To see the other types of publications on this topic, follow the link: भाषिका.

Journal articles on the topic 'भाषिका'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the top 50 journal articles for your research on the topic 'भाषिका.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Browse journal articles on a wide variety of disciplines and organise your bibliography correctly.

1

निरौला Niraula, यज्ञेश्वर Yageshwor. "कर्णाली प्रदेशमा बोलिने नेपालीका भाषिकामा बोधगम्यता {Comprehension in the Language of Nepali Spoken in Karnali Province}". Tribhuvan University Journal 39, № 1 (2024): 175–87. http://dx.doi.org/10.3126/tuj.v39i1.66755.

Full text
Abstract:
भाषाका सामाजिक, भौगोलिक, ऐतिहासिक, व्यक्तिभेद, प्रयोजनपरक लगायतका विभिन्न भेदहरू मध्ये भौगोलिक भेदका निम्ति भाषिका शब्द प्रयोग गर्ने गरिन्छ । कर्णाली प्रदेशको सिन्जा उपत्यकालाई नेपाली भाषाको उद्‍गमस्थल मानिएको छ र पन्ध्रौँ शताब्दीदेखि यस भाषाका भाषिकाहरू विकसित भएका हुन् । हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालीकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम यस प्रदेशका भाषिक क्षेत्र मध्ये राष्ट्रिय जनगणना २०६८ को नतिजाका आधारमा केही अध्ययनकर्ताहरूले जुम्ला, मुगु तथा हुम्लाका नेपाली भाषाका वक्ताको बोलीलाई नेपाली भाषाको भौगोलिक भाषिका नभई जुम्ली खस भाषा हो भनी उल्लेख गर्ने गरेका छन् । २०७८ को जन
APA, Harvard, Vancouver, ISO, and other styles
2

जोशी Joshi, खगेन्द्र Khagendra. "डोट्याली भाषाको वर्णव्यवस्था {Alphabet of Dotali language}". Sudurpaschim Spectrum 1, № 1 (2023): 230–46. http://dx.doi.org/10.3126/sudurpaschim.v1i1.63470.

Full text
Abstract:
प्रस्तुत लेख डोट्याली भाषाको व्याकरणव्यवस्थाको अध्ययनमा केन्द्रित छ । संस्कृतबाट प्राकृत र अपभ्रंश हुँदै विकसित भई कालीकर्णाली बिचको भूखण्डमा भाषिक व्यवहारमा प्रयुक्त भाषिक भेदहरूको समुच्चयलाई डोट्याली भाषाका रूपमा चिनिन्छ । केही विद्वान्हरू डोट्याली भाषलाई छुट्टै स्वतन्त्र भाषा नमानेर नेपाली भाषाकै भाषिका पनि मान्दछन् तर भाषावैज्ञानिक विश्लेषणका आधारमा हेर्दा डोट्याली भाषाको ध्वनिव्यवस्था, व्याकरणव्यवस्था, अर्थव्यवस्था र शब्दभण्डार नेपाली भाषाको भन्दा भिन्न रहेकाले डोट्याली नेपाली भाषाको भाषिका नभएर छुट्टै स्वतन्त्र भाषा हो भन्ने कुरा पुष्टि हुन्छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको छ । डोट्
APA, Harvard, Vancouver, ISO, and other styles
3

सुवेदी Subedi, सखिशरण Sakhi Saran. "भाषाको सामाजिक भेद". Butwal Campus Journal 7, № 2 (2024): 174–80. https://doi.org/10.3126/bcj.v7i2.73237.

Full text
Abstract:
भाषा सामाजिक विषय हो । यो समाजमा जन्मन्छ, समाजमै हुर्कन्छ र समाजमै जीवित रहन्छ । समाजबिना भाषाको अस्तित्व रह‘दैन । समाज जुन जाति, वर्ग र स्तरको हुन्छ भाषा पनि त्यसैअनुरूप हुने हुनाले भाषाको सामाज सापेक्ष अध्ययन हुन्छ । समाज जस्तो हुन्छ भाषा पनि त्यतै डोरिन्छ । सामाजिक संरचनाले भाषामा प्रभाव पारी उत्पन्न हुने भिन्नता नै भाषाको सामाजिक भेद हो । भाषाको सामाजिक भेद समाज भाषाविज्ञानले निर्धारण गर्ने विषय हो । समाज जुन जाति, वर्ग र स्तरको हुन्छ भाषा पनि त्यसै अनुरूप हुने गर्दछ । सहभागी, अन्र्तक्रियाको प्रस्तुति वा वातावरण, शीर्षक र कार्यबाट भाषाको सामाजिक भाषिक भेद निर्धारण हुन्छ । समाजका व्यक्तिहरू
APA, Harvard, Vancouver, ISO, and other styles
4

घोडासैनी Ghodasaini, खगेन्द्र Khagendra. "कर्णाली र सुदूरपश्चिम प्रदेशीय नेपाली भाषाको मानकीकरणको कार्यदिशा (Karnali and Sudurpaschim Regional Nepali Language Standardization Work Direction)". KMC Journal 5, № 2 (2023): 340–61. http://dx.doi.org/10.3126/kmcj.v5i2.58250.

Full text
Abstract:
प्रस्तुत अध्ययन कर्णाली र सुदूरपश्चिम प्रदेशमा बोलिने नेपाली भाषाको मानकीकरणको कार्यदिशा निर्माण गर्नमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिम प्रदेशीय नेपालीका भेदलाई मानकीकरण गरी भाषिक एकता कायम गराउने कार्यदिशा निर्माण गर्ने उद्देश्य र ‘यी प्रदेशका नेपाली भाषाको मानकीकरण के कसरी सम्भव छ त ढाँचाको लेख बन्न गएको छ । यी प्रदेशमा बोलिने भाषिका समूहलाई पश्चिमी भाषिका समूह, केन्द्रीय भाषिका समूह र भेरी क्षेत्रीय भाषिका समूह गरी मुख्य तीन भाषिका समूहमा विभाजन गरेर अध्ययन गरिएको प्रस्तुत पङ्तिकारको पूर्वाध्ययन र यस क्षेत्रलाई आधार बनाएर गरिएका पूर्वाध्ययनहरूलाई आधार मानी यिनको मानकीकरणका उपायहरू सुझाउ
APA, Harvard, Vancouver, ISO, and other styles
5

शर्मा Sharma, विष्णुप्रसाद Bishnu Prasad. "‘खेल’ कथाको समाजभाषिक विश्लेषण {Sociolinguistic Analysis of 'Khel'}". Kaumodaki: Journal of Multidisciplinary Studies 4, № 1 (2024): 138–48. http://dx.doi.org/10.3126/kdk.v4i1.64574.

Full text
Abstract:
समकालीन कथाकार रामलाल जोशीद्वारा लिखित ‘खेल’ कथालाई बहुलवादी कोणबाट हेर्न सकिन्छ । यस सन्दर्भमा प्रस्तुत कथालाई यहाँ समाज भाषा वैज्ञानिक प्रतिमानका आधारमा विश्लेषण गरिएको छ । ‘खेल’ कथालाई समाज भाषा वैज्ञानिक कोणबाट निरूपण गर्न प्रस्तुत अध्ययनको उद्देश्य हो । यसका लागि गुणात्मक कृतिपरक अनुसन्धान ढाँचा, व्याख्यावादी दर्शन र समाजभाषिक सिद्धान्तलाई आधार बनाइएको छ । अध्ययनमा पुस्तकालयीय कार्यबाट प्राथमिक र द्वितीयक स्रोतका तथ्याङ्क सङ्कलन गरी तिनलाई समाज भाषा वैज्ञानिक सिद्धान्तका आधारमा निरूपण गरिएको छ । भाषिक समुदाय, बोलीको जातित्व, भाषा र समाजको सम्बन्ध, कोड मिश्रण, सांस्कृतिकता, भाषिका आदि तथ्य
APA, Harvard, Vancouver, ISO, and other styles
6

विष्ट Bista, वासुदेव Bashudev. "दार्चुलेली भाषामा ऊर्जावत् पदसङ्गति (Conjugation in Darchuleli Language)". KMC Journal 5, № 2 (2023): 362–85. http://dx.doi.org/10.3126/kmcj.v5i2.58251.

Full text
Abstract:
दार्चुलेली मातृभाषा नेपालको सुदूरपश्चिम प्रदेशको नेपाली मातृभाषा हो । गढवाली, कुमाउनी, दार्चुलेली मातृभाषा पहाडी भाषा हुन् । नेपाली मातृभाषालाई परम्परागत रूपमा पूर्वी पहाडी भाषा भन्न सकिन्छ तर कुमाउनी र दार्चुलेली, बैतडेली, डडेल्धुरेली महाकाली वारिपारि बोलिने भाषा हुन् । ‘भाषा र भाषिका’ भन्ने शब्द समाज भाषा विज्ञानका पारिभाषिक शब्द हुन् । राजनीतिलाई अघि नसारी कुनै पनि मातृभाषालाई ‘भाषा’ हो कि ‘भाषिका’ भनेर छुट्ट्याउन सकिदैन । डेभिड क्रिस्टल (सन् २००३) ले के भनेका छन् भने जुन भाषालाई राष्ट्रिय झण्डा र सेनाले परिभाषित गर्छ, त्यो चाहिँ भाषा हो भने, जुन भाषा राष्ट्रिय झन्डा र सेनाले सुसज्जित हुँदै
APA, Harvard, Vancouver, ISO, and other styles
7

न्यौपाने Neupane, दीपकप्रसाद Dipakprasad. "भाषिक परिवर्तन र नेपाली भाषा Bhashik Paribartan ra Nepali Bhasha". Dristikon: A Multidisciplinary Journal 10, № 1 (2020): 287–300. http://dx.doi.org/10.3126/dristikon.v10i1.34581.

