Academic literature on the topic 'लेख्य'

Create a spot-on reference in APA, MLA, Chicago, Harvard, and other styles

Select a source type:

Consult the lists of relevant articles, books, theses, conference reports, and other scholarly sources on the topic 'लेख्य.'

Next to every source in the list of references, there is an 'Add to bibliography' button. Press on it, and we will generate automatically the bibliographic reference to the chosen work in the citation style you need: APA, MLA, Harvard, Chicago, Vancouver, etc.

You can also download the full text of the academic publication as pdf and read online its abstract whenever available in the metadata.

Journal articles on the topic "लेख्य"

1

Dahal, D. "तिब्बती शरणार्थी विद्यार्थीको लेख्य नेपाली भाषा". SP Swag: Sudur Pashchim Wisdom of Academic Gentry Journal 1, № 1 (2024): 85–96. http://dx.doi.org/10.69476/sdpr.2024.v01i01.008.

Full text
Abstract:
‘तिब्बती शरणार्थी विद्यार्थीको लेख्ने नेपाली भाषा’ शीर्षकको प्रस्तुत अध्ययनमा कक्षा दशमा अध्ययनरत तिब्बती शरणार्थी विद्यार्थीहरूको लेखनका आधारमा उनीहरूको नेपाली भाषाको लेखाइका क्रममा पाइने मात्रागत, चन्द्रविन्दु, वर्णगत, शब्द लोपगतका साथै थपोटगत, वर्णविन्यासगत, कोड मिश्रण, लिपिगत र शब्द प्रयोगगत अवस्थालाई विश्लेषण गरिएको छ । उनीहरूले नेपाली भाषाको अकार र आकार क्षेत्रमा लोपगत र थपोटगत दुवै प्रकारको प्रयोग गरेको देखिन्छ । यसले उनीहरूमा नेपालीको अकार आकार सिकाइमा कठिनाइ देखापर्ने स्पष्ट हुन्छ । यस्तै यिनीहरूको नेपाली भाषाको लेखाइका क्रममा चन्द्रविन्दुको प्रयोगमा पनि लोपको स्थिति देखियो । यिनीहरूले नेपाली भाषाको ह्रस्वदीर्घ, श, ष, स को प्रयोग, ए, य को प्रयोग, ब र भ को प्रयोग, द, ध को प्रयोगमा पनि अलमलिएको पाइयो । यिनीहरूले नेपाली भाषाको लेखनका क्रममा धेरै अङ्ग्रेजी शब्दको मात्र प्रयोग नगरेर कतै कतै देवनागरी लिपिका सट्टामा रोमन लिपिको पनि प्रयोग गरेको पाइयो । यिनीहरूले ‘देखिन्छ’ लाई ‘देखनोछ’, ‘जान दिन्छ’ लाई ‘जनादिन्छ’ ‘प्रमुख’ लाई ‘प्रामोक’, ‘प्रधानाध्यापक’ लाई ‘प्राधानादपक’ जस्ता आफ्नै प्रकृतिका शब्द निर्माण गरी प्रयोग गरेको पनि पाइयो । शब्दकुञ्जिः भारोपेली, भोटबर्मेली, समभाषिक, पहिलो भाषा, दोस्रो भाषा, शब्दप्रयोग, कोड मिश्रण, कोड परिवर्तन, शब्दभण्डार, लिपि, वर्णविन्यास, लोप, थपोट ।
APA, Harvard, Vancouver, ISO, and other styles
2

Dahal, D.P. "तिब्बती शरणार्थी विद्यार्थीको लेख्य नेपाली भाषा". SP Swag: Sudur Pashchim Wisdom of Academic Gentry Journal 1, № 1 (2024): 85–96. https://doi.org/10.5281/zenodo.11062898.

