To see the other types of publications on this topic, follow the link: नेपाली.

Journal articles on the topic 'नेपाली'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the top 50 journal articles for your research on the topic 'नेपाली.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Browse journal articles on a wide variety of disciplines and organise your bibliography correctly.

1

जोशी Joshi, हेमा Hema. "विश्वव्यापीकरण र नेपाली भाषा शिक्षण". Intellectual Journal of Academic Research 1, № 1 (2023): 27–32. http://dx.doi.org/10.3126/ijar.v1i1.69953.

Full text
Abstract:
प्रस्तुत लेख विश्वव्यापीकरण र नेपाली भाषा शिक्षणसँग सम्बद्ध रहेको छ । विविध जातजाति र भाषाभाषीको साझा फुलबारीका रुपमा रहेको नेपाल र यहाँका सबैजसो नेपालीको साझा सम्पर्क भाषा नेपाली भाषा हो । नेपाली भाषा विश्व समुदायमा फैलिरहेको छ । नेपालको परिवेशमा यो भाषाले अध्ययन, अनुसन्धान, विश्लेषण, पठनपाठन तथा विभिन्न प्रयोजनपरक तहमा भाषिक संरचनागत सक्षमता प्राप्त गर्दै आएको छ । प्राचीन कालदेखि नै नेपाली भाषा प्रशासनिक, सम्पर्क तथा राष्ट्र भाषाको भूमिकामा रहँदै आएको छ । फलस्वरुप यस भाषाको नीतिगत र संरचनागत विकास पनि हुँदै आएको विश्वव्यापीकरणका रुपमा नेपाली भाषा समृद्ध छ । नेपालका अधिकांश नेपालीको मातृभाषा
APA, Harvard, Vancouver, ISO, and other styles
2

भट्टराई Bhattarai, रवीन्द्र Rabindra. "नेपाली भाषामा भाषिक आगमन". K. M. C. Nepali journal के. एम. सी. नेपाली जर्नल 5, № 5 (2024): 100–108. https://doi.org/10.3126/kmcnj.v5i5.73757.

Full text
Abstract:
नेपाल बहुभाषिक मुलुक हो र नेपाली भाषा नेपालको मातृभाषा, सम्पर्क भाषा र सरकारी कामकाजको मूलअभिलेखी भाषा हो । नेपाली मौलिक भाषा हुनाले यो उत्पादनशील र परिवर्तशील छ । मौलिक भाषामा अरूभाषाबाट हुने भाषिक तत्त्वहरूको विप्रेषणलाई आगमन भनिन्छ । आगमनमा विभाषाका शब्द मात्र स्वभाषामा छिर्ने होइनन् व्याकरणिक नियम नै पनि छिर्छन् । नेपाली भाषाको कथ्य र लेख्य दुवै रूपमा भाषिक आगमनवर्ण, शब्द र व्याकरणिक नियमका तहमा भइआएको छ । नेपाली शब्दभण्डारमा सजातीय, विजातीय, स्वदेशीर विदेशी शब्दहरूको अपरिवर्तित र परिवर्तित आगन्तुक शब्द प्रशस्तै भित्रेका छन् । आगमनको शब्दका तहको प्रभाव नेपालीमा अनुकूल र प्रतिकूल दुवै किसिम
APA, Harvard, Vancouver, ISO, and other styles
3

न्यौपाने, विष्णु. "नेपाली भाषा र साहित्यको विकासमा भारतीय नेपालीहरूको भूमिका". Journal of Development Review 10, № 1 (2025): 50–64. https://doi.org/10.3126/jdr.v10i1.75890.

Full text
Abstract:
नेपाली भाषा बहुसङ्ख्यक नेपालीको मातृभाषा हो भने भारतका विभिन्न ठाउँहरू ः दार्जिलिङ, खर्साङ, कालिपोङ, सिक्किम, आसाम, जलपाइगुढी आदि क्षेत्रका भारतीय नेपालीले पनि यस भाषालाई मातृभाषाका रूपमा प्रयोग गर्दछन् । भारतमा बोलिने नेपाली भाषालाई भारतीय नेपाली भाषा भनिन्छ । नेपालमा यो भाषा सरकारी कामकाजको भाषा हो भने भारतमा भारतीय सरकारी मान्यता प्राप्त भाषा हो । यो भाषा विभिन्न भाषाभाषिको सम्पर्क भाषा पनि हो । नेपालबाट काम र मामका सिलसिलामा नेपालीहरू जहाँजहाँ पुगेका छन् त्यहाँ नेपाली भाषा बोल्दछन् र यस भाषाप्रति सम्मान र प्रगाढ आस्था पनि प्रकट गर्दछन् । साहित्य सिर्जनाका हिसाबले पनि यो भाषा संवृद्ध छ । भा
APA, Harvard, Vancouver, ISO, and other styles
4

मिश्र Mishra, विजयप्रसाद Bijaya Prasad. "बी.पी.कोइरालाको संक्षिप्त जीवनी". HISAN: Journal of History Association of Nepal 10, № 1 (2024): 222–30. https://doi.org/10.3126/hisan.v10i1.74932.

Full text
Abstract:
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बी.पी.कोइराला) को जन्म वि.सं.१९७१ साल भदौ २४ गते तद्नुसार १४ अगस्ट १९१४ मा भारतको बनारसमा भएको थियो । वि.सं.२०३९ साउन ६ गते उनको देहवसान भयो । सन् १९२७ मा कक्षा आठमा बनारसको हरिश्चन्द्र स्कूलमा बी.पी.भर्ना भएका थिए । महात्मा गान्धीले सन् १९२०–२१ मा शुरु गरेको असहयोग आन्दोलनमा बच्चाकै बेला स्कूल पढ्दा बीपीले मैले आजदेखि सरकारी स्कूल छाँडे भनेकै कारण बीपीलाई मञ्चमा लगेर गान्धीले फूलमाला लगाई दिएका थिए । त्यहाँबाट बीपीको राजनीतिक यात्रा शुरु भएको हो । नोभेम्बर १९४६ मा बीपी कोइरालाले देशका तरुणहरुलाई पार्टी खोल्नु पर्दछ भनेर एउटा बक
APA, Harvard, Vancouver, ISO, and other styles
5

Neupane, Bishnu. "नेपाली भाषाको मानकीकरण र आधुनिकीकरण". Journal of Development Review 8, № 2 (2023): 20–29. http://dx.doi.org/10.3126/jdr.v8i2.59210.

Full text
Abstract:
नेपाली भाषाको मानकीकरण र आधुनिकीकरण शीर्षकको यस लेखमा नेपाली भाषाको विकासका क्रममा भएका कार्यहरूमध्ये व्याकरणलेखन, साहित्यलेखन, कोशनिर्माण, पठनपाठन, अनुसन्धान, पत्रपत्रिका प्रकाशन र भाषिक आन्दोलन तथा अभियानहरूजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ । विक्रमको दसौँ शताब्दीदेखि आजसम्मको नेपाली भाषाको विकासको इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न कामहरू भएका छन् । यिनै कामहरू केकसरी अगाडि बढे भन्ने मूल समस्यामा यो लेख केन्द्रित छ । नेपाली भाषा बहुसङ्ख्यक नेपालीको मातृभाषा, नेपालभित्र बोलिने विभिन्न भाषाहरूको सम्पर्क भाषा, नेपालको राष्ट्रभाषा, नेपाल राज्यभित्र सरकारी काजकाजको भाषा हो । यसको व
APA, Harvard, Vancouver, ISO, and other styles
6

नेपाल Nepal, जगत Jagat. "नेपाली काँग्रेसका तीन सशस्त्र क्रान्तिमा मिडियाको प्रयोग {Use of media in three armed revolutions of Nepali Congress}". Shikshya Sandesh 6, № 1 (2023): 1–6. http://dx.doi.org/10.3126/ss.v6i1.63109.

Full text
Abstract:
प्रस्तुत अनुसन्धानात्मक लेख नेपालमा प्रजातन्त्र स्थापनाका लागि नेपाली काँग्रेसलेगरेका तीनओटा सशस्त्र क्रान्ति र त्यस क्रममा मिडियालाई कसरी प्रयोग गरिएकोथियो भन्ने विषयमा केन्द्रित छ । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच एकीकरण भएर वि.सं.२००६ सालमा नेपाली काँग्रेसको स्थापना भए लगत्तै निरंकुश राणा शासनको अन्त्यका लागि २००७ सालमा पहिलो पटक हतियार उठाएको नेपाली काँग्रेसले प्रजातन्त्र स्थापनाका लागि २०१८ र २०२८ गरी तीन पटक सशस्त्र क्रान्ति गर्यो । पहिलो क्रान्तिबाट १०४ वर्षे राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गरे पनि उसले चलाएका दुई ओटा क्रान्ति भने सफल हुन सके
APA, Harvard, Vancouver, ISO, and other styles
7

न्यौपाने Neupane, नगेन्द्रप्रसाद Nagendraprasad. "मादल : एक अध्ययन {Madal: A Study}". SIRJANĀ – A Journal on Arts and Art Education 4, № 1 (2017): 60–66. http://dx.doi.org/10.3126/sirjana.v4i1.44517.