Full text
Abstract:
भाषिक परिवर्तन र नेपाली भाषा शीर्षकको यस लेखमा ऐतिहासिक विकासका सन्दर्भमा नेपाली भाषामा देखापरेकापरिवर्तित विशेषताहरूको विश्लेषण गरिएको छ । भाषा परिवर्तनशील वस्तु हो । समयक्रममा भाषाका विविधपक्षमा नयाँनयाँ प्रवृत्तिहरू देखा पर्दछन् । यस लेखमा नेपाली भाषामा यस किसिमका परिवर्तनशील विशेषताहरूकेकस्ता छन् भन्ने कुरालाई मुख्य समस्याका रूपमा लिई ती समस्याहरूको प्राज्ञिक समाधान खोज्ने प्रयास गरिएकोछ । यस अध्ययनमा भाषिक परिवर्तनसँग सम्बन्धित विद्वान् लेखकहरूका ग्रन्थहरू, अनुसन्धानमूलक लेखहरूकासाथै जनबोलीसँग सम्बन्धित तथ्यहरूलाई सामग्रीका रूपमा लिइएको छ । वर्णनात्मक तथा विवरणात्मक विधिद्वारासामग्रीको वि
APA, Harvard, Vancouver, ISO, and other styles
8

बास्तोला Bastola, हेरम्बराज Herambaraj. "नेपालमा भाषा नीति, योजना र त्यसका चुनौति {Language policy, planning and its challenges in Nepal}". Sotang, Yearly Peer Reviewed Journal 2, № 1 (2020): 51–58. http://dx.doi.org/10.3126/sotang.v2i1.47596.

Full text
Abstract:
नेपालको वर्तमान भाषा नीति र योजना कस्तो छ र यसको कार्यान्वयनका लागि केकस्ता चुनौतिहरू छन् ? यी दुई समस्यामा आधारित उद्देश्य तय गरी प्रस्तुत लेख तयार पारिएको छ । भाषामा भौगोलिक सामाजिक, लैङ्गिक आर्थिक उमेरगत परिवेशगत तथा प्रयोगगत रूपमा विविधता सिर्जना हुन्छ । जाति तथा भाषाका आधारमा प्रत्येक समूहका आफ्ना सामाजिक सांस्कृतिक भाषिक र अन्य प्रचलित विशेषताहरू रहेका हुन्छन् । यस्ता विशेषता सुरक्षित राख्न सर्वप्रथम भाषाकै सुरक्षा अपरिहार्य हुन्छ । राज्यको भाषिक अवस्थिति अनुरूप भाषा सम्बन्धी राज्यले लिने भाषा नीति तथा योजनाले भाषिक विविधता संरक्षणमा प्रमुख भूमिका खेल्दछ । भाषाका धेरै भेदहरूमध्ये सम्पर्क
APA, Harvard, Vancouver, ISO, and other styles
9

सुवेदी Subedi, सखिशरण Sakhisharan. "भाषिक सन्दर्भ : भाषिक भूगोल, आगमन, सम्मिलन र मृत्यु". Shabda Sadhana शब्दसाधना 7, № 1 (2024): 12–20. https://doi.org/10.3126/shabdasadhana.v7i1.75079.

Full text
Abstract:
भाषा विचार विनिमयको सशक्त माध्यम हो । भाषाका उच्चार्य र लेख्य दुई रूप हुन्छन । भाषामा मानव जीवनको प्रतिबिम्ब हुने हुनाले मानव सभ्यतासँग भाषाको तादात्म्य सम्बन्ध रहन्छ । यसैले भाषालाई मानव ज्ञानका विविध क्षेत्र, सन्दर्भ र विषयका कोणबाट हेर्नु पर्ने हुन्छ । मानवीय व्यवहारका समग्र सन्दर्भहरू भाषामा समेटिने हुनाले भाषाको प्रयोग क्षेत्र, एउटा भाषामा अर्को भाषाका शब्दहरू आगमन हुँदा त्यसबाट पर्ने प्रभाव तथा भाषाको प्रयोग नै हराउने अवस्था देखापर्न सक्दछ । भाषिक वक्ताको प्रयोग क्षेत्र, बाक्लो र पातलो बस्ती क्षेत्र आदि कुराका बारेमा तयार पारिने नक्साङकन भाषिक भूगोल हो । भाषिक भूगोलभित्र प्रयोगमा रहेका भ
APA, Harvard, Vancouver, ISO, and other styles
10

सुवेदी Subedi, सखिशरण Sakhisharan. "भाषामा ध्वनिपरिवर्तन {Sound Change in Language}". Kaladarpan कलादर्पण 3, № 1 (2023): 1–14. http://dx.doi.org/10.3126/kaladarpan.v3i1.55185.

Full text
Abstract:
ध्वनि भाषाको सबभन्दा सानो भाषिक एकाइ हो । यसले भाषाका त्यसभन्दा माथिल्ला एकाइ रूप, पद, पदावली,उपवाक्य र वाक्यको निर्माण गर्दछ । ध्वनिको अध्ययन भाषाविज्ञानको ध्वनिविज्ञान शाखा अन्तर्गत हुन्छ । भाषाको सबभन्दा सानो एकाइ भएकाले भाषिक परिवर्तनमा ध्वनिको महत्वपूर्ण स्थान रहेको हुन्छ । भाषाका ध्वनिको परिवर्तनसम्बन्धी विश्लेषण निश्चित सिद्धान्तका आधारमा गरिन्छ । भाषामा हुने परिवर्तन एकै पटक नभएर क्रमिक रूपमाहुन्छ । एक पछि अर्को गर्दै क्रमशः भाषिक नियमहरू परिवर्तन हुँदै जान्छन् र नयाँ भाषा जन्मन्छ । ध्वनि परिवर्तनको अध्ययन वृक्षरेख र तरङ्ग सिद्धान्तका आधारमा गरिन्छ । भाषाहरूका बीचको सम्बन्धको खोजी गरी
APA, Harvard, Vancouver, ISO, and other styles
11

कुलुङ राई Kulung Rai, गीता Gita. "कुलुङ र नेपाली भाषाका व्याकरणिक कोटिमा व्यतिरेक". ज्ञानदिप Gyandeep 10, № 2 (2025): 48–59. https://doi.org/10.3126/gyandeep.v10i2.77322.

Full text
Abstract:
यस लेखमा कुलुङ र नेपाली भाषाका व्याकरणिक कोटिमा पाइने भिन्‍नताको अध्ययन गरिएको छ । कुलुङ नेपालमा मातृभाषाका रूपमा प्रयोगमा रहेको किरात वर्गको भाषा हो । यो भोट चिनिया परिवारअन्तर्गत पर्दछ भने बहुसङ्ख्यक नेवालीहरूले सम्पर्क भाषाका रूपमा प्रयोग गर्दै आएको र नेपालको संविधानले समेत सरकारी कामकाजको भाषाका रूपमा परिभाषित नेपाली भाषा भारोपेली परिवारअन्तर्गत पर्ने भाषा हे । नेपालमा पहिलो भाषाका रूपमा जुनसुकै भाषाको प्रयोग गरे पनि दोस्रा भाषाका रूपमा नेपाली भाषा सिक्नै पर्ने बाध्यता रहेको छ । यस सन्दर्भमा दोस्रा भाषाका रूपमा नेपाली भाषा सिक्दा कुलुङ मातृभाषी सिकारुलाई केकस्ता कठिनाइ आइपर्छन् भन्‍ने विषय
APA, Harvard, Vancouver, ISO, and other styles
12

Sherpa, Dawa. "शेर्पा मातृभाषी विद्यार्थीले नेपाली भाषा सिकाइमा गर्ने त्रुटिको विश्लेषण". Tribhuvan University Journal 40, № 1 (2025): 274–84. https://doi.org/10.3126/tuj.v40i1.80129.

Full text
Abstract:
शेर्पा र नेपाली भाषा भिन्नभिन्न भाषिक परिवार र भिन्नभिन्न भाषिक संरचना तथा वर्ण व्यवस्थाभएका भाषाहरू हुन् । उक्त भिन्नताका कारण नेपाली भाषा सिकाइमा शेर्पा भाषी विद्यार्थीलेविविध किसिमका त्रुटिहरू गरेको पाइन्छ । शेर्पा भाषी विद्यार्थीले नेपाली सिकाइमा गर्ने त्रुटिकोविश्लेषण गर्ने उद्देश्यमा प्रस्तुत लेख तयार गरिएको छ । प्रस्तुत लेख गुणात्मक ढाँचामा तयारगरिएको छ । क्षेत्र कार्य अन्तर्गत रही दैनिकी लेखन, निर्देशित लेखन तथा शेर्पा भाषाका दस वटावाक्यहरू तयार पारेर विद्यालय तहका विद्यार्थीहरूमा प्रयोग गरी तथ्य सङ्कलन गरिएको छ ।शेर्पा भाषामा नेपाली भाषाका /घ्/, झ्/, /ढ्/, /ध्/ र /भ्/ वर्णहरू पाइँदैनन
APA, Harvard, Vancouver, ISO, and other styles
13

न्यौपाने Neupane, महेन्द्र Mahendra, राजेन्द्र Rajendra खनाल Khanal та इन्द्रेश Indresh ठाकुर Thakur. "नेपाली र सन्थाली भाषाको व्यतिरेकी अध्ययन". Tribhuvan University Journal 39, № 2 (2024): 267–86. https://doi.org/10.3126/tuj.v39i2.73016.