Full text
Abstract:
<em>&lsquo;तिब्बती शरणार्थी विद्यार्थीको लेख्ने नेपाली भाषा&rsquo; शीर्षकको प्रस्तुत अध्ययनमा कक्षा दशमा अध्ययनरत तिब्बती शरणार्थी विद्यार्थीहरूको लेखनका आधारमा उनीहरूको नेपाली भाषाको लेखाइका क्रममा पाइने मात्रागत, चन्द्रविन्दु, वर्णगत, शब्द लोपगतका साथै थपोटगत, वर्णविन्यासगत, कोड मिश्रण, लिपिगत र शब्द प्रयोगगत अवस्थालाई विश्लेषण गरिएको छ । उनीहरूले नेपाली भाषाको अकार र आकार क्षेत्रमा लोपगत र थपोटगत दुवै प्रकारको प्रयोग गरेको देखिन्छ । यसले उनीहरूमा नेपालीको अकार आकार सिकाइमा कठिनाइ देखापर्ने स्पष्ट हुन्छ । यस्तै यिनीहरूको नेपाली भाषाको लेखाइका क्रममा चन्द्रविन्दुको प्रयोगमा पनि लोपको स्थिति देखियो । यिनीहरूले नेपाली भाषाको ह्रस्वदीर्घ, श, ष, स को प्रयोग, ए, य को प्रयोग, ब र भ को प्रयोग, द, ध को प्रयोगमा पनि अलमलिएको पाइयो । यिनीहरूले नेपाली भाषाको लेखनका क्रममा धेरै अङ्ग्रेजी शब्दको मात्र प्रयोग नगरेर कतै कतै देवनागरी लिपिका सट्टामा रोमन लिपिको पनि प्रयोग गरेको पाइयो । यिनीहरूले &lsquo;देखिन्छ&rsquo; लाई &lsquo;देखनोछ&rsquo;, &nbsp;&lsquo;जान दिन्छ&rsquo; लाई &lsquo;जनादिन्छ&rsquo; &lsquo;प्रमुख&rsquo; लाई &lsquo;प्रामोक&rsquo;, &lsquo;प्रधानाध्यापक&rsquo; लाई &lsquo;प्राधानादपक&rsquo; जस्ता आफ्नै प्रकृृतिका शब्द निर्माण गरी प्रयोग गरेको पनि पाइयो ।&nbsp;</em><em><strong>शब्दकुञ्जिः </strong>भारोपेली, भोटबर्मेली, समभाषिक, पहिलो भाषा, दोस्रो भाषा, शब्दप्रयोग, कोड मिश्रण, कोड परिवर्तन, शब्दभण्डार, लिपि, वर्णविन्यास, लोप, थपोट ।</em> &nbsp;
APA, Harvard, Vancouver, ISO, and other styles
3

Acharya, Omprakash. "भाषामा लिपिको विकास र प्रयोग". Spandan 13, № 2 (2023): 12–18. https://doi.org/10.3126/spandan.v13i2.76070.

Full text
Abstract:
भाषा विचार विनिमयको साधन , संचारको माध्यम र अभिव्यक्तिको आधार हो । भाषा हरेक प्राणीको हुन्छ । मानव भाषा मानवको विकाससँगै विकसित भएको हो । अभिव्यक्तिको पहिलो आधार कथ्य माध्यम हो । मानव भाषामा कथ्य माध्यमको पर्याप्त विकास भए पश्चात लेख्य माध्यमको थालनी भएको हो । भाषाको लेख्य रुप लिपिमा निहित हुन्छ । भाषामा लिपि भन्नाले के बुझिन्छ ? भाषामा लिपिको विकास कसरी हुँदै आएको छ ? जस्ता प्रश्न एवम् समस्यामा केन्द्रित भएर भाषामा लिपिको स्थान उल्लेख गर्नु , भाषामा लिपिको विकास अवस्थाको व्याख्या गर्नु यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य हो । भाषाको लेख्य माध्यम चिन्हक लिपिको विकास र प्रयोगमा सीमित यस अनुसन्धानात्मक लेखको अध्ययन विधि पुस्तकालयीय हो । लिपिका सन्दर्भ लेख्य चिन्हको प्रारम्भ चित्रहरुबाट भएको र चित्रमय संकेताक्षरका माध्यमबाट लिपिको विकास भएको पाइन्छ । मिस्रेली लेखन व्यवस्था , खरोष्ठी लिपि , ब्राहमी लिपि , देवनागरी लिपि भाषामा देखिएका लिपि हुन् । वर्तमान अवस्थामा देवनागरी लिपि नेपाली , हिन्दी लगायत नेपाल भारतका धेरै भाषामा प्रयोग हुने गर्दछ । देवनागरी लिपि एकहजार वर्षदेखि प्रयोग प्रचलनमा रहेको छ । यो लिपि वर्णनात्मक वायाँबाट दायाँतिर अक्षरमा डिको दिएर लेखिने स्वरवर्ण र व्यञ्जनवर्णको व्यवस्था भएको छ । प्रस्तुत लेखका माध्यमबाट भाषामा प्रयोग हुने लिपिको विकास र प्रयोग अवस्थाका सम्बन्धमा यथेष्ट जानकारी प्राप्त हुनेछ । यस लेखले अध्ययन , अनुसन्धान गर्ने अध्ययनकर्मी , अनुसन्धाता लाभान्वित हुने विश्वास रहेको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
4