Full text
Abstract:
नेपाली लोक बाजाको रूपमा परिचित मादल नेपाली लोक सङ्गीतको ढुकढुकी हो । प्राचीन शास्त्रीय बाजामृदङ्ग र पखवाजको अनुकरण गर्दै मादलको आविष्कार भएको हो भन्ने आकलन गर्न सकिन्छ । मादलको उत्पत्तिका विषयमा कुनै प्रमाण भेटिएको पाइँदैन । मादल लोक वाद्य भएता पनि सबै प्रकारका सङ्गीतमा यसले महत्त्वपूर्ण स्थान ओगटेको छ । हाल नेपाल मात्रै नभएर अन्तर्राष्ट्रिय सङ्गीत जगत्मा समेत यसको प्रयोग बढ्दो छ । अपितु नेपालमा पश्चिमा संस्कृतिको प्रभाव बढिरहेको अवस्थामा नेपाली मौलिक वाद्ययन्त्र मादलप्रति युवा वर्गको रुचिमा कमी हुँदै गएको पाइन्छ । नेपाली लोक गीतहरूमा पश्चिमा वाद्ययन्त्रहरू ड्रम,गितार आदिको प्रयोगले नेपाली संस
APA, Harvard, Vancouver, ISO, and other styles
8

Gautam, Badri Narayan. "२००७ सालको सशस्त्र क्रान्ति तयारीमा नेपाली कांग्रेस". Historical Journal 15, № 1 (2024): 76–87. http://dx.doi.org/10.3126/hj.v15i1.63980.

Full text
Abstract:
प्राचीन कालदेखि नै आर्य र मंगोलमूलका मानिसहरू मिलेर हिन्दु र बौद्ध सभ्यताको संगमस्थल बनाउँदै सवल एवं आत्मनिर्भर मुलुकमा रूपान्तरण गरेको नेपाल विभिन्न जाति र तिनका संस्कृति बिच आपसी अन्तत्र्रिmया भएको देशका रूपमा चिनिन्छ । सहिष्णुता र समन्वयको अनुपम उदाहरण प्रशस्तै पाइने नेपालले सानो भए तापनि विश्वमै सबै भन्दा बढी विविधता भएको देशको पहिचान प्राप्त गरिसकेको छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले विविधता बिच एकता कायम गरी सबै वर्ग र तप्काको साथ सहयोगमा विजय अभियान थालेर योग्य व्यक्तिको कदर गर्ने परम्परा बसाली साधारण रैती दुनियाका छोराहरूलाई कुशल सेनानायक बनाएर एकीकृत राज्य निर्माणमा विशिष
APA, Harvard, Vancouver, ISO, and other styles
9

Neupane, Nagendra Prasad. "नेपाली राष्ट्रिय वाद्ययन्त्र मादलः एक अध्ययन". Achyutram Bhandari Sangit Pratisthan Aalekh 3, № 1 (2025): 36–52. https://doi.org/10.3126/abspa.v3i1.81772.

Full text
Abstract:
नेपालमा बसोबास गर्ने विभिन्न जात जातिहरूले सांस्कृतिक परम्पराको रूपमा जन्मेदेखि मृत्युसम्म अपनाउने विभिन्न चाडपर्वहरूमा प्रचलित लोकगीत तथा धुनहरूमा बजाइने मादल लोकप्रिय वाध्य हो । नेपाली लोकगीत तथा भाकाहरूलाई समयभित्र अड्याएर निश्चित गतिमा प्रवाह गर्ने मादल नेपालमै निर्मित सांस्कृतिक प्रतीकका रूपमा चर्चित एक प्रसिद्व मौलिक ताल बाजा पनि हो । अधिकांश नेपाली गीत तथा सङ्गीत र धुनहरूको साथै विदेशी सङ्गीतमा समेत मादलको प्रयोग ब्यापक छ । त्यसैले नेपाली सङ्गीतमा मात्र नभएर विदेशी सङ्गीतमा समेत मादलको महत्वपूर्ण स्थान छ । नेपाली लोक गीत सङ्गीत र धुनहरूमा मादलका विभिन्न तालहरू बज्ने र बजाइने गरिन्छ । यस
APA, Harvard, Vancouver, ISO, and other styles
10

महत, कमल बहादुर. "नेपाली सेनामा समावेशिता: एक विश्लेषण". Unity Journal 2 (3 серпня 2021): 288–302. http://dx.doi.org/10.3126/unityj.v2i0.38838.

Full text
Abstract:
आधुनिक नेपालको सबैभन्दा पुरानो संस्थाको ऐतिहासिक विरासत बोकेको नेपाली सेनाले यसको स्थापनाकाल देखि नै समावेशिताको नीतिलाई अख्तियार गरेको पाइन्छ । नेपाली सेनामा विभिन्न जातीयसमूहहरु मगर, गुरुङ, तामाङ, किराती/ लिम्बू र मधेशी समुदायहरुका बटालियनहरु नेपाली राज्यले आरक्षण कोप्रावधान सुरु गर्नुभन्दा दशकौं अघिबाट अस्तित्वमा थियो । यसले नेपाली सेनाको चरित्र स्थापना कालदेखि नै समावेशी थियो भन्ने देखाउँछ । २०७२ साल मा जारी नेपालको संविधानले आर्थिक, सामाजिक, राजनैतिक र प्रशासनिक दृष्टिले पछाडि परेका विभिन्न लक्षित वर्गहरुलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिता हुन पाउने हकलाई मौ
APA, Harvard, Vancouver, ISO, and other styles
11

अधिकारी, सुशीलकुमार. "नेपालमा बैष्णव धर्मको प्रचार". Dristikon: A Multidisciplinary Journal 11, № 1 (2021): 309–19. http://dx.doi.org/10.3126/dristikon.v11i1.39172.

Full text
Abstract:
प्रस्तुत अध्ययन नेपालमा वैष्णव धर्म प्रभावका कारक मुख्य समस्यामा केन्द्रित रहेको छ । गुणात्मक अनुसन्धान विधि र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी विश्लेषणात्मक विधिबाट निष्कर्ष निकालिएको यस अध्ययनमा नेपाली समाजमा वैष्णव धर्मको स्थापना र यसको विस्तारको कारण खोजिएको छ । आर्यवर्तका रूपमा परिचित नेपाल र भारतमा वैदिक कालदेखि प्रचलनमा रही वर्तमानसम्म विस्तारित र अस्तित्वमा रहेको वैष्णव धर्मको स्थापना र विस्तारमा नेपालका शासक र तिनको यस धर्मप्रतिका आस्था र विश्वास नै प्रमुख कारकका रूपमा रहेको निष्कर्ष निकालिएको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
12

चौलागाईं Chaulagain, प्रेमप्रसाद Prem Prasad. "नेपालीका प्राथमिक कालीन अभिलेखमा प्रयुक्त सन्दर्भ र भाषा". Saraswati Sadan सरस्वती सदन 11, № 01 (2025): 80–92. https://doi.org/10.3126/ss.v11i01.73632.

Full text
Abstract:
प्रस्तुत लेख नेपाली भाषाका प्राथमिक कालीन अभिलेखमा प्रयुक्त सन्दर्भ र भाषाको सम्बन्धको विश्लेषणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको यस लेखमा व्याख्यात्मक र विश्लेषणात्मक विधिको उपयोग गरी नेपाली भाषाका प्राथमिक कालीन अभिलेखमा प्रयुक्त भाषाका माध्यमबाट नेपालको तत्कालीन सन्दर्भ र भाषाको सम्बन्धको निक्र्योल गरिएको छ । अभिलेखमा प्रयुक्त सन्दर्भ र भाषागत सम्बन्धको विश्लेषणका लागि सैद्धान्तिक पर्याधारका रूपमा भाषाविद् जे. आर. फर्थ र एम.ए.के. ह्यालिडेद्वारा प्रस्तुत भाषाप्रयोगको परिस्थितिगत सन्दर्भ र संस्कृतिगत सन्दर्भलाई मुख्य आधार बनाइएको छ । परिस्थितिगत सन्दर्भ र संस्कृतिगत सन्दर्भका आधारमा भाषिक सं
APA, Harvard, Vancouver, ISO, and other styles
13

अर्याल Aryal, पदमप्रसाद Padam Prasad. "दनुवारी र नेपाली भाषाका शब्दवर्गको तुलना {Comparison of word classes of Danuwari and Nepali languages}". Journal of Bhuwanishankar 1, № 1 (2022): 138–52. http://dx.doi.org/10.3126/jobs.v1i1.50084.