Full text
Abstract:
भाषाको व्यतिरेकी अध्ययनले दुई भाषाका बिचको तुलनात्मक अध्ययन गरी भाषाको सिकाइका कठिनाइ र सरल हुने अवस्था पहिचान गरी शिक्षण सहज बनाउने आधार प्रदान गर्दछ । प्रस्तुत लेखको मुख्य उद्देश्य नेपाली र सन्थाली भाषाको व्यतिरेकी अध्ययन गर्नु हो । लेखमा दुईओटा भाषामा रहेका भाषिक व्यवस्थाको व्यतिरेकी पक्ष पहिचान गरी तिनको तुलनात्मक विश्लेषण गरिएको छ । गुणात्मक ढाँचाको उपयोग गरिएको यस लेखमा विश्लेषणात्मक विधिको प्रयोग भएको छ । पुस्तकालय स्रोतबाट तथ्य सङ्कलन गरी तथ्यको तुलनात्मक विश्लेषणसहित निष्कर्ष निकालिएको छ । सन्थाली र नेपाली भाषाका विविध भाषिक व्यवस्थाका बारेमा लेखिएका पुस्तक, लेख, अनुसन्धान प्रतिवेदनला
APA, Harvard, Vancouver, ISO, and other styles
14

शाही Shahi, हर्कबहादुर Harkabahadur. "अछामी लिङ्ग व्यवस्था Achhami Linga Byabstha". Tribhuvan University Journal 30, № 2 (2016): 245–60. http://dx.doi.org/10.3126/tuj.v30i2.25568.

Full text
Abstract:
अछामी भाषाको परिचय दिई यस भाषाको लिङ्ग व्यवस्था पहिचान गर्नु मूल उद्देश्य रहेको प्रस्तुत लेख गुणात्मक प्रकृतिको रहेको छ । क्षेत्र अध्ययन विधिको उपयोग गरिएको यो अध्ययन वर्णनात्मक रहेको छ । अछामी भाषा बोल्ने सम्पूर्ण अछामी भाषी वक्ता यस अध्ययनको जनसङ्ख्या हुन भने पान्सय दरा (क्षेत्र) का उमेरगत, लिङ्गगत, जातिगत, साक्षर र निरक्षरताका आधारमा २० जना अछामी भाषी वक्तालाई उद्देश्यपूर्ण नमुनाका रूपमा छनौट गरी श्रव्य सामग्रीका माध्यमबाट विभिन्न क्षेत्रमा बोलिने अछामी भाषाका पाठहरू सङ्कलन गरी टुलबक्सको सहायताले इन्टरलिङ्गराइज गरिएको छ । लिप्याङ्कन गरिएका पाठलाई व्याकरण सिद्धान्तका सहायताले अछामी लिङ्गभेदक
APA, Harvard, Vancouver, ISO, and other styles
15

Aacharya, Omprakash. "भाषावैज्ञानिक आधारमा नेपाली भाषाका वर्ण व्यवस्था". Prajnik Bimarsha प्राज्ञिक विमर्श 7, № 13 (2025): 20–25. https://doi.org/10.3126/pb.v7i13.77729.

Full text
Abstract:
नेपाली भाषा भारोपेली परिवारको शतम् वर्गको भाषा हो । यस भाषाको भाषिक व्यवस्थामा वर्णव्यवस्था छ । नेपाली भाषाको वर्णव्यवस्था कस्तो छ ? कुन वर्णव्यवस्थाले कुन वार्णिक ध्वनि पैदा गर्दछ ? नेपाली भाषामा के कस्ता वर्णहरू छन् ? तिनको के कस्तो स्थान छ ? जस्ता अनुसन्धेय प्रश्नहरूको समाधानका लागि भाषावैज्ञानिक आधारले अध्ययन गरी नेपाली भाषामा रहेका वर्णहरूको पहिचान गर्नु नेपाली भाषाका वर्णहरूको भाषावैज्ञानिक आधारले वर्गीकरण गर्नु यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य हो । पुस्तकालयीय र प्रयोगपरक क्षेत्रको अध्ययन आधारमा गुणात्मक ढाँचा अवलम्बन गरिएको यस लेखमा प्राप्त तथ्याङ्कहरूको व्याख्या विश्लेषण वर्णनात
APA, Harvard, Vancouver, ISO, and other styles
16

लामिछाने, मुक्तिकला. "'सेतो धरती' उपन्यासमा भाषिक विचलन". AMC Journal 4, № 1 (2023): 157–68. http://dx.doi.org/10.3126/amcj.v4i1.63866.

Full text
Abstract:
यो लेख अमर न्यौपानेद्वारा लिखित 'सेतो धरती' उपन्यासमा प्रयुक्त अग्रभूमिनिर्माण अन्तर्गत रहेर भाषिक विचलनमा आधारित छ । अग्रभूमिनिर्माणका प्रमुख उपकरण समानान्तरता र विचलन मध्ये यहाँ विचलनको परिचय दिई सेतो धरती उपन्यासमा रहेको भाषिक विचलनको विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । पुस्तकालयीय अध्ययन विधिबाट तथ्य सङ्कलन गरी सेतो धरती उपन्यासलाई प्राथमिक स्रोत तथा सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक स्रोतका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग भएको छ । विश्लेष्य उपन्यासमा मानक व्याकरणका मान्यतामा सीमित नबनी साहित्यिक कृतिलाई कलात्मक र सार्थक तुल्याउन शैलीविज्ञानमा स्थापित अग्रभूमि निर्मा
APA, Harvard, Vancouver, ISO, and other styles
17

Subedi, Chandra Kumar. "नेपाली भाषामा आगन्तुक शब्दहरूको प्रयोग". Chaitanya Research Journal 3 (1 листопада 2024): 70–81. https://doi.org/10.3126/crj.v3i1.76527.

Full text
Abstract:
यस लेखमा नेपाली भाषामा प्रयोग र उपयोगमा आएका आगन्तुक शब्दहरूको अध्ययन गरिएको छ । आगन्तुक शब्द भन्नाले संस्कृत भाषाबाहेक स्वदेशभित्र बोलिने मातृभाषा तथा विदेशी भाषाबाट आएर नेपाली भाषामा प्रयोग हुने शब्दलाई बुझिन्छ । अध्ययनमा स्वदेशी तथा विदेशी भाषाबाट नेपाली भाषामा प्रयोग हुँदै आएका आगन्तुक शब्दहरूको पहिचान तथा तिनको प्रयोगक्षेत्रको निर्धारण गर्ने उद्देश्य राखिएको छ । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयीय विधि र पद्धतिको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई उदाहरणसहित वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । आगन्तुक शब्दको प्रयोगले भाषिक शब्द
APA, Harvard, Vancouver, ISO, and other styles
18

निरौला Niraula, यज्ञेश्‍वर Yagyeswar. "नेपाली धातुको संरचनात्मक स्वरूप". ज्ञानदिप Gyandeep 10, № 2 (2025): 126–38. https://doi.org/10.3126/gyandeep.v10i2.77330.

Full text
Abstract:
भाषाको केन्द्र वाक्य, वाक्यको केन्द्र क्रिया र क्रियाको केन्द्र धातु हो । धातुबाटै भाषाको बीजाङ्‍कुरण हुन्छ, हुर्कन्छ, लहराउँछ र वाक्यात्मक संरचनाका महत्त्वपूर्ण पक्षको विकास हुन्छ । हरेक भाषामा क्रियामूलको रूपमा रहेका धातुको आफ्नै विशिष्ट संरचनात्मक स्वरूप हुन्छ । नेपाली भाषाका धेरैजसो धातु मौलिक प्रकृतिअनुरूप आफैँ बनेका छन् भने केही धातु नामिक शब्दमा अथवा मूल धातुमा नै प्रत्यय लगाएर बनाइएका छन् । नेपाली भाषाको मौलिक प्रकृतिअनुरूप बनेका मूल धातु हुन् भने प्रत्यय लगाएर बनाइएका धातु व्युत्पन्‍न हुन् । अक्षर संरचनाका आधारमा मूल धातु एकाक्षरी र अनेकाक्षरी छन् भने रचना आकृतिका आधारमा स्वरान्त र व्
APA, Harvard, Vancouver, ISO, and other styles
19

निरौला, यज्ञेश्वर. "नेपाली भाषाको प्रयोजनपरक भेद". Humanities and Social Sciences Journal 13, № 2 (2022): 184–96. http://dx.doi.org/10.3126/hssj.v13i2.49816.

