनको आधार बनाइएको छ । नेपाली साहित्यका अन्य विधामा जस्तै समकालीन नेपाली कवितामा पनि अन्तर्विषयकताको प्रयोग भएको छ । साहित्यको विषयवस्तुभित्र साहित्येतर विषयहरू अन्तर्वस्तुका रूपमा प्रयोग हुनुलाई अन्तर्विषयकता भनिन्छ । विश्वसाहित्यमा सन्१९६० पछि उत्तरआधुनिक बहुलवादी सिद्धान्त र सांस्कृतिक अध्ययनको विकासका क्रममा अन्तर्विषयक समालोचनाको विकास भएको हो । सा
APA, Harvard, Vancouver, ISO, and other styles
21

न्यौपाने Neupane, दीपकप्रसाद Deepak Prasad. "राधा उपन्यासमा नारी प्रतिनिधित्व". Saraswati Sadan सरस्वती सदन 11, № 01 (2025): 59–68. https://doi.org/10.3126/ss.v11i01.73630.

Full text
Abstract:
कृष्ण धरावासीको राधा उपन्यासमा नारी चरित्रको प्रतिनिधित्व अध्ययनमा केन्द्रित प्रस्तुत लेख गुणात्मक अनुसन्धान ढाँचामा आधारित रहेको छ । यसमा सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ भने उक्त सामग्रीको सूक्ष्म पठन तथा अर्थापन विधिका माध्यमबाट विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ । यस लेखमा सांस्कृतिक अध्ययनका क्षेत्रमा प्रभाव पार्न सफल नारीवादी अध्ययनअन्तर्गतको प्रतिनिधित्वसम्बन्धी मान्यतालाई मुख्य सैद्धान्तिक आधार बनाइएको छ । नारीवादी अध्ययनमा पितृसत्तात्मक समाजको दमनमा परेका नारीहरूको वस्तुस्थितिको अध्ययन गरी नारी वर्गमा त्यसको केकस्तो प्रभाव परेको छ भन्ने कुरा हेरिन्छ । सीमान्तीकृत ना
APA, Harvard, Vancouver, ISO, and other styles
22

Aryal, Ambika. "गीता केशरीका उपन्यासमा नारीचेतना". Vangmaya वाङ्मय 20 (6 серпня 2024): 126–37. http://dx.doi.org/10.3126/vangmaya.v20i01.68157.

Full text
Abstract:
प्रस्तुत आलेख गीता केशरीका उपन्यासमा नारीचेतनाको अध्ययनमा आधारित छ । सत्तामा पुरुषको एकाधिकार, नेतृत्व, वर्चस्व रहनु नै पितृसत्ता हो । यो लेख पितृसत्ताले नारीमाथि गर्ने शासन, दमन र विभेदका विरुद्ध नारीले गरेका विद्रोह, सङ्घर्ष तथा त्यसप्रतिको प्रतिरोधी चेतनाको प्रस्तुति उनका उपन्यास केकसरी गरिएको छ भन्ने मूल जिज्ञासामा केन्द्रित छ । यस लेखमा केशरीका उपन्यासलाई प्राथमिक सामग्रीका रूपमा तथा पितृसत्तासम्बन्धी सिद्धान्त एवम् विश्लेष्य उपन्याससँग सम्बन्धित अध्ययनलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा सिमोन द बुभाले अघि सारेका पितृसत्ताप्रतिको प्रतिरोधी चेतनासम्बन्धी नारीवादी सिद्धान्तलाई कृति
APA, Harvard, Vancouver, ISO, and other styles
23

अधिकारी, ज्ञानु. "उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता". Prajna प्रज्ञा 124, № 2 (2023): 76–85. http://dx.doi.org/10.3126/prajna.v124i2.60583.

Full text
Abstract:
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६० यता प्रकाशित भएका आत्मपरक नेपाली निबन्धलाई अध्ययनको आधार बनाइएको छ । नेपाली साहित्यका अन्य विधामा जस्तै उत्तरवर्ती नेपाली नेपाली निबन्धमा पनि अन्तर्विषयकताको प्रयोग भएको छ । साहित्यको विषयवस्तुभित्र साहित्येतर विषयहरू अन्तर्वस्तुका रूपमा प्रयोग हुनुलाई अन्तर्विषयकता भनिन्छ । विश्वसाहित्यमा सन् १९६० पछि उत्तरआधुनिक बहुलवादी सिद्धान्त र सांस्कृतिक अध्ययनको विकासका क्रममा अन्तर्विषयक समालोचनाको पनि विकास भएको हो । साह
APA, Harvard, Vancouver, ISO, and other styles
24

ढकाल Dhakal, फूलकुमारी Phulkumari. "‘झोला’ कथामा नारीचेतना {Women's consciousness in the story of 'Jhola'}". Prajna प्रज्ञा 125, № 1 (2024): 97–108. https://doi.org/10.3126/prajna.v125i1.75284.