Full text
Abstract:
प्रस्तुत आलेख दनुवारी र नेपाली भाषाका शब्दवर्गको तुलना गर्ने उद्देश्यले तयार पारिएको छ । तुलनात्मक अध्ययनका लागि नवीन तथा स्पष्ट सैद्धान्तिक पर्याधारको अभावमा मूलत: विद्वान्हरूका परम्परित नेपाली व्याकरणानुसार शब्दले गर्ने कार्यका आधारमा उक्त दुई भाषाका शब्दवर्गलाई तालिकीकरणका माध्यमबाट आलेखन गरिएको छ । पदवर्गभित्रका नाम, सर्वनाम, विशेषण, अव्यय, निपात र क्रियावर्ग र यसका भेदोपभेदको पनि तुलना गरिएको छ । यसका साथै क्षेत्रीय अध्ययन गरी प्राप्त प्राथमिक सामग्रीहरूलाई वर्गीकरण गर्न र अन्य आवश्यक ज्ञानका लागि पुस्तकालयीय विधिको प्रयोग पनि गरिएको छ । यस आलेखको प्राविधिक कार्यलाई पूर्णता प्रदान गर्न एप
APA, Harvard, Vancouver, ISO, and other styles
14

शेर्पा Sherpa, दावा Dawa. "नेपालको सन्दर्भमा प्रयुक्त बहुभाषिक कक्षा शिक्षण सम्भाव्यताको अध्ययन {Feasibility Study of Multilingual Class Teaching in Nepalese Context}". Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) 27, № 1 (2024): 91–102. http://dx.doi.org/10.3126/bns.v27i1.66453.

Full text
Abstract:
प्रस्तुत लेख उद्देश्यमूलक गुणात्मक अध्ययन ढाँचामा तयार गरिएको छ । भाषा प्रयोक्ताका दृष्टिले नेपाल बहुभाषिक राष्ट्र हो । नेपालमा बोलिने १२४ वटा मातृभाषामध्ये एक लाखभन्दा बढी वक्ताहरूले बोल्ने एक्काइसवटा भाषाहरूमा कोशी प्रदेशका १०९ मातृभाषीमा क्रमश: नेपाली, मैथिली र लिम्बू, मदेस प्रदेशका ६२ मातृभाषीमा मैथिली, भोजपुरी र बज्जिका, वागमती प्रदेशका १०९ मातृभाषीमा नेपाली, तामाङ र नेपाल भाषा, गण्डकी प्रदेशका ७४ मातृभाषीमा क्रमश: नेपाली, मगर र गुरुङ, लुम्बिनी प्रदेशका ६८ मातृभाषीमा नेपाली, अवधि र थारू, कर्णाली प्रदेशका ४९ मातृभाषीमा नेपाली, खस र मगर र सुदूरपश्चिम प्रदेशका ७४ मातृभाषीमा नेपाली, डोटेली र
APA, Harvard, Vancouver, ISO, and other styles
15

थापा, दिवेश वरसिंह. "राष्ट्रिय हित प्रर्बद्घनमा सैनिक–नागरिक सम्बन्धको महत्व". Unity Journal 2 (3 серпня 2021): 317–30. http://dx.doi.org/10.3126/unityj.v2i0.38844.

Full text
Abstract:
नेपालको सार्वभौमसत्ता, अखण्डता, सिमाना सुरक्षा र नेपाली जनताको रक्षार्थ नेपाली सेनाले अग्र भागमा रहेर महत्व पूर्ण भुमिका निर्वाह गर्दै आएको छ । नेपाली सेनाको कार्य सम्पादन गर्ने शैली र कार्य व्यवहारले गर्दा नेपाली जनताहरु माझ विश्वासिलो संस्थाको रुपमा स्थापित छ । नेपालको एकीकरण अभियान, पहिलो र दोस्रो विश्वयुद्ध, नेपाल–भोट युद्ध, खम्पा प्रकरण निष्तेज प्रक्रिया, नाकाबन्दी समस्या अन्त्यका लागि खेल्दै आएको भूमिका, प्राकृतिक प्रकोप, कोभिड–१९ जस्तो प्राणघातक महामारी लगायतमा नेपाली जनतालाई केन्द्रमा राखेर सक्रिय सहभागी भई समस्या न्यूनीकरण एवं समाधानार्थ सक्दो प्रयत्न गर्दैआएको पाइन्छ । यसका लागि नियम
APA, Harvard, Vancouver, ISO, and other styles
16

खरेल Kahrel, अश्वस्थामा Ashwasthama भक्त Bhakta. "राष्ट्रहितमा सामरिक महत्वको सान्दर्भिकता Rashtrahitma Samarik Mahatwako Sanharbhikata". Unity Journal 1 (2 лютого 2020): 165–70. http://dx.doi.org/10.3126/unityj.v1i0.35995.

Full text
Abstract:
नेपाल प्रकृतिले भरिपूर्ण सामरिक महŒवको राष्ट्र हो । भू–परिवेष्ठित देश भए पनि सामरिक महŒवका दृष्टिलेनेपाल संसारकै उत्कृष्ट स्थल हो । सामरिक महत्वको राष्ट्र हुनाले नै अङ्ग्रेज तथा तिब्बतका सेनाहरुनागरिक समेतको सहयोगमा नेपाली सेनाबाट पराजितभएर फर्किनु परेको इतिहास सुनौला अक्षरले लेखिएका छन् । चाहे इष्ट इण्डिया कम्पनीले होस् वा चाहेतिब्बतले होस्, नेपालमाथि आक्रमण गर्दा सामरिकमहŒवले साथ दिएको थियो । छरिएका राज्यहरुलाई आधुनिक नेपालमा गाभ्न पनि सामरिक क्षेत्रले साथदिएको थियो । नेपालको अन्तर्राष्ट्रिय सीमा रक्षामा पनिसामरिक स्थलको साथ र सहयोग अतुलनीय रहेको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
17

शर्मा Saharma, बिष्णु Bishnu प्रसाद Prasad. "बहुभाषिक कक्षामा नेपाली शिक्षण: समस्या र समाधान (Bahubhashik Kakshyama Nepali Shikshan: Samasya ra Samadhan)". Janapriya Journal of Interdisciplinary Studies 3 (31 липня 2017): 95–98. http://dx.doi.org/10.3126/jjis.v3i0.17900.

Full text
Abstract:
प्रस्तुत लेख बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण गर्दा आइपर्ने समस्या र समाधानमा केन्द्रित छ । यसका लागि पुस्तकालयीय विधिबाट द्वितीय स्रोतका सामग्री सङ्कलन गरी तिनको अध्ययन विश्लेषणका साथ निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । विविध मातृभाषी भएका विद्यार्थीहरूको कक्षा बहुभाषिक कक्षा हो । नेपाल बहुभाषी र बहुजाति मुलुक भएका कारण नेपालका ग्रामीणभन्दा सहरी क्षेत्रमा बहुभाषिक कक्षा बढी देखिन्छन् । यस्तो कक्षामा नेपाली भाषा शिक्षण चुनौतीपूर्ण हुन्छ । नेपाली भाषाको भाषिक वातावरण प्राप्त नगरेका विद्यार्थीहरूमा सम्प्रेषणीयताको अभाव हुनु, कक्षामा शिक्षकले प्रयोग गर्ने नेपाली भाषा कसैका लागि अति सरल र कसैका
APA, Harvard, Vancouver, ISO, and other styles
18

कुलुङ राई Kulung Rai, गीता Gita. "कुलुङ र नेपाली भाषाका व्याकरणिक कोटिमा व्यतिरेक". ज्ञानदिप Gyandeep 10, № 2 (2025): 48–59. https://doi.org/10.3126/gyandeep.v10i2.77322.

Full text
Abstract:
यस लेखमा कुलुङ र नेपाली भाषाका व्याकरणिक कोटिमा पाइने भिन्‍नताको अध्ययन गरिएको छ । कुलुङ नेपालमा मातृभाषाका रूपमा प्रयोगमा रहेको किरात वर्गको भाषा हो । यो भोट चिनिया परिवारअन्तर्गत पर्दछ भने बहुसङ्ख्यक नेवालीहरूले सम्पर्क भाषाका रूपमा प्रयोग गर्दै आएको र नेपालको संविधानले समेत सरकारी कामकाजको भाषाका रूपमा परिभाषित नेपाली भाषा भारोपेली परिवारअन्तर्गत पर्ने भाषा हे । नेपालमा पहिलो भाषाका रूपमा जुनसुकै भाषाको प्रयोग गरे पनि दोस्रा भाषाका रूपमा नेपाली भाषा सिक्नै पर्ने बाध्यता रहेको छ । यस सन्दर्भमा दोस्रा भाषाका रूपमा नेपाली भाषा सिक्दा कुलुङ मातृभाषी सिकारुलाई केकस्ता कठिनाइ आइपर्छन् भन्‍ने विषय
APA, Harvard, Vancouver, ISO, and other styles
19

ढकाल, डा रजनी. "पीताम्बर नेपालीका कवितामा प्रगतिवादी चेतना". Solukhumbu Multiple Campus Research Journal 6, № 1 (2024): 196–205. https://doi.org/10.3126/smcrj.v6i1.74544.