Full text
Abstract:
नेपाली भाषाका प्रायः सबै वक्ताले सामान्य बोलचाल र लेखपढका काममा प्रयोगमा ल्याउने नेपाली भाषाको भेद नै सामान्य नेपाली हो तर ज्ञानविज्ञान र प्रविधिका साथै सञ्चार, कानुन, साहित्य, दर्शन, राजनीति, कृषि, प्रशासन, व्यापार वाणिज्य आदि नेपाली भाषाका विशिष्ट क्षेत्रमा प्रयोग गरिने भाषिक भेदलाई प्रयोजनपरक नेपाली भनिन्छ । विषयगत रूपमा प्रयोग हुने प्राविधिक तथा पारिभाषिक शब्द शब्दावली, वाक्य गठन, प्रस्तुतिको शैली आदिबाट भाषाका भेद छुट्टिँदै जाने क्रममा भाषाका प्रयोजनपरक भेदको जन्म हुन्छ । मानिसले जीविकोपार्जनका निम्ति गर्नुपर्ने कुनै न कुनै कामका आधारमा समाजमा बसोबास गर्ने सबै मानिसहरूको कार्य क्षेत्र एकै
APA, Harvard, Vancouver, ISO, and other styles
20

दाहाल Dahal, टीकाराम Tikaram. "नेपाली भाषाको शब्दभण्डार : एक अध्ययन". शोधसुधा Shodh Sudha 2, № 2 (2024): 39–49. http://dx.doi.org/10.3126/ss.v2i2.69309.

Full text
Abstract:
भाषा मानवीय विचार विनिमय र भावाभिव्यक्तिको लागि अपरिहार्य साधन हो । विश्वका भाषाहरूलाई भाषावैज्ञानिकहरूले दशवटा भाषा परिवारमा विभाजन गरेका छन् । ती मध्ये नेपाली भाषा भारोपेली परिवारमा रहेको छ । नेपाली भाषाको सबैभन्दा महत्त्वपूर्ण एकाइ शब्दभण्डार हो । शब्द भाषाको रूपभन्दा ठूलो तथा पदावली र वाक्यभन्दा सानो स्वतन्त्र अर्थयुक्त एकाइ हो । भाषिक भावाभिव्यक्तिमा शब्दको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । भाषाको सबैभन्दा सानो सार्थक एकाइ रूपभन्दा ठूलो एकाइ शब्द, त्यसभन्दा ठूलो पदावली र त्यसपछिको ठूलो एकाइ वाक्य हो । वाक्यबाट नै सम्पूर्ण अर्थको अभिव्यक्ति र बोध हुन्छ । पदावली भन्दा सानो र रूपभन्दा ठूलो स
APA, Harvard, Vancouver, ISO, and other styles
21

आचार्य Acharya, ओमप्रकाश Omprakash. "जुम्ली खस भाषामा रूपायन व्यवस्था". Journal of Durgalaxmi 3 (31 грудня 2024): 290–305. https://doi.org/10.3126/jdl.v3i1.73861.

Full text
Abstract:
रूपायन भनेको शब्दको वाक्यमा प्रयोग योग्य प्रक्रिया हो । जुम्ली खस भाषाका शब्दहरुलाई प्रयोग योग्य बनाउने व्यवस्था कस्तो छ भन्ने सम्बन्धमा गरिएको यो अध्ययन हो । यसमा नाम, सर्वनाम र विशेषणको रूपायन व्यवस्थाका बारेमा क्षेत्रगत भ्रमण अध्ययन विधिका आधारमा अध्ययन गरिएको छ । जुम्ली भाषी वक्ताको भाषिक स्थलमा गएर वक्ताका भाषाको टेपरेकर्डरबाट सामग्री सङ्कलन गरी अध्ययन गरिएको छ । जुम्ली भाषामा मौलिक प्रकृतिका शब्दहरु छन्जो नेपाली भाषा भन्दा भिन्नै छन्। पोइ पति, जोइ पत्नी, कुमल कमल, मान्ठ मान्छे, छोट्या केटो, मुँ म, मुइँले मैले, तो तँ प्रयोगगत शब्दहरु रहेका छन्। जुम्ली खस भाषामा रूपायन प्रक्रिया नेपाली भाष
APA, Harvard, Vancouver, ISO, and other styles
22

राई (Rai), राम कुमार (Ram Kumar). "दुमी भाषाको परिचय (Introduction to Dumi Language)". Rupantaran: A Multidisciplinary Journal 7, № 1 (2023): 128–36. http://dx.doi.org/10.3126/rupantaran.v7i1.52317.

Full text
Abstract:
खोटाङ जिल्लाको रावा र तापखोलाको सेरोफेरोमा बसोवास गर्ने दुमी राईहरुले आप्mनो मातृभाषाको रुपमा बोल्ने भाषा दुमी भाषा हो । किरात राई परिवारको एक भाषा भएकोले यो भोट-बर्मेली परिवारको भाषा हो । अल्प सङ्ख्यक दुमी राईहरुले बोल्ने भाषा भएको र अन्य सजातीय राई भाषा र नेपाली भाषाको च्यापमा परेर लोपोन्मुखताको सङ्घारमा पुगेर वर्तमानमा संरक्षण र सम्बर्धनको बाटोमा फर्केको छ । सानो क्षेत्रमा बोलिने भए पनि यस भाषामा थुप्प्रै विविधता रहेको हुँदा विद्वानहरुले यसको सामाजिक भेद वा भाषिका पहिल्याएका छन् । भोट बर्मेली परिवारका यस भाषामा नेपाली वणर्मालाका २५ व्यञ्जन र अ, आ, इ, उ, ए र ओ स्वर वणर्हरु ह्रस्व-दीर्घ दुवै
APA, Harvard, Vancouver, ISO, and other styles
23

राजेन्द्र खनाल. "प्रयोग सापेक्षमा भाषाको अस्तित्व". Interdisciplinary Research in Education 7, № 2 (2022): 11–22. http://dx.doi.org/10.3126/ire.v7i2.50467.

Full text
Abstract:
मानिससँग भाषाको अभेद्य सम्बन्ध छ । भाषाको गति वा अस्तित्व मानिसको भाषिक व्यवहारमा आधारित हुन्छ । भाषाको अस्तित्वका सवालमा सचेतवर्ग विशेष संवेदनशील बन्नु आवश्यक छ । यस लेखको मूल उद्देश्य भाषाको अस्तित्व, जीवन तथा मृत्युका सन्दर्भमा सैद्धान्तिक स्वरूप उल्लेख गर्दै तिनको पुस्ट्याईँका लागि तथ्यपरक उदाहरणसमेत प्रस्तुत गर्नु हो । यो लेख पूर्णतः गुणात्मक ढाँचामा तयार पारिएको छ । यसमा भाषाको अस्तित्वसँग सम्बद्ध भाषिक अवलम्बन, भाषिक स्वीकरण, भाषिक अपक्षय, भाषिक मृत्युका बारेमा चर्चा गरिएका सैद्धान्तिक ग्रन्थ एवम् तीन जना भिन्न भाषीसँग गरिएको संवादलाई प्रमुख स्रोत सामग्री बनाइएको छ । विश्वका अधिकांश भाष
APA, Harvard, Vancouver, ISO, and other styles
24

Acharya, Om Prakash. "जुम्ली भाषाको कालगत करण अकरण व्यवस्थाको शैक्षणिक उपयोग". Journal of Musikot Campus 3, № 1 (2025): 211–18. https://doi.org/10.3126/jmc.v3i1.81222.

Full text
Abstract:
जुम्ली भाषा कर्णाली प्रदेशको जुम्ला जिल्लामा बोलिने भाषा हो । जुम्ली भाषा कथ्यमा आधारित छ । यस भाषामा लिखित सामग्री, साहित्यिक सिर्जना छिटपुट बाहेक पाइदैन । जुम्ली भाषी विद्यार्थीहरुलाई नेपाली भाषा शिक्षणका सन्दर्भमा नेपाली भाषाको संरचनाले शिक्षण सिकाइमा पार्ने असरका सम्बन्धमा भाषा शिक्षण र भाषिक व्यवस्थाको अध्ययन गरिएको छ । भाषा समाज, समुदायको सम्पत्ति हो । भाषाको व्याकरणिक कोटि करण अकरणका आधारमा जुम्ली भाषाको व्यवस्थाका सम्बन्धमा यस लेखमा अध्ययन गरिएको छ । जुम्ली भाषाको करण अकरण व्यवस्थाको अध्ययन गर्दा नेपाली भाषामा रहेका करण अकरण व्यवस्थालाई तुलनात्मक रूपमा विश्लेषण गरिएको छ । जुम्ली भाषामा
APA, Harvard, Vancouver, ISO, and other styles
25

जोशी Joshi, खगेन्द्र Khagendra. "डोट्याली भाषाका विभक्तिको पहिचान र वर्गीकरण". Journal of Durgalaxmi 3 (31 грудня 2024): 306–19. https://doi.org/10.3126/jdl.v3i1.73857.