Full text
Abstract:
प्रस्तुत लेखमा नारीचेतनाका आधारमा ‘झोला’ कथाको विश्लेषण गरिएको छ । प्राचीन पितृसत्तात्मक समाज व्यवस्थामा नारीले भोग्नुपरेको दु:ख, कष्ट, पीडा तथा नारीको व्यक्तिगत जीवन र जीवन भोगाइका विविध घटनाक्रमहरूले नै कथामा नारीचेतनाको सिर्जना भएको छ । पितृसत्तात्मक समाज व्यवस्थाबाट आक्रान्त नारी जनजीवनको विषय उठानका क्रममा कृतिमा व्यक्त नारीचेतनाको अध्ययन, पितृसत्ताको अध्ययन, पितृसत्ताले नारीमाथि गरेको अन्याय, अत्याचार, शोषण तथा दमनले ल्याएको नारीचेतनालाई केकसरी उठान गरेको छ ? भन्ने कुराको अध्ययन गरिएको छ । पितृसत्तात्मक सामाजिक व्यवस्था तथा त्यसको परिणाम र नारीलाई पुरुषको भोगविलासी वस्तुका रूपमा मात्र उप
APA, Harvard, Vancouver, ISO, and other styles
25

शर्मा, डा विन्दु. "विवस्त्र रामायण कथाको महिला सौन्दर्यचिन्तन". Solukhumbu Multiple Campus Research Journal 6, № 1 (2024): 183–95. https://doi.org/10.3126/smcrj.v6i1.74540.

Full text
Abstract:
प्रस्तुत लेख अर्चना थापाको ‘विवस्त्र रामायण’ कथाको महिला सौन्दर्यचेतना विश्लेषणमा आधारित छ । उक्त कथामा महिला सौन्दर्यचिन्तन केकसरी भएको छ भन्ने मूल समस्याको समाधानका लागि कथामा प्रकटित महिलाले चाहेको व्यक्तित्वनिर्माण, नवीन भाष्यको प्रवर्तन, शरीर राजनीतिको प्रतिरोध र ऐतिहासिक विभेदको उत्खनन जस्ता प्रतिमानको उपयोग गरिएको छ । प्रस्तुत लेखको सैद्धान्तिक ढाँचाको मूल आधार क्लारा जेटकिन (सन् २०६५), सिमोन द बोउवार (२०७५), र ब्रान्ड वेइजर पेग (सन् २००८) का वैचारिक सामग्रीहरू रहेका छन् । महिला सौन्दर्यचिन्तन सामाजिक र दार्शनिक पक्षसँग सम्बन्धित महिलाको लैङ्गिक भूमिका र शक्ति सम्बन्धसम्बद्ध विषय रहेकाल
APA, Harvard, Vancouver, ISO, and other styles
26

Thapa, Din. "खस जातिको ऐतिहासिक पृष्ठाधारमा बगाले थापाको मस्टो परम्परा". Pragnya Sarathi प्रज्ञा-सारथि 22, № 1 (2024): 66–73. http://dx.doi.org/10.3126/ps.v22i1.64843.

Full text
Abstract:
प्राचीन ‘कस या शक’ जातिको आधुनिक नाम खस हो । खस भाषा बोल्ने र खस साम्राज्यको ऐतिहासिक पृष्ठभूमिबाट विकसित जात वा समुदाय विशेषलाई खस भनिन्छ । कुनै समय त्रिशुली र नारायणी नदीदेखि पश्चिममा पर्ने गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा महाकाली पारिका कुमाऊँ, गढवाल, कश्मीर, लद्दाखसहित पञ्जावको सतलज नदी र तिब्बतको खारी प्रदेशसम्मको सवा लाख पर्वतले युक्त पर्वतीय भूभागलाई खसादेश, खसान क्षेत्र वा खस साम्राज्यका नामले चिनिन्थ्यो । यिनै खसहरुको बसोबास क्षेत्र, भाषिक पृष्ठभूमि र मस्टो परम्परा केकसरी विकास भयो भन्ने सन्दर्भलाई जोडेर यो लेख तयार गरिएको छ । खसहरुको मौलिक पहिचान, परम्परा र निरन्तरता भनेकै खस भाषा र
APA, Harvard, Vancouver, ISO, and other styles
27

कुँवर, भवीन्द्र. "‘बाढी’ कवितामा बल". Prajna प्रज्ञा 124, № 2 (2023): 119–29. http://dx.doi.org/10.3126/prajna.v124i2.60590.