Full text
Abstract:
पीताम्बर ‘नेपाली’ प्रगतिवादी स्रष्टा हुन् । राष्ट्रवादी स्वरसमेतका उपस्थितिबाट निर्मित प्रगतिवादी चेतनालाई उनका पेटको राँको र सिमानाको गीत कवितासङ्ग्रहका कविताले सशक्त रूपमा मुखरित गरेका छन् र त्यस प्रगतिवादी चेतनाका व्यापक फलकभित्र जन्मभूमिप्रतिको सचेत जागरुकता, सामाजिक थिचोमिचो र दमनका विरुद्धको चेतना र आफ्नो देशको सिमानाका बारेमा चिन्ता र चासोका सन्दर्भहरू विशेष रूपले प्रकट भएका छन् । यसै विशेषतालाई दृष्टिगत गरी प्रस्तुत अध्ययनमा प्रगतिवादी चेतनालाई आधार बनाएर पीताम्बर नेपालीका कवितामा प्रकट भएको वैचारिकीको विश्लेषण गरिएको छ । कविका चिन्तनलाई प्रगतिवादका आलोकमा हेरिएको भए पनि कविताको विश्ले
APA, Harvard, Vancouver, ISO, and other styles
20

प्रधान, मीरा. "मातृभाषा शिक्षणमा देखापरेका चुनौतीहरू". JMC Research Journal 10, № 01 (2021): 54–68. http://dx.doi.org/10.3126/jmcrj.v10i01.51302.

Full text
Abstract:
प्रस्तुत लेखमा नेपालको सन्दर्भमा मातृभाषा शिक्षणसँग सम्बन्धित विविध पक्षहरूको अध्ययन गरिएको छ । वि. सं. २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा १२३ वटा भाषा अस्तित्वमा रहेका छन्, जसमध्ये माध्यम भाषाका रूपमा रहेको नेपाली भाषा ४४.६४% ले मातृभाषाका रूपमा बोल्दछन् भने ५५.३६% को मातृभाषा नेपालीबाहेक अन्य रहेको छ । नेपालको अन्तरिम संविधान (२०६३) र नेपालको संविधान २०७२ ले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिँदै नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक प्रदान गरेको छ
APA, Harvard, Vancouver, ISO, and other styles
21

हमाल Hamal, सीता Sita. "चमार जातिको इतिहास". HISAN: Journal of History Association of Nepal 10, № 1 (2024): 231–39. https://doi.org/10.3126/hisan.v10i1.74936.

Full text
Abstract:
चमारलाई नेपाली शब्दसागरमा छालाको मालसामान बनाउने एक जाति, सार्की, मिझार, मिजार (कदर गर्दा) भनिएको छ । चमार जाति भारतको विहार र उत्तरप्रदेश लगायत बङ्गालबाट ईशाको पहिलो शताब्दीतिर नेपालमा प्रवेश गरेर तराई र मधेसका बस्तीहरूमा बसोबास गरेका हुन् । यस जातिलाई नेपालको पहाडी क्षेत्रमा सार्की, हरिजन भनिन्छ भने तराईका विविध क्षेत्रमा यिनीहरूलाई चमार, राम, हरिजन र रविदास भनेर सम्बोधन गरिन्छ । चमार जातिको चर्चा आर्य सनातन हिन्दु धर्म, वर्णव्यवस्था, धर्मग्रन्थ, रामायण र महाभारत, पुराण र उपनिषद र वंशावलीहरूमा पनि पाइएको छ । नेपाली सभ्यता तथा संस्कृतिभित्र अनेकौं जातीय समूहहरूको सिर्जना र संरचना हुँदै दलित स
APA, Harvard, Vancouver, ISO, and other styles
22

बस्याल Basyal, ध्रुब प्रसाद Dhruba Prasad. "अष्ट्रेलियामा बसोवास गर्ने गैर आवासीय नेपाली संघको भूमिका {The role of non-resident Nepalese associations in Australia}". PRAGYAN A Peer Reviewed Multidisciplinary Journal 3, № 1 (2021): 19–33. http://dx.doi.org/10.3126/pprmj.v3i1.61655.

Full text
Abstract:
मानब विकासको इतिहास भन्नु नै बसाइ सराइको इतिहास हो । बसाइ सराइ भनेको आफ्नो थातथलो छोडेर नया स्थानमा जानु हो । बसाइ सराइका कारण आर्थिक, सामाजिक र राजनैतिक कारणहरु हुन्छन । सन् १९९० पछि नवउदारबाद र भुमण्डलीकरणले गर्दा बसाइ सराइको विगतको भन्दा फरक चरित्र र आयामहरु देखा परेका छन । विगतमा मूलथलो छोडेपछि फर्केर आउने वा सम्र्पकमा रहने चलन ज्यादै कम थियो । हालको वैदेशिक बसाई सराइले कसरी आफ्नो मूलथलो र कर्मथलो जोड्छ भन्ने वारेमा समाजशास्त्रीय बुझाइ कम छ । नेपालको इतिहास हेर्ने हो भने आर्थिक अथवा धार्मिक कार्यको लागि आÇनो देश छोडेर विदेश जाने क्रम ज्यादै पुरानो रहेको पाइन्छ । आजको जस्तो अमेरिका, अष्ट्रे
APA, Harvard, Vancouver, ISO, and other styles
23

खनाल Khanal, गोपीकृष्ण Gopi Krishna. "विप्रेषणको दुष्चक्र". Prashasan: The Nepalese Journal of Public Administration 55, № 1 (2023): 1–13. http://dx.doi.org/10.3126/prashasan.v55i1.56436.

Full text
Abstract:
विदेशमा रहेका नेपाली कामदारले स्वदेशमा आफ्ना परिवारलाई पठाउने रकम अर्थात् विप्रेषण आयको नेपालको दिगो आर्थिक विकासमा गहिरो प्रभाव परेको छ। तत्कालका लागि यसले घर परिवार तहको खर्च आवश्यकता जुटाई आय गरिबी घटाउन, औद्योगिक कच्चा पदार्थ आयातका लागि विदेशी मुद्राको सञ्चिति गर्न योगदान गरेतापनि यसले नेपालको अर्थतन्त्रमा दुरगामी प्रतिकुलता थपेको छ। अधिकांश युवा वाहिर रहेकाले राजनीति र प्रशासनले मिहेनत र त्यागको दबाव झेल्नु परेको छैन। नेपालको सर्वोपरी हितका लागि भने नेपालले यसको दुष्चक्रबाट मुक्त हुनैपर्दछ। यसको दुष्चक्रबाट मुक्त हुन सकिन्छ। तर यसका लागि नेपाली राजनीतिक तथा प्रशासनिक समाजले यथास्थितिबाट
APA, Harvard, Vancouver, ISO, and other styles
24

अर्याल Aryal, रमेश Ramesh. "राष्ट्र निर्माणमा नेपाली सेना Rashtra Nirmanma Nepali Sena". Unity Journal 1 (2 лютого 2020): 214–19. http://dx.doi.org/10.3126/unityj.v1i0.36080.

Full text
Abstract:
लामो गौरवमय इतिहास भएको नेपाली सेना आमनेपाली जनताको साझा राष्ट्रिय सेनाका रुपमा रहेकोछ । संविधान एवम् कानुनप्रदत्त दायित्वहरु निर्वाह गर्नेक्रममा नेपाली सेनाले राष्ट्रिय हित, सुरक्षा, प्रतिरक्षा,विपद् व्यवस्थापन, विकास–निर्माण, पर्यावरण संरक्षण,सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन, खेलकुद विकास,कल्याणकारी काम, विश्व शान्ति स्थापना लगायतकाकार्य पूर्ण जिम्मेवारी र कुशलतापूर्वक सम्पादनगर्दै आएको छ । नेपाली सेनाले राष्ट्र निर्माणका हरेकपक्षहरुमा महŒवपूर्ण भूमिका खेली नेपाल सरकारले लिएको “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने दीर्घकालीनसोच सहितको विकासका लक्ष्यलाई पूरा गर्न प्रतिबद्धभएर लागेको छ । राष्ट्र–
APA, Harvard, Vancouver, ISO, and other styles
25

पनेरु, तारादत्त. "नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता". Pragyaratna प्रज्ञारत्न 6, № 2 (2024): 279–86. http://dx.doi.org/10.3126/pragyaratna.v6i2.70602.

Full text
Abstract:
नेपाल विभिन्न सास्कृतिक र सामाजिक मूल्य मान्यताले भरिपूर्ण देश हो । वि.सं. १९०३ देखि २००७ सालसम्म राणाको शासन र त्यसपछिको अवधिमा शाह वंशीय राजाको शासन शैली निकै संघर्ष र उतारका कारण २०४६ सालको जनआन्दोलनले सम्बैधानिक राजतन्त्रमा स्थापित ग¥यो । यो आन्दोलनमा महिला वर्गको प्रत्यक्ष सहभागिताले राज्यका नागरिकमा लोकतान्त्रिक अधिकारको विजारोपण भयो । महिलाको राजनीतिक सहभागिता र संलग्नताले २०४६ सालको आन्दोलन निष्कर्षमामात्र पुग्न सकेन यसले महिला सशक्तिको प्रभावलाई विश्वव्यापी बनाउन सफल भयो । महिलाको राजनीतिक सहभागिताले लोकतान्त्रिक प्रकृयामा समावेशिकरणलाई बढाउने काम ग¥यो । नेपाली महिलाले समाज परिवर्तन र
APA, Harvard, Vancouver, ISO, and other styles
26

Dahal, Teak Nath. "नेपाली वाच्यव्यवस्थाको स्वरूप". Vaikharivani 2, № 2 (2025): 9–16. https://doi.org/10.3126/vaikharivani.v2i2.79241.