Full text
Abstract:
प्रस्तुत अनुसन्धानात्मक लेख डोट्याली भाषाका विभक्तिको अध्ययनमा केन्द्रित छ । यस लेखमा डोट्याली भाषाका विभक्तिहरूको पहिचान गरी तिनलाई विभिन्न आधारमा वर्गीकरण गर्ने काम गरिएको छ । संस्कृतबाट प्राकृत र अपभ्रंश हुँदै विकसित भएर कालीकर्णाली बिचको भूखण्डमा भाषिक व्यवहारमा प्रयुक्त भाषिक भेदहरूको समुच्चयलाई डोट्याली भाषाका रूपमा चिनिन्छ र तिनै भाषिक भेदहरूमा कारकीय सम्बन्ध दर्साउनका लागि नामिक पदका पछाडि जोडिएर प्रत्ययवत प्रयोग हुने विभक्तिको अध्ययनमा यो लेख केन्द्रित रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको छ । अध्ययनका लागि आवश्यक आधार सामग्री क्षेत्रकार्यबाट र सिद्धान्तसम्बद्ध सामग्री पुस्तकाल
APA, Harvard, Vancouver, ISO, and other styles
26

न्यौपाने, महेन्द्र, राजेन्द्र खनाल та हर्कबहादुर शाही. "सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था". Shiksha Shastra Saurabh 24 (31 грудня 2024): 189–202. https://doi.org/10.3126/sss.v24i1.75389.

Full text
Abstract:
भाषा तथा भाषिक भेदका विविधता तथा तिनको प्रयोगावस्थाका बारेमा तथ्यपरक खोज विश्लेषण गरी तिनको संरक्षण तथा संबर्धन गर्दै संस्कृति र सामाजिक मान्यताको पनि प्रवर्धन गर्नु आवश्यक छ । प्रस्तुत लेखको प्रमुख उद्देश्य सुदूरपश्चिम प्रदेशमा प्रयोगमा रहेका भाषाको अवस्था उल्लेख गरी वर्गीकरण गर्नु हो । परिमाणात्मक ढाँचामा तयार पारिएको यस लेखको प्रस्तुति वर्णनात्मक प्रकृतिको छ । यस लेखमा राष्ट्रिय तथ्याङ्क कार्यालयबाट भाषिक तथ्याङ्क मुख्य सामग्री बनेका छन् । त्यस्तै भाषा आयोग एवम् सम्बद्ध विभिन्न स्रोत सामग्रीबाट समेत सूचना सङ्कलन गरिएको छ । प्रस्तुतिलाई सरल एवम् बोधगम्य बनाउन तथ्यलाई तालिका तथा चित्रमा प्रस्
APA, Harvard, Vancouver, ISO, and other styles
27

गौतम, वासुदेव. "नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना". Pragyaratna प्रज्ञारत्न 6, № 1 (2024): 96–109. http://dx.doi.org/10.3126/pragyaratna.v6i1.64541.

Full text
Abstract:
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भारोपेली भाषा परिवारे एक हो । यसै परिवारभित्र बोलिने भाषा हो माझी भाषा । यो भाषाका बक्ताहरु वि.सं. २०७८ सालको जनगणनाअनुसार करिब १० हजार अर्थात् ०.०१२ प्रतिशत छन् । यो भाषाका वक्ताहरु विभिन्न नदीका किनारमा छरिएर बसेबास गर्दै आएका छन् । यिनीहरु माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । माझीहरुले बोल्ने भाषा भएकाले यो भाषाको नाम माझी भाषा रहेको छ । यो भाषा पिछडिएको भाषाको वर्गमा पर्दछ । त्यसैले यो भाषाको बारेमा कँही
APA, Harvard, Vancouver, ISO, and other styles
28

चौलागाईं Chaulagai, प्रेमप्रसाद Prem Prasad. "नेपाली भाषामा हुने गरेका त्रुटि, कारण र निराकरणका उपायहरू". Medha: A Multidisciplinary Journal 7, № 1 (2024): 25–38. https://doi.org/10.3126/medha.v7i1.73909.

Full text
Abstract:
प्रस्तुत लेख नेपाली भाषामा हुने गरेका त्रुटिको पहिचान, त्रुटि हुनुका कारणका साथै तिनको निराकरणका उपायको निर्क्योलमा केन्द्रित छ । यसैले यस लेखमा पहिचानात्मक, विश्लेषणात्मक र निदानात्मक विधिमा आधारित भई नेपाली भाषाका विभिन्न सामग्रीबाट त्रुटिको सङ्कलन, तिनका शुद्ध रूपको विन्यासका साथै त्रुटि हुनुका कारण र तिनको निराकरणका उपायको खोजी गरिएको छ । शुद्ध रूपको विन्यासका लागि नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित शब्दकोश र व्याकरणका पछिल्ला संस्करणलाई आधार बनाइएको छ । अध्ययनका क्रममा नेपाली भाषाका अधिकांश सामग्रीमा त्रुटि भएको पाइएको र ती त्रुटि हुनुमा भाषिक अज्ञान, भाषाप्रयोगका दृष्टिले आदर्श मानिएका
APA, Harvard, Vancouver, ISO, and other styles
29

Adhikari, Baburam. "आर्यभाषाको विकास र नेपाली भाषाको उद्भव". Prithvi Darpan पृथ्वी दर्पण 7, № 1 (2025): 14–27. https://doi.org/10.3126/pdj.v7i1.78395.

Full text
Abstract:
भारोपेली भाषाका वक्ताहरू युराल पर्वतको दक्षिण पूर्वमा अवस्थित किर्गिजको मैदानबाट छुट्टिएर भारतइरानेली शाखाका रूपमा एउटा हाँगो पूर्वतिर लाग्यो । त्यो हाँगो पनि इरानेलीहरूबाट अलग्गिएर इ.पू.१५०० तिर आर्यहरू भारत प्रवेश गरे पश्चात् नै आर्यभाषाको जन्म भएको हो । आर्यहरूले आफ्नाज्ञानलाई टिपोट गर्न अपनाएको वैदिक र लौकिक संस्कृत भाषा नै उत्तरोत्तर परिवर्तन हुँदै जनभाषाकारूपमा विस्तार हुँदा प्राकृत र अपभ्रंश भाषा जन्मेका हुन् । यिनै भाषाको एउटा भेद खस भाषा नैनेपाली भाषाको मूल आधार हो तापनि नेपाली भाषाको माउ भाषा चाहिँ प्राचीन आर्यभाषा अर्थात्संस्कृत भाषा नै हो । यसरी संस्कृतबाट प्राकृत र प्राकृतबाट काला
APA, Harvard, Vancouver, ISO, and other styles
30

Neupane, Bishnu. "नेपाली भाषाको मानकीकरण र आधुनिकीकरण". Journal of Development Review 8, № 2 (2023): 20–29. http://dx.doi.org/10.3126/jdr.v8i2.59210.

Full text
Abstract:
नेपाली भाषाको मानकीकरण र आधुनिकीकरण शीर्षकको यस लेखमा नेपाली भाषाको विकासका क्रममा भएका कार्यहरूमध्ये व्याकरणलेखन, साहित्यलेखन, कोशनिर्माण, पठनपाठन, अनुसन्धान, पत्रपत्रिका प्रकाशन र भाषिक आन्दोलन तथा अभियानहरूजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ । विक्रमको दसौँ शताब्दीदेखि आजसम्मको नेपाली भाषाको विकासको इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न कामहरू भएका छन् । यिनै कामहरू केकसरी अगाडि बढे भन्ने मूल समस्यामा यो लेख केन्द्रित छ । नेपाली भाषा बहुसङ्ख्यक नेपालीको मातृभाषा, नेपालभित्र बोलिने विभिन्न भाषाहरूको सम्पर्क भाषा, नेपालको राष्ट्रभाषा, नेपाल राज्यभित्र सरकारी काजकाजको भाषा हो । यसको व
APA, Harvard, Vancouver, ISO, and other styles
31

शर्मा Sharma, सुकुम Sukum. "गुरुङ भाषाको साहित्यिक रूपरेखा Gurung Bhashako Sahityik Ruprekha". Curriculum Development Journal, № 42 (6 грудня 2020): 115–24. http://dx.doi.org/10.3126/cdj.v0i42.33240.

Full text
Abstract:
गुरुङ भाषा भोट चिनियाँँ परिवारअन्तर्गत भोटबर्मेली शाखाभित्र पर्दछ । यस भाषामा साहित्य लेखन आरम्भ भएको आधा शताब्दी भए पनि यस भाषाको साहित्यिक रूपरेखाको खोजी प्रारम्भिक नै रहेको छ । यस लेखमा गुरुङ भाषाको साहित्यिक रूपरेखाबारे खोजी गर्दै गुरुङ भाषाको अध्ययनको पृष्ठभूमि, लोकसाहित्यको आधार, गुरुङ भाषामा साहित्य लेखन तथा विकास, गुरुङ भाषाका प्रमुख साहित्यिक प्रतिभा र विधागत उपलब्धि तथा गुरुङ भाषामा साहित्यको वर्तमान स्थितिबारे चर्चा गरिएको छ । गुरुङ भाषामा साहित्य लेखन आरम्भ भए पनि पर्याप्त साहित्य सिर्जना हुन नसकेको यथार्थ यस लेखका निष्कर्षमा प्रस्तुत छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
32

पहाडी Pahadi, ढुण्डिराज Dhundiraj. "व्याकरणको व्यावहारिक शिक्षणमा पाठ्यरचनाको प्रयोग". Patan Pragya 12, № 01 (2023): 157–65. http://dx.doi.org/10.3126/pragya.v12i01.61646.