Full text
Abstract:
मानवजातिका क्रियाकलाप, अनुभव, र अभिव्यक्तिमा कुनै न कुनै रूपले बलको उपस्थिति हुन पुग्दछ । बल लगानी भएपछि मात्र वस्तु वा पदार्थहरू चल्ने वा रोकिने हुन पुग्दछन् र बलले वस्तु वा पदार्थका स्थिति, आकृति, वा आकारमा परिवर्तन गराउने कार्य गर्दछ भने बलको अनुभव र प्रयोगसँगै विकसित संज्ञानलाई मानव जातिले भाषाका माध्यमबाट समेत अभिव्यक्त गर्दै आएको पाइन्छ । पूर्ण वैद्यरचित ‘बाढी’ कविता पनि बलसम्बद्ध अभिव्यक्ति पाइने साहित्यिक रचनाको उल्लेख्य नमुना हो । उक्त कवितामा अभिव्यक्त बलसम्बद्ध विषयको प्राज्ञिक, वैज्ञानिक र शोधमूलक अध्ययन गरिएको भने पाइँदैन । यही अनुसन्धानरिक्तताको परिपूर्ति गर्ने उद्देश्यमा यो अनुस
APA, Harvard, Vancouver, ISO, and other styles
28

Neupane, Subhash Chandra. "धरणी खण्डकाव्यको काव्यिक मूल्य". Dristikon: A Multidisciplinary Journal 15, № 1 (2025): 215–25. https://doi.org/10.3126/dristikon.v15i1.77146.

Full text
Abstract:
प्रस्तुत लेख खण्डकाव्यकार एकु घिमिरेको धरणी खण्डकाव्यको काव्यिक मूल्यको निरुपणमा केन्द्रित रहेको छ । काव्यले वहन गरेको विचारको व्यापकता र सार्वभौमिकताले काव्यको मूल्य निर्धारण हुन्छ । यो खण्डकाव्य शोककाव्य परम्परामा जीवनको यथार्थ घटनालाई आधार बनाएर लेखिएको शास्त्रीय लयमा आधारित रचना हो । यस खण्डकाव्यमा प्रस्तुत मानवीय जीवनका शाश्वत पक्ष मृत्यु र जीवनका बिचको छट्पटाहटमा केही गर्न नसकी विवश मानवीय दशा र आफ्नै कान्छो भाइ धरणी मरिरहँदा केही गर्न नसक्ने दाइहरुको विवशताको कथाले काव्यको मूल्यलाई विशिष्ट तुल्याएको छ । यही धरणी खण्डकाव्यले बोकेको सार्वभौम मूल्यमान्यता र कालजयी विचार केकसरी अभिव्यक्त भए
APA, Harvard, Vancouver, ISO, and other styles
29

Thapa, Ashok. "लाइट बाल्ने केटो र शुटिङ रिपोर्ट कथामा लोकप्रिय संस्कृति". Sahayaatra सहयात्रा 8 (10 липня 2025): 17–24. https://doi.org/10.3126/sahayaatra.v8i1.80929.

Full text
Abstract:
प्रस्तुत लेखमा दुर्गा कार्कीको लाइट बाल्ने केटो र कुमार नगरकोटीको शुटिङ रिपोर्ट शीर्षकका कथामा लोकप्रियसंस्कृतिको प्रयोग र प्रभावको विवेचना रहेको छ । लोकप्रिय संस्कृति भनेको धेरै जनसमूहद्वारा रुचाइएको र ग्रहण गरिने चिन्तन र अभ्यासको समुच्चय हो जुन पश्चिमा जमिनबाट नेपाली साहित्यमा प्रवेश गरेको हो । उद्योगधन्दा, बजारीकरण र सूचनाप्रविधिको वृद्धिसँगै यसको प्रभाव झन् बढ्दै गएको छ । यस सन्दर्भमा एन्टोनियो ग्राम्सी, मेनजर पाण्डे, बार्कर, लाबेन्थलजस्ता विचारकहरूको वैचारिक धारणामा आधारित भएर विवेच्य कथाको पाठ (कन्टेन्ट) को विश्लेषण भएको छ । लाइट बाल्ने केटो कथामा युवाजीवनका यौनाकाङ्क्षा, प्रणय, मोबाइल
APA, Harvard, Vancouver, ISO, and other styles
30

Gautam, Shreedhar. "वैज्ञानिक समाजवाद र संस्कृति". Samaj Anweshan समाज अन्वेषण 3, № 1 (2025): 174–85. https://doi.org/10.3126/anweshan.v3i1.81979.