Full text
Abstract:
प्रस्तुत लेखमा नेपाली भाषामा रहेको वाच्यव्यवस्थाबारे विभिन्न कोणबाट व्याख्या र विश्लेषण गरिएको छ । नेपालीका वाच्यलाई विश्लेषण गर्ने पद्धति संस्कृतबाटै आएको हो र संस्कृतकै त्रिवाच्यीय व्यवस्थालाई नेपालीमा पनि विश्लेषणको आधार बनाइएको छ । वाच्यको अर्थ बु्झिने हुन्छ भने वाक्यमा आएका कर्ता, कर्म र क्रियामध्ये एउटा चाहिँ वाच्य हुन्छ । त्यसका साथसाथै बुझाउने काम चाहिँ वाचकले गर्छ । क्रियापदको अन्तिम प्रत्यय वाचक हुन्छ । वाचकले सङ्गतिको स्थितिलाई बुझाउँछ । वाचकले कर्मसँग सङ्गति राख्दा कर्मवाच्य हुन्छ भने कर्तासँग सङ्गति राख्दा कर्तृवाच्य हुन्छ । अकर्तृवाच्यको संरचनामा रहेको क्रियाले कर्मसँग सङ्गति राख
APA, Harvard, Vancouver, ISO, and other styles
27

भट्टराई Bhattarai, भवानीशङ्कर Bhawanishankar. "नेपाली धातुमा संस्कृत धातुको प्रभाव {Influence of Sanskrit dhatu on Nepali dhatu}". Journal of Bhuwanishankar 1, № 1 (2022): 103–16. http://dx.doi.org/10.3126/jobs.v1i1.49901.

Full text
Abstract:
प्रस्तुत लेखमा नेपाली धातुरचनाको संस्कृतस्रोत (तत्सम एवम् तद्भव) बाट नेपाली भाषामा कति धातु प्रयोग हुन आएकारहेछन् ? यस्ता धातुहरू केके रहेछन् भन्ने विषयलाई उठान गरिएको छ । यस क्रममा मुख्यतः नेपाली धातु रचनामा संस्कृतधातुहरूको प्रभाव, संस्कृत र नेपाली धातुमा रहेका समानता तथा असमानतालाई उपस्थापन गरी तिनीहरूबारे विश्लेषण गरेर निष्कर्ष निकालिएको छ । यहाँ विषय विश्लेषणको आधार संस्कृतको ‘पाणिनीय धातुपाठ’लाई र नेपालीको चाहिं परम्परागत नेपाली व्याकरणबाट निर्धारित धातुस्वरूप (नु लगाउन मिल्ने धातु) लाई बनाइएको छ । यहाँ यिनै आधारभूमिमा टेकेर तुलनात्मक एवम् वर्णनात्मक विधि–पद्धतिबाट विषय विश्लेषण गरिएको छ
APA, Harvard, Vancouver, ISO, and other styles
28

निरौला, कुलराज. "सँगिनीमा व्यक्त संस्कृति". Prajna प्रज्ञा 124, № 2 (2023): 205–10. http://dx.doi.org/10.3126/prajna.v124i2.60604.

Full text
Abstract:
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा नारीहरूले उनीहरूका समस्याका साथै आफ्ना वेदना र पीडा कारुणिक रूपमा प्रस्तुत गर्दछन् । नेपालमा बसोवास गर्ने जातजातिका आआफ्नै सांस्कृतिक परम्परा रहेका छन् । नेपाली संस्कृति भन्नु नै अनेकतामा एकताको संस्कृति हो । सँगिनीका गायिकाहरूले कहिले विवाहका अवसरमा विवाह गर्नुपूर्व वरको परीक्षा लिने परम्परा रहेको छ भने आफूले मान्य व्यक्तिका घरमा भेट्न गएका अवसरमा केही लिएर जाने परम्परा रहेको छ । सानै उमेरमा विवाह बन्धनममा बाँधिएर
APA, Harvard, Vancouver, ISO, and other styles
29

Prasain, Indira Devi. "प्रिज्मीय समाज र नेपाली राजनीतिक यथार्थता". Sahayaatra सहयात्रा 8 (10 липня 2025): 25–32. https://doi.org/10.3126/sahayaatra.v8i1.81052.

Full text
Abstract:
प्रस्तुत अध्ययनले फ्रेड डब्ल्यू. रिग्सको प्रिज्मीय वा प्रिज्म्याटिक मोडल र नेपालको आधुनिक लोकतान्त्रिक व्यवस्थामा यो मोडलको सार्थकतालाई उजागर गर्न खोजेको छ । यसले नेपालमा लोकतान्त्रिक आदर्श र व्यवहारिक शासन व्यवस्था बीचको अन्तरलाई व्याख्या गरेको छ । यो अध्ययनको लागि गुणात्मक पद्धति, व्याख्यात्मक विधि र द्वितीय स्रोतहरूको प्रयोग गरिएको छ । तुलनात्मक सार्वजनिक प्रशासनमा रिग्सको यो मोडलले प्रशासनिक संरचनाहरूको अध्ययन गर्न एक सशक्त आधार प्रदान गर्दछ । यो अध्ययनले नेपाललाई प्रिज्म्याटिक समाजको रूपमा चित्रण गरेको छ, जहाँ पारम्परिक र आधुनिक दुवै प्रशासनिक अभ्यासहरू मिसिएका छन् । नेपाल लोकतान्त्रिक शा
APA, Harvard, Vancouver, ISO, and other styles
30

पहाडी, ढुण्डिराज. "सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रिय सञ्चेतना". Prajna प्रज्ञा 124, № 2 (2023): 86–95. http://dx.doi.org/10.3126/prajna.v124i2.60584.

Full text
Abstract:
प्रस्तुत अनुसन्धानात्मक आलेख शताब्दीपुरुष सत्यमोहन जोशीको ‘क्रान्तिका लहर’ शीर्षकको गीति एलबममा सङ्कलित गीतिरचनाको वस्तुनिष्ठ विश्लेषण र विमर्शमा केन्द्रित छ । ‘क्रान्तिका लहर’ नपाली तथा नेवारी साहित्य र संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने वाङ्मय शताब्दीपुरुषका रूपमा सम्मानित सत्यमोहन जोशीलाई फरक परिचयसहित चिनाउने म्युजिक नेपालद्वारा प्रकाशित गीति एलबम हो । सत्यमोहन जोशीका गीतिरचनामा राष्ट्रचेत कसरी प्रतिबिम्बित भएको छ भन्ने प्रमुख प्राज्ञिक जिज्ञासाको समाधान गर्नु प्रस्तुत अध्ययनको उद्देश्य हो । यसमा राष्ट्रवादको अवधारणा समेतलाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी ‘क्रान्तिका लहर’
APA, Harvard, Vancouver, ISO, and other styles
31

शाक्य Shakya, सौन्दर्यवती Saundaryavati. "पाल्पा, तानसेन क्षेत्रमा बौद्ध–धर्मको ऐतिहासिक विकास र वर्तमान अवस्था :एक अध्ययन {Historical Development and Current Status of Buddhism in Palpa, Tansen Region: A Study}". HISAN: Journal of History Association of Nepal 8, № 1 (2022): 123–26. http://dx.doi.org/10.3126/hisan.v8i1.53090.

Full text
Abstract:
प्रस्तुत लेख पश्चिम नेपालको पाल्पा जिल्लामा बसोबास गर्ने बौद्ध धर्मावलम्बी, उनीहरुको ऐतिहासिक विकास र पाल्पा क्षेत्रको परिचयमा आधारित रहेको छ । पाल्पा जिल्लामा मध्यकालमा एक निकै प्रसिद्ध र शक्तिशाली राज्य रहेको थियो । नेपाल एकीकरण पछि त्यो राज्य नेपालमा समाहित भएको थियो । पाल्पा क्षेत्र मगर जातिका मानिसहरुको बाहुल्यता रहेका क्षेत्र हो । तर यस जिल्लाको सदरमुकामा भने नेवार जातिका मानिसहरुको संख्या सबैभन्दा बढी रहेको छ । यस क्षेत्रमा बसोबास गर्ने धेरैजसो मानिसहरु बौद्ध धर्म मान्ने गर्दछन् । यो जिल्ला पर्यटकीय दृष्टिले समेत निकै महत्वको रहेको छ । पाल्पा जिल्ला ढाका टोपी, करुवा जस्ता परम्परागत नेपा
APA, Harvard, Vancouver, ISO, and other styles
32

Gautam, Badri Narayan. "Monarchy of Rana Regime Nepal: Brief Discussion राणाकालीन नेपालको राजतन्त्रः संक्षिप्त चर्चा". Historical Journal 13, № 1 (2022): 39–47. http://dx.doi.org/10.3126/hj.v13i1.46221.