Full text
Abstract:
व्याकरण भनेको भाषाको नियम हो । भाषाका वर्ण, रूप, पद, पदावली, वाक्य आदिमा अन्तर्निहित व्यवस्थालाई व्याकरण भनिन्छ । विश्वका विभिन्न देशमा विकसित सबै भाषा व्यवस्थित हुने भएकाले ती भाषामा आफ्ना मौलिक व्याकरण पाइन्छन् । नेपाली भाषाको पनि आफ्नै मौलिक र विशिष्ट व्यवस्था छ । नेपाली भाषाको यो विशिष्ट व्यवस्थाको अध्ययन प्रयोगबाट गरिन्छ । नेपाली भाषाको प्रयोगका विविध क्षेत्र छन् । तीमध्ये पठनपाठनका क्षेत्रमा प्रयोग हुने नेपाली भाषाको व्याकरण शिक्षणलाई रचनामुखी, प्रयोगमुखी र व्यावहारिक कसरी बनाउन सकिन्छ भन्ने विमर्शमा प्रस्तुत लेख केन्द्रित छ । त्रिभुवन विश्वविद्यालयको चारबर्से स्नातक तहमा पढाइ हुने अनिवा
APA, Harvard, Vancouver, ISO, and other styles
33

चौलागाईं Chaulagain, प्रेमप्रसाद Prem Prasad. "नेपालीका प्राथमिक कालीन अभिलेखमा प्रयुक्त सन्दर्भ र भाषा". Saraswati Sadan सरस्वती सदन 11, № 01 (2025): 80–92. https://doi.org/10.3126/ss.v11i01.73632.

Full text
Abstract:
प्रस्तुत लेख नेपाली भाषाका प्राथमिक कालीन अभिलेखमा प्रयुक्त सन्दर्भ र भाषाको सम्बन्धको विश्लेषणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको यस लेखमा व्याख्यात्मक र विश्लेषणात्मक विधिको उपयोग गरी नेपाली भाषाका प्राथमिक कालीन अभिलेखमा प्रयुक्त भाषाका माध्यमबाट नेपालको तत्कालीन सन्दर्भ र भाषाको सम्बन्धको निक्र्योल गरिएको छ । अभिलेखमा प्रयुक्त सन्दर्भ र भाषागत सम्बन्धको विश्लेषणका लागि सैद्धान्तिक पर्याधारका रूपमा भाषाविद् जे. आर. फर्थ र एम.ए.के. ह्यालिडेद्वारा प्रस्तुत भाषाप्रयोगको परिस्थितिगत सन्दर्भ र संस्कृतिगत सन्दर्भलाई मुख्य आधार बनाइएको छ । परिस्थितिगत सन्दर्भ र संस्कृतिगत सन्दर्भका आधारमा भाषिक सं
APA, Harvard, Vancouver, ISO, and other styles
34

आचार्य, ओमप्रकाश. "जुम्ली भाषामा वाक्यसङ्गति". Journal of Tikapur Multiple Campus 8 (28 лютого 2025): 183–202. https://doi.org/10.3126/jotmc.v8i8.75981.

Full text
Abstract:
जुम्ली भाषा नेपाली भाषाको उत्पत्तिस्थल हाल कर्णाली प्रदेशको सिँजादराको जुम्ला जिल्लामा बोलिने भाषा हो । यो भारोपेली भाषा परिवारको भारत इरानेली शााखाबाट भारत आर्य उत्तरीक्षेत्रको पहाडी भेद हो । जुम्ली खस भाषामा वाक्य व्यवस्था कस्तो छ ? जुम्ली खस भाषामा वाक्य सङ्गतिगत व्यवस्था कस्तो रहेको छ ? भन्ने कुराको खोजी गर्नु नै यस अध्ययनको मुख्य समस्या हो । जुम्ली खस भाषाको वाक्य सङ्गतिगको अध्ययन गरिनु नै यस लेखको प्रमुख उद्देश्य हो । जुम्ली खस भाषाको वाक्य व्यवस्थाको अध्ययन गर्नु यस लेखको अध्ययनको थप उद्देश्य हो । जुम्ली भाषामा रहेको कर्ता (उद्देश्य) र क्रिया (विधेय) को सङ्गति, विशेष्य विशेषणको सङ्गति,
APA, Harvard, Vancouver, ISO, and other styles
35

खनाल Khanal, राजेन्द्र Rajendra. "लैङ्गिक दृष्टिमा सलिजो उपन्यासको भाषा laingik Drishtima Sajilo Upanyasko Bhasha". Interdisciplinary Research in Education 4, № 1 (2019): 99–110. http://dx.doi.org/10.3126/ire.v4i1.25739.

Full text
Abstract:
लैङ्गिक समालोचनाको प्रमुख पक्ष लैङ्गिकताको भाषाका विविध सन्दर्भहरूको परिचय दिई ‘सलिजो’ उपन्यासमा प्रयुक्त भाषाको लैङ्गिक दृष्टिले विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । प्रस्तुत लेखमा लैङ्गिकताको भाषाका विविध स्वरूपहरूलाई उदाहरणसहित प्रस्तुत गरिएको छ । त्यस्तै, ‘सलिजो’ उपन्यासमा प्रयोग गरिएको भाषाको लैङ्गिक दृष्टिले मूल्याङ्कन गरिएको छ । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्री सङ्कलन गरी सलिजो उपन्यासलाई प्राथमिक स्रोत तथा विभिन्न सैद्धान्तिक ग्रन्थलाई द्वितीयक स्रोत सामग्रीका रूपमा लिइएको यस लेखमा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । ‘सलिजो’ उपन्यासबाट लैङ्गिकताको भाषाका सन्दर्भसँग सम्
APA, Harvard, Vancouver, ISO, and other styles
36

अधिकारी Adhikari, भगवती Bhagawati. "भाषाहरूको विकसित र विकासशील अवस्था". Samaj Anweshan समाज अन्वेषण 2, № 2 (2025): 102–12. https://doi.org/10.3126/anweshan.v2i2.74188.

Full text
Abstract:
प्रस्तुत अध्ययन नेपालमा बोलिने विकसित र विकासशील भाषाको स्तरगत अवस्था निक्र्योल गर्नु प्रमुख उद्देश्यमा केन्द्रित रहेर गरिएको छ । भाषाको स्तरगत वर्गीकरणअन्तर्गत विकसित र विकासशील भाषाको अवस्था साथै प्रयोग व्यवहारसमेत अध्ययन गरिएको छ । निर्दिष्ट भाषाका वक्ता संख्या र विभिन्न सूचक शिक्षा, स्वास्थ, साहित्य, सञ्चार, प्रशासन, कृषि, कानुन, विज्ञान प्रविधि, कला, धर्म, संस्कृति, इतिहासका आधारमा विकसित र विकासशील अवस्थाको स्तरमा व्याख्या विश्लेषण गरिएको छ । नेपालको राष्ट्रिय जनगणना पहिलो तथा आधिकारिक तथ्याङ्क वि.सं. २०११ देखि २०७८ सालसम्मको तथ्याङ्कलाई प्रतिशतका आधारमा तालिकामा उल्लेख गरिएको छ । प्रथमत
APA, Harvard, Vancouver, ISO, and other styles
37

निरौला, यज्ञेश्वर. "नेपाली भाषामा व्याकरणात्मक परिवर्तन". Humanities and Social Sciences Journal 14, № 2 (2023): 137–47. http://dx.doi.org/10.3126/hssj.v14i2.58105.

Full text
Abstract:
परम्परागत रूपमा रूपतŒव र वाक्यतŒव दुवैमा कालक्रममा देखापरेको परिवर्तन नै व्याकरणात्मक परिवर्तन हो । व्याकरणत्मक परिवर्तन ऐतिहासिक भाषाविज्ञानको महŒवपूर्ण अध्ययन क्षेत्र हो । व्याकरण, व्याकरणात्मक परिवर्तन, भाषिक परिवर्तन, व्याकरणीकरण, भाषाका विभिन्न पक्षको विश्लेषणका सन्दर्भहरू आदि ऐतिहासिक भाषाविज्ञान अध्ययनका आयामहरू हुन् । यी विभिन्न आयामहरूमध्ये यस शोधलेखमा नेपाली भाषामा देखिएको व्याकरणात्मक परिवर्तनलाई अध्ययनको विषयवस्तु बनाइएको छ । ऐतिहासिक भाषाविज्ञानको अध्ययनअन्तर्गत पर्ने हुनाले प्रस्तुत अनुसन्धानमा वर्णनात्मक भाषाविज्ञानको अध्ययनका क्रममा हुने क्षेत्रीय पद्धतिबाट सामग्री सङ्कलन गरिएक
APA, Harvard, Vancouver, ISO, and other styles
38

भट्ट, डा मोहन प्रसाद. "व्यतिरेक वितरणका आधारमा ब्याँसीभाषाका वर्ण निर्धारण byatirek bitaranka aadhaarmaa byaasibhaasaaka barna nirdhaaran". Siddhajyoti Interdisciplinary Journal 2, № 01 (2021): 100–113. http://dx.doi.org/10.3126/sij.v2i01.39244.