Full text
Abstract:
पुँजीवादी व्यवस्थाले सामन्तवादको जरालाई उखेलेर उदारवादी प्रजातन्त्र ल्याउनु प्रगतिशील घटना भए पनि यसको आफ्नैै वर्गीय सङ्कीर्ण स्वार्थका कारणले गर्दा विज्ञान र प्रविधिले ल्याएको क्रान्तिपछि उत्पन्न परिस्थितिमा पनि संसारभरमै बहुसत्र्यक जनता आधारभूत आवश्यकताबाट वञ्चित भएका छन् । यही तथ्यको विश्लेषण गरेर मार्क्स र एङ्केल्स अहिलेसम्मको इतिहास हुनेखाने वर्ग र हुँदा खाने वर्गको सङ्घर्षको गाथा भएकोे निष्कर्षमा पुगे । उनीहरूले प्रतिपादन गरेको साम्यवादी घोषणापत्रले वर्गीय व्यवस्थाको अन्त्य गरेर मात्र विद्यमान सामाजिक, आर्थिक असमानता हटाउन सकिन्छ भन्ने देखाएको छ । यो लेखमा विद्यमान सामाजिक र आर्थिक संरचन
APA, Harvard, Vancouver, ISO, and other styles
31

पन्थ Pantha, नारायणप्रसाद Narayanprasad. "बैरागी काइँलाका कवितामा आयामेली चिन्तन {Aayameli Perspective in Baragi Kaila's Poems}". Kaladarpan कलादर्पण 4, № 1 (2024): 37–53. http://dx.doi.org/10.3126/kaladarpan.v4i1.62824.

Full text
Abstract:
बैरागी काइँलाले आयामेली लेखनपूर्वका कवितामा परम्परित वर्णमात्रिक र मात्रिक छन्द तथा पछि आएर नवगद्य छन्दको प्रयोग गर्दै परम्परामुक्त कविता सिर्जना गरेका छन् । उनका कवितामा आयामेली चिन्तनलाई केकसरी प्रस्तुत गरिएको छ भन्ने मूल समस्यामा केन्द्रित रही यो लेख तयार गरिएको छ । प्रस्तुत लेखको मुख्य उद्देश्य बैरागी काइँलाका कवितात्मक प्रवृत्तिको चर्चा गर्दै उनका कवितामा व्यक्त आयामेली चिन्तनको निरूपण गर्नु रहेको छ । यस लेखमा पुस्तकालयीय कार्यमा आधारित रही आवश्यक सामग्री सङ्कलन गरी विश्लेषणात्मक विधि उपयोग गरिएको छ । यसमा निर्धारित कवितालाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने उक्त कविताहरूको विश्लेषणका ल
APA, Harvard, Vancouver, ISO, and other styles
32

गैरे Gairhe, शंकरप्रसाद Shankarprasad. "द्रौपदी अवशेष उपन्यासमा सांस्कृतिकता". Bharatpur Pragya: Journal of Multidisciplinary Studies 2, № 01 (2024): 139–50. http://dx.doi.org/10.3126/bpjms.v2i01.65916.

Full text
Abstract:
प्रस्तुत समीक्षात्मक लेखमा नीलम कार्की निहारिकाद्वारा लेखिएको द्रौपदी अवशेष उपन्यासको विश्लेषणात्मक अध्ययन गरिएको छ । नेपाली आख्यान साहित्यमा विशिष्ट पहिचान बनाएकी कार्कीको प्रस्तुत उपन्यासलाई सांस्कृति उपन्यास मानिएको पाइन्छ । संस्कृति मानव समाजको जन्मदेखि मृत्युपर्यन्त हरेक समयमा उनीहरूले आफ्नो परिचयलाई झल्काउनेगरी गर्ने स्थानिक, जातिविशेष, लिङ्गविशेष, पेसाविशेष वा यस्तै विशिष्ट पहिचान झल्काउने चलन हो । साहित्यिक कृतिहरूले जीवनजगतका अन्य विभिन्न विषय अवस्थाका साथै त्यस कृतिले प्रस्तुत गरेको पात्रविशेषका स्थानको चालचलन, रीतिरिवाज, संस्कार आदिलाई पनि प्रस्तुत गर्ने हुनाले साहित्यको अध्ययन गर्न
APA, Harvard, Vancouver, ISO, and other styles
33

Sharma, Ganesh. "भवानी भिक्षुका कथामा वर्गद्वन्द्व". Pragnya Sarathi प्रज्ञा-सारथि 22, № 1 (2024): 44–52. http://dx.doi.org/10.3126/ps.v22i1.64840.