Full text
Abstract:
नागवंशद्वारा राजतन्त्रात्मक मुलुकका रूपमा सङ्गठित प्रयास थालिएको नेपालमा विभिन्न राजवंशले शासन गरेको पाइन्छ । सुरुदेखि नै शक्तिशाली राजतन्त्र कायम रहेको हुँदा शासन व्यवस्थामा राजाको स्थान सर्वोच्च हुने परम्परामै हुर्किएको नेपाली समाजले राजालाई भगवानकै अवतारका रूपमा हेर्ने–मान्ने गर्दथ्यो । शक्तिका आधारमा स्थापना, विकास र विस्तार हुने परम्पराझैं गरेर विभिन्न राज्यहरूको निर्माण, विखण्डन र विनास भएका घटनाहरूले गर्दा ५४ वटा राज्यहरूमा विभक्त नेपाली भूभागलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको बाटोमा बढाएर आधुनिक नेपालको शिलान्यास गरेका थिए । विपन्न र आफन्तहरूद्वारा अपहेलित गोरखा
APA, Harvard, Vancouver, ISO, and other styles
33

के.सी. K.C., तेजबहादुर Tejbahadur. "नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू". HISAN: Journal of History Association of Nepal 9, № 1 (2023): 81–88. http://dx.doi.org/10.3126/hisan.v9i1.64035.

Full text
Abstract:
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अवस्थामा रहेका शाह वंशंीय राजा र राणाहरूको निरङ्कुश शासनबाट प्रताडित नेपाली जनतालाई स्वतन्त्र तुल्याउने उद्देश्यका साथ आवश्यकता परे प्राँणको आहुती दिने अठोटका साथ पवित्र धार्मिक ग्रन्थ गीताको कसम खाएर खोलेको त्यो राजनीतिक दलको योगदान नेपालको प्रजातान्त्रिक इतिहासमा अविस्मरणीय रहेको छ । नेपालका सहिदहरूको सूचीमा संस्थापक सदस्यहरू गणेशमान सिहं वाहेक सबैलाई सामेल गरेको यस दलका एकसदस्य गण्ोशमान सिंहले भागेर ज्यान बँचाएका थि
APA, Harvard, Vancouver, ISO, and other styles
34

Joshi, Hema. "अनुसन्धानको आधारमा बहुभाषिक कक्षामा समूह विभाजनः समस्या र समाधान". GS WOW: Wisdom of Worthy Research Journal 2, № 1 (2024): 115–22. http://dx.doi.org/10.62078/grks.2024.v02i01.011.

Full text
Abstract:
प्रस्तुत आलेख अनुसन्धानका आधारमा बहुभाषिक कक्षामा समूह विभाजनः समस्या र समाधान बारे अध्ययनमा केन्द्रित छ । विविध मातृभाषी भएका विद्यार्थीहरूको कक्षा बहुभाषिक कक्षा हो । नेपाल बहुभाषी र बहुजाति मुलुक भएका कारण नेपालका ग्रामीणभन्दा सहरी क्षेत्रमा बहुभाषिक कक्षा बढी देखिन्छन् । यस्तो कक्षामा नेपाली भाषा शिक्षण चुनौतीपूर्ण हुन्छ । नेपालका सामुदायिक विद्यालयहरूमा नेपाली मातृभाषा हुनेहरूका हकमा शिक्षाको पूर्ण माध्यमका रूपमा मातृभाषा सम्भव रहेको र नेपाली भाषा दोस्रो भाषाका रूपमा सिक्ने विद्यार्थीहरूका लागि भने आवश्यकतानुसार मौखिक मात्र भए पनि मातृभाषाको प्रयोग गरी शिक्षण सहजीकरण गरिदिनु पर्ने स्थितिल
APA, Harvard, Vancouver, ISO, and other styles
35

Joshi, H. "अनुसन्धानको आधारमा बहुभाषिक कक्षामा समूह विभाजनः समस्या र समाधान". GS WOW: Wisdom of Worthy Research Journal 2, № 1 (2024): 115–22. https://doi.org/10.5281/zenodo.12606865.

Full text
Abstract:
प्रस्तुत आलेख अनुसन्धानका आधारमा बहुभाषिक कक्षामा समूह विभाजनः समस्या र समाधान बारे अध्ययनमा केन्द्रित छ । विविध मातृभाषी भएका विद्यार्थीहरूको कक्षा बहुभाषिक कक्षा हो । नेपाल बहुभाषी र बहुजाति मुलुक भएका कारण नेपालका ग्रामीणभन्दा सहरी क्षेत्रमा बहुभाषिक कक्षा बढी देखिन्छन् । यस्तो कक्षामा नेपाली भाषा शिक्षण चुनौतीपूर्ण हुन्छ । नेपालका सामुदायिक विद्यालयहरूमा नेपाली मातृभाषा हुनेहरूका हकमा शिक्षाको पूर्ण माध्यमका रूपमा मातृभाषा सम्भव रहेको र नेपाली भाषा दोस्रो भाषाका रूपमा सिक्ने विद्यार्थीहरूका लागि भने आवश्यकतानुसार मौखिक मात्र भए पनि मातृभाषाको प्रयोग गरी शिक्षण सहजीकरण गरिदिनु पर्ने स्
APA, Harvard, Vancouver, ISO, and other styles
36

Niroula, Yagyeswara. "नेपाली शब्दकोशको परम्परामा प्रज्ञा नेपाली बृहत् शब्दकोश {Nepali Dictionary Tradition in Prajya Nepali Brihat Shabda Kosh}". Nepalese Culture 16, № 1 (2023): 53–64. http://dx.doi.org/10.3126/nc.v16i1.54127.

Full text
Abstract:
मानव जीवनको सम्पूर्ण क्रियाकलाप, चिन्तनमनन तथा अभिव्यक्तिहरूको सबैभन्दा सशक्त माध्यम भाषा हो । भाव तथा विचारको प्रस्फुटन एवम् सञ्चारका क्रममा भाषाले सामाजिक जीवनलाई गतिशील बनाउनुका साथै साहित्य तथा साहित्येतर ज्ञानविज्ञानको उचाइसम्म पु¥याउँने भाषाको अभिव्यक्ति क्षमता शब्दभण्डारको क्षमतामा निर्भर गर्छ । भाषामा भिजेका, खेलेका र रत्तिएका शब्दहरूकै समष्टि शब्दभण्डार हो । भाषाको सञ्चार सामथ्र्यको मापन गर्ने मूल आधार पनि शब्दभण्डार नै हो । शब्द सम्पन्नता र अर्थ वहन गर्ने क्षमताले भाषालाई जीवन्त तुल्याउँछ । शब्दकोश भाषाको शब्दभण्डारको सूचक भएकाले हरेक समृद्ध भाषामा शब्दकोश निर्माण गरिएका हुन्छन् । शब
APA, Harvard, Vancouver, ISO, and other styles
37

पोखरेल Pokhrel, शोभा Shova. "जुद्धशमशेरको इतिहास र देवकोटाको योगदान Juddhashamsherko Itihas ra Devkotako yogdan". Historical Journal 11, № 1 (2020): 77–83. http://dx.doi.org/10.3126/hj.v11i1.34679.

Full text
Abstract:
प्रस्तुत लेखमा एउटा राजनीति व्यक्ति र अर्को साहित्यिक व्यक्तिको चर्चा गरिएको छ । राजनीतिक व्यक्तिमात्यस्तो व्यक्तिको चर्चा गरिएको छ जसको नामसँगै एकतन्त्रीय राणाशासनको अवसान जोडिएको छ । यिनकै समयमानेपालले ठूलो भूकम्पको सामना गर्नु प¥यो । चन्द्रशमशेरका पालमा राणाहरू ए, बि र सि क्लासमा बाँडिए जुद्धशमशेरकापालमा तिनै सि क्लासका राणाले जनतालाई साथ दिएर नेपालमा प्रजातन्त्र ल्याउन सजिलो भयो । नेपालका गौडा–गोश्वाराका विभिन्न विभागमा धेरै रकम बाँकी बक्यौता चलिरहेका थिए यसमा यिनले आम माफी दिए । एकतन्त्रीयनिरंकुश राणाशासन कालका एकजना शासक श्री ३ महाराज जुद्धशमशेरको इतिहास उजागर हुँदैछ भने साहित्यिकव्यक्ति
APA, Harvard, Vancouver, ISO, and other styles
38

रेग्मी Regmi, दीनदयाल Dindayal. "गण्डकी क्षेत्रमा प्रचलित लोकनाच {Folk Dance Popular in Gandaki Region}". Patan Pragya 8, № 01 (2021): 237–43. http://dx.doi.org/10.3126/pragya.v8i01.42450.

Full text
Abstract:
नेपाल लोकसंस्कृतिले सम्पन्न देशहरूमध्येको एउटा देश हो । नेपालमा आआप्नै संस्कृतिलाईआत्मसात गर्दै जीवन बिताएका धेरै जाति तथा समुदाय र विविध भाषाभाषीहरूको बसोवास रहेको छ ।हिमाल, पहाड र तराईले सुसज्जित भएको यस देशमा भौगोलिक विविधता रहेको छ । यहाँका प्रत्येकजात, जाति तथा समुदायका आआप्नै प्रकारका फरकफरक लोकसंस्कृति छन् । यहाँका हिमाली, पहाडीर तराई क्षेत्रमा बसोवास गर्नेहरूका संस्कृति एकअर्का ठाउँका व्यक्तिलाई नौला खालका अनुभव हुन्छन् ।पहाडी क्षेत्रमा पनि एउटा क्षेत्र, जिल्ला, भेक तथा गाउँका संस्कृतिमा पनि विविधता पाइन्छ । तीविविधताभित्र देखापर्ने नेपाली लोकसंस्कृतिको एउटा महत्त्वपूर्ण स्थल नेपालको ग
APA, Harvard, Vancouver, ISO, and other styles
39

रमेश Ramesh प्रभात Prabhat. "किसानप्रेमीको ‘चेतना’ खण्डकाव्यमा प्रतिध्वनित दलित चेतना [Dalit consciousness echoed in the ‘consciousness’ fragment of Kisanpremi]". BMC Journal of Scientific Research 4, № 1 (2021): 106–14. http://dx.doi.org/10.3126/bmcjsr.v4i1.42274.