Full text
Abstract:
प्रस्तुत लेख व्यासी ‘रं’ शौका भाषाको व्यतिरेक वितरणका आधारमा ब्यासी भाषाको वर्ण निर्धारणमा केन्द्रित छ । ब्याँसी भाषा चिनियाँ–तिब्बती भाषा परिवारको पश्चिमी हिमाली अन्तर्गत पर्ने शौका ‘रं’ समुदायको भाषा हो । ब्याँसी भाषामा ६ ओटा स्वर वर्ण र २९ वटा व्यञ्जन वर्ण रहेका पाइन्छन् । यी सबै वर्णहरूमा व्यतिरेक रहेको पाइन्छ । प्रस्तुत लेखमा ब्याँसी भाषाका छ वटा स्वर वर्णलाई जिब्राको उचाइ, जिब्राको सक्रियता र ओठको गोलाइका आधारमा व्यतिरेक गरी वर्ण निर्धारण गरिएको छ । २९ वट२९ वटा व्यञ्जन वर्णलाई उच्चरण स्थान, उच्चारण प्रयत्न, घोषत्व र प्राणत्वका आधारमा व्यतिरेक गरी वर्ण निर्धारण प्रक्रियाको विश्लेषण गरी नि
APA, Harvard, Vancouver, ISO, and other styles
39

भट्टराई Bhattarai, रवीन्द्र Rabindra. "नेपाली भाषामा भाषिक आगमन". K. M. C. Nepali journal के. एम. सी. नेपाली जर्नल 5, № 5 (2024): 100–108. https://doi.org/10.3126/kmcnj.v5i5.73757.

Full text
Abstract:
नेपाल बहुभाषिक मुलुक हो र नेपाली भाषा नेपालको मातृभाषा, सम्पर्क भाषा र सरकारी कामकाजको मूलअभिलेखी भाषा हो । नेपाली मौलिक भाषा हुनाले यो उत्पादनशील र परिवर्तशील छ । मौलिक भाषामा अरूभाषाबाट हुने भाषिक तत्त्वहरूको विप्रेषणलाई आगमन भनिन्छ । आगमनमा विभाषाका शब्द मात्र स्वभाषामा छिर्ने होइनन् व्याकरणिक नियम नै पनि छिर्छन् । नेपाली भाषाको कथ्य र लेख्य दुवै रूपमा भाषिक आगमनवर्ण, शब्द र व्याकरणिक नियमका तहमा भइआएको छ । नेपाली शब्दभण्डारमा सजातीय, विजातीय, स्वदेशीर विदेशी शब्दहरूको अपरिवर्तित र परिवर्तित आगन्तुक शब्द प्रशस्तै भित्रेका छन् । आगमनको शब्दका तहको प्रभाव नेपालीमा अनुकूल र प्रतिकूल दुवै किसिम
APA, Harvard, Vancouver, ISO, and other styles
40

श्रेष्ठ Shrestha, मीना Mina. "नेपाली व्याकरण शिक्षण: समस्या र समाधान". Journal of Aadikavi 12, № 1 (2024): 27–38. http://dx.doi.org/10.3126/joaa.v12i1.65845.

Full text
Abstract:
व्याकरण भाषाको आत्मा एवम् भाषिक अनुशासन सिकाउने शास्त्र हो । शरीरमा नसाको महत्व भएझैं भाषाका लागि व्याकरणको महत्व हुन्छ । व्याकरणिक सुझ र व्यवहार तथा विशुद्ध प्रयोग अभ्यासहरूबाट व्याकरण सम्मत शुद्ध भाषाको प्रयोग गर्न सकिन्छ । भाषा शिक्षणमा व्याकरणलाई पनि एक विशिष्ट भाषिक विषयवस्तुका रूपमा ग्रहण गरेर शिक्षण गर्ने प्रचलन रहेको छ । यसको शिक्षणबाट सम्पूर्ण विद्यार्थीहरूमा हुने भाषा प्रयोगको त्रुटि वा अशुद्धिलाई निर्मूल पार्न सकिन्छ । भाषाबिना व्याकरणको कल्पना गर्न नसकिने भएकाले व्याकरणलाई भाषाबाट पृथक गरी जटिल तरिकाले शिक्षण गर्न खोज्दा भाषा शिक्षणमा कृत्रिमता आई अवैज्ञानिक र अव्यावहारिक तरिका अवल
APA, Harvard, Vancouver, ISO, and other styles
41

सुवेदी Subedi, अञ्चला Anjala. "लौकिक संस्कृतमा भाषिक चिन्तनको परम्परा {Traditions of Linguistic Thought in Classical Sanskrit}". Damak Campus Journal 11, № 1 (2023): 143–50. http://dx.doi.org/10.3126/dcj.v11i1.63490.

Full text
Abstract:
मानव सभ्यताको विकाससँगै भाषाको विकास भएको थियो । भाषिक अध्ययनको पूर्वीय परम्परा संस्कृतबाट भएको पाइन्छ । पाश्चात्य जगत्मा पनि विभिन्न भाषाहरूसँग नजिक रहेर भाषिक चिन्तन गरिएको पाइन्छ । प्रस्तुत अध्ययनमा लौकिक संस्कृत भाषिक चिन्तन सम्बन्धी के कस्ता काम भएका छन् र कति कार्य भएका छैनन् भनी खोज गर्नु नै समस्याको रूपमा लिइएको छ भने लौकिक संस्कृतको भाषिक चिन्तन परम्पराको विश्लेषण गर्नु, उक्त अध्ययनको उद्देश्य रहेको छ । यस अध्ययन गुणात्मक अनुसन्धान ढाँचाम प्रस्तुत गरिएको छ । यस अनुसन्धानमा विभिन्न पुस्तक, ग्रन्थ, लेख आदिलाई अध्ययनमा सूचना सङ्कलनको आधार बनाइएको छ । यस अनुसन्धानमा सूचनाहरू पूर्ण रुपमा द
APA, Harvard, Vancouver, ISO, and other styles
42

Neupane, Mahendra. "गण्डकी प्रदेशका मातृभाषाहरूको वितरण, अवस्था र दिशा". Prithvi Darpan पृथ्वी दर्पण 7, № 1 (2025): 106–19. https://doi.org/10.3126/pdj.v7i1.78457.

Full text
Abstract:
भाषा मानवीय विचार अभिव्यक्तिको माध्यम तथा संस्कृति, सभ्यता र पहिचानको प्रमुख आधार हो ।कुनै पनि राज्य तथा क्षेत्रको भाषिक विविधता त्यहाँको अमूल्य सांस्कृतिक निधिका रूपमा रहेको हुन्छ। प्रस्तुत लेख गण्डकी प्रदेशका मातृभाषाहरूको वितरण, अवस्था र दिशा पहिचान गर्ने उद्देश्यमा केन्द्रितरहेको छ । यो लेख परिमाणात्मक अनुसन्धान ढाँचामा आधारित छ । राष्ट्रिय जनगणनाको भाषिक तथ्याङ्कलाई सामग्रीका रूपमा उपयोग गरिएको छ । लेखमा गण्डकी प्रदेशका मातृभाषाको तथ्याङ्कप्रस्तुत गर्नाका साथै ती भाषाहरूको जिल्ला, पालिका, भूगोल, परिवारका आधारमा वितरण प्रस्तुतगर्नाका साथै अवस्था र दिशा पहिचान गरिएको छ । यस क्रममा तालिका र
APA, Harvard, Vancouver, ISO, and other styles
43

गुरागाईँ Guragain, यज्ञप्रसाद Yagyaprasad. "नेपाली र आठपहरिया भाषाको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन Nepali ra Aathpahariya Bhashako Sangatiko Tulanatmak Adhyayan". Dristikon: A Multidisciplinary Journal 10, № 1 (2020): 361–71. http://dx.doi.org/10.3126/dristikon.v10i1.34598.

Full text
Abstract:
यस लेखमा नेपालमा बोलिने नेपालको मुख्य भाषा नेपाली र धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा बसोवासगर्दै आएका आठपहरिया जातिको आठपहरिया भाषाको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन गरिएको छ ।सङ्गति व्यवस्था भन्नाले कर्ता र क्रियाबीचको, विशेषण र विशेष्यबीचको, नाम र सर्वनामबीचको, कोटिकर रअन्य शब्दका बिचको तथा क्रियोयोगी र क्रियाबीचको मेललाई बुझिन्छ । हरेक भाषाका आआफ्नै व्यवस्था हुनेभएकाले यी दुई भाषाका बीचमा के कस्तो सङ्गति व्यवस्था रहेको छ भन्ने प्रश्नको समाधान यहाँ खोजिएको छ ।तसर्थ यहाँ उक्त भाषाहरूका बीचमा भएको सङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन गरी निचोड प्रस्तुत गर्नु यसलेखको उद्देश्य रहेको छ । यस अध
APA, Harvard, Vancouver, ISO, and other styles
44

Acharya, Omprakash. "नेपाली भाषाशिक्षणमा प्रचलित भाषिक परीक्षण परिपाटी र सुधारका पक्ष". Spandan 13, № 1 (2023): 19–27. https://doi.org/10.3126/spandan.v13i1.75509.