Full text
Abstract:
यो लेख भवानी भिक्षुका कथामा प्रस्तुत वर्गद्वन्द्वको अध्ययनमा केन्द्रित रहेको छ । मूलतः मनोवैज्ञानिक कथाकार भए पनि तत्कालीन सामाजिक यथार्थलाई चित्रण गर्ने क्रममा समाजका धनी र गरिबवर्गका बिचको द्वन्द्वलाई भिक्षुका कथामा देखाइएको छ । यस किसिमको द्वन्द्व माक्र्सवादी अवधारणासँग सम्बन्धित देखिन्छ । भिक्षुका कथामा वर्गद्वन्द्वको प्रस्तुति केकसरी गरिएको छ भन्ने समस्याको समाधानमा केन्द्रित यस लेखमा उक्त समस्याको विश्लेषणात्मक समाधान खोज्ने उद्देश्य राखिएको छ । यही उद्देश्यको प्राप्तिका लागि भिक्षुका ‘मालिकको छोरो’, ‘मैयाँसाहेब’, ‘हारजित’, ‘वन्दना’ र ‘बन्दोबस्त’ गरी पाँचवटा कथामा प्रयुक्त वर्गद्वन्द्वको
APA, Harvard, Vancouver, ISO, and other styles
34

., राजबीर, та डॉ दिवाकर त्रिपाठी. "भारतीय इतिहास लेखन की विभिन्न अवधारणाओं का समीक्षात्मक अध्ययन". Humanities and Development 18, № 1 (2018): 47–51. http://dx.doi.org/10.61410/had.v18i1.109.

Full text
Abstract:
भारत में विदेशियों की शासन सत्ता स्थापित हो जाने के पश्चात् अठारहवीं सदी में कई यूरोपीय विद्वानों की रूचि भारतीय इतिहास एवं संस्श्ति की ओर दिखाई देती है इनमें विलियम जोन्स, मैक्समूलर, जेम्स प्रिसेप, कोलबु्रक प्रमुख है। भारत में साम्राज्यवादी इतिहास लेखन के श्ष्टिकोण के पीछे ब्रिटिश साम्राज्य की सुरक्षा एवं स्थायित्व की भावना प्रबल रूप से विद्यमान थी। औपनिवेशिक साम्राज्यवादी विचारधारा के इतिहासकारो में जेम्स मिल, एल्फिंसटन, आर. कूपलैण्ड, पर्सिवल स्पीयर आदि विद्वानों के नाम प्रमुखता से लिये जाते हैं। साम्राज्यवादी इतिहास लेखन के प्रतिक्रिया स्वरूप भारतीय विद्वानों ने राष्ट्रवादी इतिहास लेखन का श
APA, Harvard, Vancouver, ISO, and other styles
35

Thapa, Din Bahadur. "प्रेमप्रसाद शर्माका कृतिमा डायस्पोरिक प्रतिबिम्ब". Pragnya Sarathi प्रज्ञा-सारथि 23, № 1 (2025): 1–14. https://doi.org/10.3126/ps.v23i1.77508.

Full text
Abstract:
प्रेमप्रसाद शर्मा पौडेल (२०११) अमेरिकाको भर्जिनिया सहरमा बसोबास गर्दै आएका आप्रवासी लेखक हुन् । उनका कथा, कविता र खण्डकाव्य गरी आठओटा कृति प्रकाशित भइसकेका छन् । हालसम्म प्रकाशित कृतिमा गद्य र पद्य कवितासङ्ग्रह तीनओटा, खण्डकाव्य दुईओटा, कथासङ्ग्रह एउटा, गीति कवितासङ्ग्रह एउटा र स्मृतिकाव्य एउटा रहेका छन् । शर्माका यिनै प्रकाशित कृतिमा उनको डायस्पोरिक चिन्तन केकसरी प्रतिबिम्बित भएको छ ? भन्ने समस्यालाई अध्ययनको मूल उद्देश्य बनाइएको छ । शर्माका यी प्रकाशित कृतिहरूको भूमिका लेखनमार्फत आफन्तजनबाट सामान्य समीक्षा भए पनि समग्र कृतिमा अभिव्यक्त उनको डायस्पोरिक प्रतिबिम्बको खोजी भएको छैन । तसर्थ यिनै
APA, Harvard, Vancouver, ISO, and other styles
36

Adhikari, Gyanu. "नेपाली विज्ञानकथासङ्ग्रहका कथामा विज्ञानप्रविधिपरक चेतना". Bharatpur Pragya: Journal of Multidisciplinary Studies 3 (11 березня 2025): 63–72. https://doi.org/10.3126/bpjms.v3i01.76243.