Full text
Abstract:
किसानप्रेमी (२०१९) नेपाली कविताकाव्यका क्षेत्रमा क्रियाशील स्रष्टा हुन् । आफू स्वयम् उत्पीडित वर्गमा जन्मी हुर्किएका हुनाल उनका रचनामा उत्पीडनको स्वर तीब्र रूपमा मुखरित भएको पाइन्छ । हिन्दू धर्मावलम्बीको बाहुल्य भएको नेपाली समाजमा दलितका नाममा निकै विभेद हुने गरेको भेटिन्छ । मूलतः दलित भनिएको सम्प्रदाय नेपाली समाजका प्रायः सबै भूगोल र परिवेशमा पाइन्छ । नेपालका मधेस, पहाड, हिमाल र राजधानी सहरका रूपमा परिचित काठमाडौँ उपत्यकामा समेत दलितहरूका उपस्थिति, अस्तित्व र पहिचान फेला पार्न सकिन्छ । दलितले भोग्नु परेका अवस्था र दलनका विरुद्ध उठ्ने प्रतिरोधी भावना न वास्तवमा दलित चेतना हो । समाजमा जहिलेदेखि
APA, Harvard, Vancouver, ISO, and other styles
40

ढुङगाना Dhungana, शोभाकुमारी Shovakumari. "स्नातक तहको अनिवार्य नेपालीमा नाटक शिक्षण". Patan Pragya 13, № 1 (2024): 145–56. http://dx.doi.org/10.3126/pragya.v13i1.71192.

Full text
Abstract:
प्रस्तुत अध्ययन त्रिभुवन विश्वविद्यालयअन्र्तगत अनिवार्य नेपाली विषयको स्नातक तह (कोड नं ४०२) को निर्धारित पाठ्यक्रमअनुसार ‘स्नातक तहको अनिवार्य नेपालीमा नाटक शिक्षण’ शीर्षकमा केन्द्रित छ । त्रिभुवन विश्वविद्यालयअन्र्तगत चार वर्षे स्नातक तह अनिवार्य नेपालीको दोस्रो वर्षको निर्धारित पाठ्यक्रममा विजय मल्लको ‘सत्ताको खोजमा’ र कृष्ण शाह यात्रीको ‘पीडा आरोहण’ गरी दुई एकाङ्की नाटक समावेश गरिएको छ । नाटक शिक्षणको प्रभावकारिता र औचित्यको जिज्ञासामा केन्द्रित प्रस्तुत अध्ययनमा वर्णनात्मक र विश्लेषणात्मक विधि अपनाइएको छ । स्नातक तहको अनिवार्य नेपाली विषय ऐच्छिक विषय नभएर विभिन्न विषय लिएर पढ्ने सबै विद्य
APA, Harvard, Vancouver, ISO, and other styles
41

Misra, Vijay Prasad. "प्राचीन तथा मध्यकालीन नेपाल–तिब्बत–चीन सम्बन्ध". Historical Journal 16, № 1 (2025): 168–83. https://doi.org/10.3126/hj.v16i1.76381.

Full text
Abstract:
बुद्धको जन्मस्थल, हिमालपारी जाने सहज बाटोको उपलब्धता, विवाहवारी तथा नेपाली कला र संस्कृतिको प्रसारले गर्दा नेपालको तिब्बत र चीनसँगको किराँतकालदेखि मध्यकालसम्म एक आपसमा सम्बन्ध प्रगाढ रहेको पाइन्छ । बुद्धधर्मका अनुयायी भृकु्टी तिब्बत गएर गरेका योगदानहरूले नेपालको तिब्बतसँग धार्मिक, साँस्कृतिक, आर्थिक तथा परिवारिक सम्बन्धहरू प्रगाढ भएको पाइएको छ । त्यसैगरी नरेन्द्रदेवलाई नेपालको राजगद्धीमा स्थापित गर्न तिब्बतले शैन्य सहयोग गरेको तथा स्वयं नरेन्द्रदेवले हर्षबध्दर्नलाई कोशेली पुर्याउन गरेको चिनीयाँ टोलीको संरक्षणका लागि चीनको पक्षमा नेपाली सेना पठाएर गरेको सैनिक सहयोगका कारणले चीनसँगसमेत सौगात आदा
APA, Harvard, Vancouver, ISO, and other styles
42

पौड्याल Poudyal, षडानन्द Shadananda. "आधुनिक नेपाली कथा : मोड र प्रवृत्ति Aadhunik Nepali Katha : Mod ra Prabritti". Interdisciplinary Journal of Management and Social Sciences 1, № 1 (2020): 209–22. http://dx.doi.org/10.3126/ijmss.v1i1.34657.

Full text
Abstract:
(आधुनिक नेपाली कथा लेखनको प्रारम्भ भएको समयदेखि वर्तमान समयसम्म विभिन्न मोड र प्रवृत्तिविकसित भएको पाइन्छ । नेपालको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक तथा भाषिक क्षेत्रमा भएकाअनेक परिवर्तनका कारकलाई आधुनिक नेपाली कथाले प्रतिबिम्ब स्वीकार गरेको समयमा कथा सिर्जनाकोसीमारेखा निर्धारण भएको छ । यस प्रकारको सीमारेखा नै आधुनिक नेपाली कथाको मोड र प्रवृत्ति प्रकटहुने कारण बनेको छ । यसैले परिवर्तित मानकका छायापरिमण्डललाई अवलम्बन गरी नेपाली कथालेखिएको हुनाले आधुनिक नेपाली कथामा अनेक मोड र प्रवृत्ति स्थापना भएका छन् । नेपाली कथालेअवलम्बन गरेका मूल प्रवृत्तिलाई अध्ययन प्रयोजन स्वीकार गर्दा यसमा कालक्रमिक
APA, Harvard, Vancouver, ISO, and other styles
43

सुवेदी, धनप्रसाद. "समकालीन नेपाली कवितामा जनजातीय बिम्ब". Cognition 3, № 1 (2021): 144–58. http://dx.doi.org/10.3126/cognition.v3i1.55671.

Full text
Abstract:
प्रस्तुत आलेख पछिल्लो दशकका नेपाली कवितामा प्रयुक्त बिम्बहरूको अध्ययनसँग सम्बन्धित छ । पछिल्लो दशकमा प्रकाशित केही कविता कृतिका साक्ष्यमा नेपाली कवितामा जनजातीय बिम्बहरूको प्रयोग के कस्तो छ भन्ने विषयको खोजी यसमा गरिएको छ । नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक भए पनि नेपाली कविताले त्यो विविधतालाई बिम्बात्मक रुपमा प्रतिबिम्बन गर्न नसकेको अवस्थामा पछिल्लो दशकका नेपाली कवितामा त्यो सीमा तोडिएको छ र नेपाली कविताको दायरा फराकिलो भएको छ । पछिल्लो दशक खास गरेर २०६२/०६३ सालपछिका नेपाली कवितामा नेपालका विभिन्न जाति, जनजातिका सांस्कृतिक बिम्ब र मिथकहरूको प्रयोग हुन थालेको छ । यस क्रममा जनजातीय
APA, Harvard, Vancouver, ISO, and other styles
44

मरासिनी, गोविन्द. "विपद्मा नागरिकहरूको साथी नेपाली सेना". Unity Journal 5, № 1 (2024): 393–410. http://dx.doi.org/10.3126/unityj.v5i1.63199.

Full text
Abstract:
राष्ट्रकै गौरवशाली संगठनमध्ये सबैभन्दा पुरानो संस्था हो, नेपाली सेना । स्थापनाकालदेखि नै नेपाली सेनाले नेपाल र नेपाली जनताको रक्षार्थ अतुलनीय योगदान पुर्‍याउँदै आएको छ । परिवर्तनका विभिन्न समयमा लोकतन्त्रको पक्षमा उभिएको सेना पटक–पटक लोकतन्त्रको रक्षाका लागि लड्यो भने भविष्यमा पनि लडिरहने दृढ संकल्पसाथ अगाडि बढिरहेको छ । देश र जनताका लागि आइपर्ने सुरक्षा–चुनौतीलाई सम्बोधन गर्नका लागि सक्षम र तयारी अवस्थामा सदैव नेपाली सेना रहेको छ । सेनाले राष्ट्र र जनतालाई हुने वाहृय आक्रमणबाट रक्षा मात्र नभई आन्तरिक सुरक्षा, राष्ट्रिय विकास, अन्तराष्ट्रिय स्तरमा शान्तिस्थापनामा र नेपालीहरूका हरेक आपत् विपद्म
APA, Harvard, Vancouver, ISO, and other styles
45

पोखरेल, अर्जुन प्रसाद. "नेपाली राजनीतिमा वी.पी.कोइराला र उनको दर्शन, समिक्षात्मक अध्ययन". Voice: A Biannual & Bilingual Journal 15, № 2 (2023): 134–41. http://dx.doi.org/10.3126/voice.v15i2.61457.