Full text
Abstract:
प्रस्तुत अध्ययन नेपाली भाषा शिक्षणमा प्रचलित भाषिक परीक्षण परिपाटी र यसका सुधारका पक्षसँग सम्बन्धित भएर गरिएको अध्ययन हो । नेपाली भाषाको शिक्षण सिकाइमा भाषिक परीक्षण परिपाटी कस्तो छ ? प्रचलित परिपाटीबाट परीक्षण पर्याप्त छ कि छैन ? शिक्षण परीक्षणमा देखिएको अभाव परिपूर्ती गर्न, प्रभावकारी बनाउन थप सुधारका पक्ष के के हुनसक्छन् ? भन्ने समस्यामा केन्द्रित भएर प्रचलित परीक्षण परिपाटीको अध्ययन गर्नु, शिक्षण अनुरुप परीक्षण प्रभावकारिताको खोजी गर्दै सुधारका पक्षहरु पहिल्याउनु यस अध्ययनको उद्देश्य हो । नेपाली भाषा शिक्षणको उद्देश्यअनुरुप शिक्षण नभएर नेपाली विषका रुपमा शिक्षण सिकाइ हुने परिपाटीले भाषिक प
APA, Harvard, Vancouver, ISO, and other styles
45

अर्याल Aryal, पदमप्रसाद Padamprasad. "दनुवारी र नेपाली भाषाका क्रियापदको तुलना {Comparison of Danuwari and Nepali language verbs}". Pragyajyoti 4, № 1 (2021): 130–39. http://dx.doi.org/10.3126/pj.v4i1.45203.

Full text
Abstract:
विभिन्न जातजातिको सङ्गमस्थल नेपालका १२३ भाषाहरूमध्ये दनुवार जाति र यसको भाषापनि एक राष्ट्रिय भाषा हो । दनुवारी भाषी नेपालका सातै प्रदेशमा छरिएर बसेका भए पनि यिनकोमुख्य उद्गम स्थल र अधिक सङ्ख्यामा बसोवास चाहिँ वाग्मती प्रदेशमा नै भएको तत्थ्याङ्क पाइन्छ ।यो भाषा भारोपेली भाषा परिवारको मागधीवर्गबाट विकिसित भएको हो । कुनै पनि भाषाकोअभिव्यक्ति क्षमता शब्दभण्डारको क्षमतामा निर्भर रहन्छ । विश्वका हरेक जातिका भाषिक प्रयोगमात्यस भाषाका शब्दवर्गको महत्त्वपूर्ण स्थान हुन्छ । सञ्चारसामथ्र्यको मापन गर्ने मूलआधार पनिशब्दस्रोत नै हो । शब्दहरूको सम्पन्नता र अर्थवहन क्षमताले भाषालाई जीवन्त बनाउँछ । परम्परित रभ
APA, Harvard, Vancouver, ISO, and other styles
46

मल्ल, महेन्द्रकुमार. "‘झरेको पात’ उपन्यासमा आञ्चलिकता". Siddhajyoti Interdisciplinary Journal 4, № 1 (2023): 177–90. http://dx.doi.org/10.3126/sij.v4i1.54145.

Full text
Abstract:
कुनै खास स्थान विशेषको सामाजिक, सांस्कृतिक, प्राकृतिक, वेषभूषा, रहनसहन, पात्रीय मनोदशा, भौगोलिक, आर्थिक, भाषिक, राजनीतिक, ऐतिहासिक आदि विविध पक्षको विशिष्ट अङ्कन अङ्कन गर्नुलाई आञ्चलिकता भनिन्छ । ‘झरेको पात’ उपन्यासमा पनि यस्ता स्थानीय रङहरूलाई विशिष्ट एवं सूक्ष्म ढङ्गले चित्रण गरिएको छ । यस अध्ययनमा गुणात्मक विधिको उपयोग गरिएको छ । यसमा दैलेख जिल्लादेखि सुर्खेत हुँदै बर्दिया र टीकापुरसम्मको भौगोलिक, प्राकृतिक, सामाजिक, राजनीतिक, ऐतिहासिक, आर्थिक, भाषिक पक्ष, वेषभूषा, रहनसहन, प्रथा, परम्परा, स्थानीय मनोदशा आदिको सूक्ष्म अङ्कन गरेको छ । आञ्चलिकताको परिचय र अर्थ बताउनु एवम् ‘झरेको पात’ उपन्यासला
APA, Harvard, Vancouver, ISO, and other styles
47

दावा शेर्पा. "मुनामदन खण्डकाव्यको समाज भाषिक अध्ययन". Interdisciplinary Research in Education 8, № 1 (2023): 39–47. http://dx.doi.org/10.3126/ire.v8i1.56725.

Full text
Abstract:
समाज भाषिक अध्ययन विशेषतः समाजशास्त्र, मानवशास्त्र र मानवीय समाजका सम्पूर्ण पक्षको सांस्कृतिक प्रतिमान, सम्भावना र सन्दर्भसहित भाषामाथिको अध्ययन हुन्छ । खण्डकाव्यका पत्राहरूको प्रयुक्त भाषाका आधारमा समाज र भाषा तथा भाषा र संस्कृतिको अध्ययन गरिएको छ । तसर्थः मुना, मदन, नैनी फुपु, आमा, भोटे र गुन्डाद्वारा प्रयुक्त भाषिक सञ्चारमा भाषाको समाजपरक र समाजको भाषापरक अध्ययन गरिएको छ । समाज भाषिक सिद्घान्तअनुसार मानिसको सोच्ने प्रक्रिया भाषाले निर्धारण गर्दछ, जसलाई भाषिक सापेक्षतावाद भनिन्छ । यहीँ सिद्घान्त नै ‘मुनामदन’को साहित्य, साहित्यकार र समाजशास्त्रीय भाषिक अध्ययनका आधार हुन् । यसमा प्रकृतिक, ईश्व
APA, Harvard, Vancouver, ISO, and other styles
48

तिमिल्सिना, यमनाथ. "खससाम्राज्यको नेपाली अभिलेखन : सर्वेक्षण, चुनौती र निकास". Janapriya Journal of Interdisciplinary Studies 11, № 1 (2022): 119–32. http://dx.doi.org/10.3126/jjis.v11i1.53920.

Full text
Abstract:
‘खससाम्राज्यको नेपाली अभिलेखन : सर्वेक्षण, चुनौती र निकास’ शीर्षकको यो आलेख नेपाली लेख्यपरम्पराको थालनीदेखि खससाम्राज्यको विघटनपूर्वका अभिलेखको अध्ययनमा केन्द्रित छ । पुस्तकालयबाट आवश्यक द्वितीयक सामग्री सङ्कलन गरी निगमनात्मक तथा वर्णनात्मक विधिको प्रयोग गर्दै भाषाविज्ञानका जानकार व्यक्तिहरूसँग छलफल गरेर आलेखलाई पूर्णता दिइएको हो । यहाँ नागराज र खस जातिका मानिस तिब्बतबाट कर्णाली प्रदेशको जुम्लास्थित सिंजा उपत्यकामा आई खससाम्राज्यको स्थापना गरेर जनसाधारणको खस बोलीलाई अभिलेखन गरी राजकीय मान्यता दिएको तथ्य अघि सारिएको छ । अग्रज विद्वान्हरूको पूर्वकार्यको विवरण पेस गर्दै अध्ययन हुन बाँकी रहेको विष
APA, Harvard, Vancouver, ISO, and other styles
49

गोकर्ण जोशी Gokarna Joshi. "दार्चुलेली र बैतडेली भाषाको तुलनात्मक अध्ययन". Sotang, Yearly Peer Reviewed Journal 5, № 1 (2023): 14–27. http://dx.doi.org/10.3126/sotang.v5i1.65058.

Full text
Abstract:
भाषा मानवीय विचार विनिमयको सबैभन्दा प्रभावकारी र वैज्ञानिक माध्यम हो । नेपालमा हाल १२४ मातृभाषा बोलिन्छन् । यी भाषाहरूमध्ये सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको अधिकांश ठाउँहरूमा दार्चुलेली भाषा प्रयोग व्यवहारमा रहेको छ भने बैतडेली जिल्लाको अधिकांश भागमा बैतडेली भाषा प्रयोग व्यवहारमा रहेको छ । प्रस्तुत लेखको उद्देश्य दार्चुलेली र बैतडेली भाषामा रहेको समानता र असमानता पत्ता लगाउनु रहेको छ । उल्लिखित उद्देश्य प्राप्तिका लागि गुणात्मक अनुसन्धान विधिको उपयोग गरिएको छ । यसका लागि तुलनात्मक भाषाविज्ञानको समकालीन पद्धतिअनुरूप आधारभूत शब्दसूचीका आधारमा दार्चुलेली भाषा र बैतडेली भाषाको तुलनात्मक अध्य
APA, Harvard, Vancouver, ISO, and other styles
50

पौडेल Poudel, शेषकान्त Sheskanta. "व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता". Dibyajyoti Journal 6, № 1 (2024): 175–90. http://dx.doi.org/10.3126/dj.v6i1.72092.

Full text
Abstract:
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाषाको व्याकरणमा उपलव्ध विकल्पहरूका सूचीमध्ये कुनै एउटा विकल्पको छनौट हो र यस प्रकारका विकल्पहरूको व्यवस्थापन तथा प्रकार्यको विश्लेषणमा केन्द्रित भएकाले यो व्याकरणलाई व्यवस्थापरक व्याकरण भनिएको हो । भाषाको विश्लेषणमा सामाजिक सन्दर्भको प्रयोग गर्ने, भाषिक व्यवस्थाको विश्लेषण गर्ने सन्दर्भमा सैद्घान्तिक र वर्णनात्मक कोटिका माध्यमबाट भाषिक व्यवस्थाको सूक्ष्म विश्लेषण गर्ने, वस्तु रूप र स्थितिजस्ता कार्यमूलक तह तथा अन्र्ततह
APA, Harvard, Vancouver, ISO, and other styles
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!