Full text
Abstract:
प्रस्तुत आलेखमा सुनील पोखरेलद्वारा सम्पादित ‘नेपाली विज्ञानकथासङ्ग्रह’ कृतिमा समाविष्ट कथाहरूलाई पाठका रूपमा लिई ती कथामा प्रयुक्त विज्ञान र प्रविधिका विभिन्न पक्षहरूको विश्लेषण गरेर कथामा प्रयुक्त वैचारिकताको निरूपण गरिएको छ र यो आलेख साहित्यविषयक भएकाले गुणात्मक प्रकृतिको रहेको छ । पुस्तकालयबाट सामग्रीसङ्कलन गरी ‘नेपाली विज्ञानकथासङ्ग्रह’ भित्रका विभिन्न कथाकारका एक्काइस कथाहरूमध्ये सोद्देश्य नमुनाछनोट विधिद्वारा चयनित कथामा यन्त्रमानवको प्रयोग र मानवको यान्त्रीकरणको अभिव्यक्ति सघनरूपमा आएका कथालाई यिनै पक्षहरूमा केन्द्रित भएर विश्लेषण र मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा कथाविश्ले
APA, Harvard, Vancouver, ISO, and other styles
37

Rumba, Laxmi. "पागल कवितामा अद्भुत रसको उद्बोधन". Dhaulagiri Journal of Contemporary Issues 3, № 1 (2025): 157–66. https://doi.org/10.3126/djci.v3i1.79705.

Full text
Abstract:
लक्ष्मीप्रसाद देवकोटा स्वच्छन्दतावादी कवि हुन् । उनका कवितामा विभिन्न रसको प्रयोग भएको पाइन्छ । उनले रचेको ‘पागल’ कवितामा अद्भुत रसको केकसरी उद्बोधन भएको छ भन्ने समस्यामा केन्द्रित भई यो लेख तयार गरिएको छ । देवकोटाका कवितामा पाइने विविध रसका विषयमा विभिन्न अध्यताहरूले खोजमूलक अध्ययन गरेका भए पनि उनको ‘पागल’ कवितामा प्रयुक्त अद्भुत रसको विषयमा भने खोजी भएको देखिँदैन । ‘पागल’ कवितामा विभाव, अनुभाव र संचारी भावसँग विस्मय या आश्चर्य स्थायीभावको सम्बन्धका साथै विस्मय या आश्चर्य स्थायीभावको साधारणीकरणद्वारा अद्भुत रसको निष्पति कसरी गरिएको छ भन्ने प्रश्नको समाधानको खोजी गर्नु नै यस अध्ययनको उद्देश्य
APA, Harvard, Vancouver, ISO, and other styles
38

Sharma, Ganesh Prasad. "लाहुरी भैँसी कथाका द्वन्द्वात्मक पक्षहरू". Dhaulagiri Journal of Contemporary Issues 2, № 1 (2024): 45–53. http://dx.doi.org/10.3126/djci.v2i1.67454.

Full text
Abstract:
यो लेख रमेश विकलको ‘लाहुरी भैँसी’ कथाका द्वन्द्वात्मक पक्षहरूको अध्ययनमा केन्द्रित रहेको छ । विकल सामाजिक यथार्थवादी कथाकार भनेर चिनिएका भए पनि उनका कथामा मनोवैज्ञानिकताको उपयोग पनि गरिएको छ । यसले गर्दा उनका कथामा पाइने द्वन्द्व मनोवैज्ञानिक र सामाजिक दुवै किसिमको देखिन्छ । उल्लेखित कथामा केन्द्रित भएर द्वन्द्वात्मक पक्षहरूको अध्ययन गर्ने क्रममा अल्फ्रेड एडलर, कार्ल माक्र्स र म्याक्स वेबरका द्वन्द्वसम्बन्धी मान्यता सम्बन्धित देखिन्छन् । ‘लाहुरी भैँसी’ कथामा हीनत्वबोध र श्रेष्ठत्वप्राप्तिका बिच द्वन्द्व, वर्गका बिचमा सिर्जित द्वन्द्व र प्रतिष्ठाका लागि सिर्जित द्वन्द्व केकसरी प्रस्तुत गरिएको छ
APA, Harvard, Vancouver, ISO, and other styles
39

Sharma, Ganesh Prasad. "हारजित कथामा विश्वदृष्टि". Dhaulagiri Journal of Contemporary Issues 3, № 1 (2025): 147–56. https://doi.org/10.3126/djci.v3i1.79702.

Full text
Abstract:
प्रस्तुत लेख भवानी भिक्षुको ‘हारजित’ कथामा प्रयुक्त विश्वदृष्टिमा केन्द्रित रहेको छ । भिक्षु मनोवैज्ञानिक र सामाजिक यथार्थवादी कथाकारका रूपमा स्थापित सर्जक हुन् । विश्वदृष्टि फ्रान्सेली चिन्तक तथा समालोचक लुसियन गोल्डमानद्वारा प्रतिपादित सिद्धान्त हो । लेखकले कृतिको सिर्जना गर्दा आफ्ना विचार तथा अनुभूतिहरूलाई व्यक्त गर्ने भए पनि ती उसका निजी विचार नभई लेखक बाँचेको समाजका अन्य व्यक्तिका चिन्तनबाट प्रभावित भएर सुसङ्गत दृष्टिको विकास भई विश्वदृष्टिको निर्माण हुने गोल्डमानको मान्यता रहेको छ । विश्वदृष्टिले परावैयक्तिक वा सामूहिक चेतना व्यक्त गर्ने र यस कथामा पनि परावैयक्तिक चेतनाका रूपमा वर्गीय, ल
APA, Harvard, Vancouver, ISO, and other styles
40

Aryal, Ambika. "सुकरातका पाइला उपन्यासमा अभिघात". Sotang, Yearly Peer Reviewed Journal 6, № 1 (2024): 1–14. https://doi.org/10.3126/sotang.v6i1.72175.