Full text
Abstract:
विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रख्यात राजनीतीक नेता तथा विचारक थिए । नेपालको राजनीतिक परिवेश निर्माणमा उनको महत्वपूर्ण भूमिका रह्यो । कोइराला प्रजातान्त्रिक समाजवादका कट्टर पक्षधर थिए, जुन एक राजनीतिक विचारधारा हो जसले उत्पादनका साधनको सामाजिक स्वामित्वमा लोकतन्त्रका सिद्धान्तहरू जोड्न खोज्छ । बी.पी. कोइरालाले सामाजिक–आर्थिक समानताको आवश्यकतामा जोड दिँदै यो लक्ष्य हासिल गर्न लोकतान्त्रिक सिद्धान्तको प्रयोगमा विश्वास व्यक्त गरे । नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने राजनीतिकदल नेपाली कांग्रेसको स्थापनामा उहाँ प्रमुख व्यक्तित्व थिए । कोइरालाको लोकतान्त्रिक समाजवादी विचारले
APA, Harvard, Vancouver, ISO, and other styles
46

तिवारी Tiwari, प्रेमप्रसाद Prem Prasad. "‘मेरो चोक’ कवितामा असंलक्ष्यक्रमव्यङ्ग्य ध्वनि". Vangmaya वाङ्मय 21 (3 лютого 2025): 71–82. https://doi.org/10.3126/vangmaya.v21i1.74236.

Full text
Abstract:
प्रस्तुत लेखमा कवि भूपी शेरचनको मेरो चोक कवितामा अभिव्यक्त ध्वन्यार्थको विश्लेषण गरिएको छ। यसमा उक्त कविता प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने विश्लेषणका लागि आवश्यक सिद्धान्त निर्माणमा सहयोग पुर्‍याउने विभिन्न कृतिहरूलाई द्वितीय सामग्रीका रूपमा उपयोग गरिएको छ। आवश्यक स्रोत सामग्रीहरूको सङ्कलन पुस्तकालयीय अनुसन्धानबाट गरिएको छ।यस लेखमा ध्वनिको एउटा भेद असंलक्ष्य व्यङ्ग्य ध्वनि को सिद्धान्त उपयोग गरिएको छ। मेरो चोक कवितामा वाच्यार्थको तुलनामा व्यङ्ग्यार्थ अत्यन्त शक्तिशाली रूपमा प्रकट भएको छ भन्ने निष्कर्ष निकालिएको छ। साथै, परम्परागत विचारका साँघुरा गल्ली नभत्काएसम्म नेपाली समाजमा विचारको नय
APA, Harvard, Vancouver, ISO, and other styles
47

गुरागाईँ Guragain, यज्ञप्रसाद Yagyaprasad. "नेपाली र आठपहरिया भाषाको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन Nepali ra Aathpahariya Bhashako Sangatiko Tulanatmak Adhyayan". Dristikon: A Multidisciplinary Journal 10, № 1 (2020): 361–71. http://dx.doi.org/10.3126/dristikon.v10i1.34598.

Full text
Abstract:
यस लेखमा नेपालमा बोलिने नेपालको मुख्य भाषा नेपाली र धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा बसोवासगर्दै आएका आठपहरिया जातिको आठपहरिया भाषाको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन गरिएको छ ।सङ्गति व्यवस्था भन्नाले कर्ता र क्रियाबीचको, विशेषण र विशेष्यबीचको, नाम र सर्वनामबीचको, कोटिकर रअन्य शब्दका बिचको तथा क्रियोयोगी र क्रियाबीचको मेललाई बुझिन्छ । हरेक भाषाका आआफ्नै व्यवस्था हुनेभएकाले यी दुई भाषाका बीचमा के कस्तो सङ्गति व्यवस्था रहेको छ भन्ने प्रश्नको समाधान यहाँ खोजिएको छ ।तसर्थ यहाँ उक्त भाषाहरूका बीचमा भएको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन गरी निचोड प्रस्तुत गर्नु यसलेखको उद्देश्य रहेको छ । यस अध
APA, Harvard, Vancouver, ISO, and other styles
48

घोडासैनी Ghodasaini, खगेन्द्र Khagendra. "कर्णाली र सुदूरपश्चिम प्रदेशीय नेपाली भाषाको मानकीकरणको कार्यदिशा (Karnali and Sudurpaschim Regional Nepali Language Standardization Work Direction)". KMC Journal 5, № 2 (2023): 340–61. http://dx.doi.org/10.3126/kmcj.v5i2.58250.

Full text
Abstract:
प्रस्तुत अध्ययन कर्णाली र सुदूरपश्चिम प्रदेशमा बोलिने नेपाली भाषाको मानकीकरणको कार्यदिशा निर्माण गर्नमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिम प्रदेशीय नेपालीका भेदलाई मानकीकरण गरी भाषिक एकता कायम गराउने कार्यदिशा निर्माण गर्ने उद्देश्य र ‘यी प्रदेशका नेपाली भाषाको मानकीकरण के कसरी सम्भव छ त ढाँचाको लेख बन्न गएको छ । यी प्रदेशमा बोलिने भाषिका समूहलाई पश्चिमी भाषिका समूह, केन्द्रीय भाषिका समूह र भेरी क्षेत्रीय भाषिका समूह गरी मुख्य तीन भाषिका समूहमा विभाजन गरेर अध्ययन गरिएको प्रस्तुत पङ्तिकारको पूर्वाध्ययन र यस क्षेत्रलाई आधार बनाएर गरिएका पूर्वाध्ययनहरूलाई आधार मानी यिनको मानकीकरणका उपायहरू सुझाउ
APA, Harvard, Vancouver, ISO, and other styles
49

निरौला Niraula, यज्ञेश्वर Yagyeshwar. "नेपाली भाषा र राष्ट्रियता {Nepali Language and Nationality}". AMC Journal 3, № 1 (2022): 15–28. http://dx.doi.org/10.3126/amcj.v3i1.45452.

Full text
Abstract:
सबै जातजाति र भाषाभाषीका बिच साझा सम्पर्कका रूपमा रहेको नेपाली भाषा नेपाल सरकारबाट मान्यता प्राप्त राष्ट्रभाषा हो । यस भाषालाई यहाँ बसोबास गरेका सबै खाले मातृभाषाहरूका वक्ताले राष्ट्रभाषाकै रूपमा अनौपचारिक मान्यता दिएका छन् र यसै भाषामा सरकारी कामकाज, शिक्षणप्रकार्य, कानुनी प्रकार्य, सञ्चार, व्यापार व्यवसाय, चाडपर्व, मेलापात आदि क्षेत्रमा विभिन्न गतिविधिहरू हुने गर्छन् । यस अनुसन्धानमूलक लेखमा साझा सम्पर्क भाषा र राष्ट्रभाषाको परिचय दिनुका साथैनेपालमा नेपाली भाषाको अवस्था र नेपाली भाषालाई नै यहाँका सबै जातजातिका व्यक्तिहरूले सम्पर्कभाषाका रूपमा प्रयोग गर्ने आधारहरू उल्लेख गरिएको छ । साझा सम्पर
APA, Harvard, Vancouver, ISO, and other styles
50

न्यौपाने, नारायण प्रसाद. "नेपालको गौरव : खेलकुदमा सेना {Pride of Nepal: Army in Sports}". Unity Journal 3, № 01 (2022): 375–88. http://dx.doi.org/10.3126/unityj.v3i01.43339.

Full text
Abstract:
खेलकुद आधुनिक समाजको अभिन्न अङ्ग हो। व्यक्ति, समाज र समुदायलाई अनुशासित र स्वस्थ्य बनाउन मद्दत गर्ने खेलकुदको विकासलाई अहिले देश विकासकै प्रमाणका रूपमा हेरिन्छ। पछिल्लो समयमा नेपाली खेलकुदका थुप्रै विधामा अग्रपङ्क्तिमा रहेर देशको गौरव बनेको नेपाली सेनाले यो अवस्थामा आइपुग्न थुप्रै आरोह अवरोहको सामना गर्नुपरेको छ । समस्या कथन: नेपालको खेलकुद विकासमा सेनाको योगदान कस्तो छ र कसरी ऊ यो अवस्थामा पुग्यो भन्ने मूल प्रश्नको खोजीमा यो अनुसन्धान केन्द्रित छ । उद्देश्य: नेपालको खेलकुदमा सेनाको सहभागिता र यसको विकासमा उसले पुर्याएको योगदानको अन्वेषण गर्नु यस शोधको उद्देश्य हो । अनुसन्धान विधि: यसमा मूलत:
APA, Harvard, Vancouver, ISO, and other styles
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!