Full text
Abstract:
गोविन्दराज भट्टराईको ‘सुकरातका पाइला’ उपन्यासमा मानवनिर्मित स्रोत अर्थात् दसवर्षे जनयुद्ध, द्वन्द्व तथा हिंसाले निम्त्याएको दुर्घटनाका कारण देखापरेको शारीरिक एवम् मानसिक अभिघातलाई प्रस्तुत गरिएको छ । यस किसिमका अभिघातको प्रस्तुति केकसरी गरिएको छ भन्ने प्राज्ञिक समस्याको निरूपण गर्ने लक्ष्य यस लेखको रहेको छ । यस क्रममा विवेच्य उपन्यासको विश्लेषणका लागि केथी कारुथको अभिघातसम्बन्धी अवधारणालाई सैद्धान्तिक आधार मानिएको हुनाले यो लेख निगमनात्मक प्रवृत्तिको बनेको छ । पुस्तकालयीय कार्यबाट प्राथमिक तथा द्वितीयक सामग्री सङ्कलन गरी विश्लेषणात्मक पद्धतिको प्रयोग गरिएको यो लेख गुणात्मक प्रवृत्तिको बन्न पुग
APA, Harvard, Vancouver, ISO, and other styles
41

अर्याल, अम्बिका. "प्रसाईका उपन्यासमा पितृसत्ताप्रतिको प्रतिरोधी नारीचेतना". Cognition 5, № 1 (2023): 121–36. http://dx.doi.org/10.3126/cognition.v5i1.55424.

Full text
Abstract:
सत्तामा रहनेका निर्णय, शासन र शक्तिका आधारमा राज्यसञ्चालन हुने गर्दछ । तसर्थ पुरुषकै हालीमुहाली र वर्चस्वले पितृसत्तामा स्थान पाउँछ । सृष्टिमा समान रूपमा विकसित भएका नारी र पुरुषको आफ्नै महत्त्व र भूमिका हुँदाहुँदै दुईका भिन्न लिङ्गलाई आधार बनाएर विभेदका मानक स्थापित गर्दै अघि बढेको पुरुषकेन्द्रित पितृसत्तात्मक व्यवस्था पुरुषकै हितबाट अभिप्रेरित छ । पुरुषले नारीलाई जैविक आधारमा कमजोर साबित गर्दै पारिवारिक, सामाजिक, कानुनी, आर्थिक आदि भूमिकामाथि गरेको विभेद तथा दमनलाई पितृसत्ताले समर्थन गरेको छ । यसर्थ पुरुषको श्रेष्ठता, शक्तिशाली एवम् आधिपत्य भूमिकाका विपरीत महिलालाई कमजोर, निरीह तथा शक्तिहीन
APA, Harvard, Vancouver, ISO, and other styles
42

जि.सी. G.C., कृष्णबहादुर Krishnabahadur. "समावेशी दृष्टिकोणबाट नेपालको विद्यालय तहमा पाठ्यक्रम विभेदीकरणको अभ्यासको विश्लेषण {Curriculum at the school level in Nepal from an inclusive perspective an analysis of the practice of differentiation}". Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) 45, № 25 (2023): 27–49. http://dx.doi.org/10.3126/bns.v45i25.59951.

Full text
Abstract:
शिक्षामा सामाजिक न्यायको अवस्था पहिचान गर्ने एउटा तरिका समावेशी दृष्टिकोण हो । यो सबै तह र वर्गका व्यक्तिलाई समान स्थानबाट अवसर उपलब्ध गराउने तथ्यसŖग सम्बन्धित छ । एउटै कक्षामा विभिन्न आवश्यकता भएका विद्यार्थीहरूलाई राखेर वैयक्तिक विभिन्नताका आधारमा पाठ्यक्रमको कार्यान्वयन गरिन्छ भने त्यसलाई विभेदीकरणको अभ्यास भनिन्छ । पाठ्यक्रम विभेदीकरणले विविध किसिमका फरक क्षमता भएका विद्यार्थीहरूलाई शिक्षकले सिकाउने प्रक्रियामा जोड दिन्छ । यस अध्ययनमा छानिएका विद्यालयका श्रवण शक्ति कमजोर भएका विद्यार्थीहरूबिच केकसरी पाठ्यक्रम विभेदीकरणको अभ्यास भएको छ भन्ने तथ्यलाई पहिचान गर्न खोजिएको छ । समावेशी दृष्टिकोण
APA, Harvard, Vancouver, ISO, and other styles
43

प, ्रो. किशोर एरंडे. "र ंगा ें का समाज पर प्रभाव - "हा ेली समता का उत्सव"". International Journal of Research - GRANTHAALAYAH Composition of Colours, December,2014 (2017): 1. https://doi.org/10.5281/zenodo.889179.

Full text
Abstract:
होली भले ही साल-दर-साल आती रहे, पर उसके इ ंतजार की बेकरारी दिलों में कभी कम नहीं होती। रंगा ें में सराबोर हो उठने का यह त्या ैहार प्राचीन काल से ही हमारा गा ैरव पर्व ह ै। होली की रंगत ही कुछ ऐसी ह ै कि इसने प ंथों, संप ्रदाया ें क े बाड़ भी प ्रेम की बा ैछार करते हुए बड़े खिलंदड़पन के साथ ता ेड़े ह ै। यायावर अलबरूनी पर होली के रंग ए ेसे चढ़े कि उसने अपनी ऐतिहासिक यात्रा क े संस्मरण में होलिका ेत्सव का खास जिक्र किया। मुस्लिम कविया ें का होली वर्णन दिलचस्प ह ै। सूफी संत हजरत निजामुद्दीन आ ैलिया, अमीर ख ुसरो व नजीर अकबराबादी ने हा ेली के नाम उम्दा रचनाएँ समर्पित की ह ै। मुगल बादशाहा ें ने भी होल
APA, Harvard, Vancouver, ISO, and other styles
44

Arnde, Kishore. "THE IMPACT OF COLORS ON SOCIETY - "HOLI PARITY CELEBRATION"." International Journal of Research -GRANTHAALAYAH 2, no. 3SE (2014): 1. http://dx.doi.org/10.29121/granthaalayah.v2.i3se.2014.3586.

Full text
Abstract:
Holi may come from year to year, but the wait for it never diminishes. This festival of getting drenched in colors is our pride festival since ancient times. The color of Holi is such that it has broken the barricades of cults and sects with great fanfare while showering love. The colors of Holi rose on Yayawar Alberuni in such a way that he made special mention of Holikotsav in the memoir of his historical journey. Holi description of Muslim poets is interesting. Sufi saints Hazrat Nizamuddin Auliya, Amir Khusro and Nazir Akbarabadi have dedicated great creations in the name of Holi. Mughal e
APA, Harvard, Vancouver, ISO, and other styles
45

Chandra, Kishor Shastri. "कविता कानन केसरी महाकवि कालिदास". Vedanjali 4, № 20 (2023). https://doi.org/10.5281/zenodo.15584533.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
46

Chandra, Kishor Shastri. "कविता कानन केसरी महाकवि कालिदास". Vedanjali 4, № 20 (2023). https://doi.org/10.5281/zenodo.15584593.

Full text
APA, Harvard, Vancouver, ISO, and other styles
47

अधिकारी अर्याल Adhikari Aryal, रम्भा Rambha. "नेपाली दलित समुदायका समस्या र साहित्यमा दलितदृष्टि [Problems of Nepali Dalit community and Dalit vision in literature]". Haimaprabha, 17 травня 2022, 196–204. http://dx.doi.org/10.3126/haimaprabha.v21i01.44866.

Full text
Abstract:
वर्णाश्रम व्यवस्थाभित्र लामो समयदेखि उत्पीडनमा पारिएको, दबाउँदै आइएको वा दबिएको समुदायलाई बुझाउने शब्दका रूपमा ‘दलित’ शब्द प्रचलित छ । यद्यपि यस शब्दसँग मिल्दाजुल्दा केही शब्दहरू वेद, उपनिषद्, ब्राह्मणग्रन्थ, स्मृतिग्रन्थ र पुराणहरूमा पाइन्छन् । नेपाली दलितहरूले आर्थिक क्षेत्रका समस्या, राजनीतिक–प्रशासनिक क्षेत्रका समस्या र सामाजिक–सांस्कृतिक क्षेत्रका समस्या गरी मूलतः तीनवटा विषयक्षेत्रसँग सम्बन्धित समस्याहरू भोगिरहेका छन् । यी समस्यालाई नीतिगत र धारणागत गरी दुई वर्गमा विभाजित गर्न सकिन्छ । प्रस्तुत लेखमा यिनै समस्यालाई नेपाली साहित्यका विभिन्न विधामा केकसरी चित्रण गरिएको छ भन्ने सन्दर्भलाई स
APA, Harvard, Vancouver, ISO, and other styles
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!