जोशी Joshi, हेमा Hema. "वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभासपूर्ण अवस्था". Far Western Journal of Education 1, № 1 (2024): 73–85. http://dx.doi.org/10.3126/fwje.v1i1.68965.

Full text
Abstract:
प्रस्तुत आलेख वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभासपूर्ण अवस्थाबारे अध्ययनमा केन्द्रित छ । वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठिक रखाइ वा नियम बमोजिमको लेखन हो । ठिक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हुँदा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ । वर्णविन्यास लेख्य भाषासँग सम्बन्धित विषय हो । यसलाई हिज्जे पनि भनिन्छ । वर्णविन्यासलाई लिपि विन्यास पनि भन्न सकिन्छ । कुनै भाव वा विचार वा कुनै कुरा लेख्य भाषामा व्यक्त गर्दा वर्णविन्यास मिलाउनुपर्छ । वर्णको सम्बन्ध अर्थसँग हुने भएकाले वर्णविन्यासमा त्रुटि भएमा कुनै अभिव्यक्ति सही र स्पष्ट रूपमा प्रकट हुन सक्दैन । लिखित अभिव्यक्तिमा लेख्य चिन्हहरूको शुद्ध, स्पष्ट र स्तरीय प्रयोगको आवश्यकता पर्दछ । प्रस्तुत लेखमा वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभाषपूर्ण अवस्थाको बारेमा अध्ययन गरिएको छ । आलेख तयार पर्ने सन्दर्भमा मूलतः पुस्तकालयको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण र उदाहरणका आधारमा वर्णनात्मक विधिद्वारा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । लेखमा वर्णविन्यास सम्बन्धी देखापरेका विरोधाभासपूर्ण अवस्था, नेपाली बृहत् शब्दकोश २०७२ र २०७५ को वर्णविन्यासको अवस्था के कस्तो रहेको छ भन्ने कुरा उल्लेख गरिएको छ । लेखलाई गुणात्मक अनुसन्धान पद्धतिका आधारमा सम्पन्न गरिएको छ । नेपाली भाषामा वर्णविन्यासका सर्वमान्य नियमहरू बन्न सकेका छैनन् । निष्कर्षमा वर्णविन्यासको विरोधाभासपूर्ण अवस्थाको बारेमा विद्वानहरूका बिचमा फरक–फरक मतहरू रहेको कुरा लेखमा देखाइएको छ । अतः वर्णविन्यासम्बन्धी स्पष्ट रूपमा नियमको खाँचो रहेको कुरा देखाउनु यस आलेखको सार हो ।
APA, Harvard, Vancouver, ISO, and other styles
5

शर्मा, विश्वम्भर कुमार. "सङ्कथन विश्लेषणको सैद्धान्तिक आधार र यसका प्रकार". Academic Voices: A Multidisciplinary Journal 9 (31 грудня 2019): 125–28. https://doi.org/10.3126/av.v9i1.74130.

Full text
Abstract:
सङ्कथन विश्लेषण प्रायोगिक भाषा विज्ञानको नविन शाखा हो । विचारका आधारमा जोडेर अर्थ लगाउन सकिने वाक्यहरुबाट बनेको भाषिक विधा नै सङ्कथन हो । कुनै पनि भाषिक उच्चारण सन्दर्भवद्ध भएर आउँने हुनाले सङ्कथन विश्लेषणमा सन्दर्भको खोजी गर्नुपर्ने हुन्छ । सङ्कथनमा कथ्य भेद, लेख्य भेद, सङ्कथनका युक्ति, सङ्कथनका तत्वहरु वाक्य विश्लेषणका लागि महत्व राख्दछन भने वाक्यभन्दा माथिल्लो तहमा अन्तर्वाक्कीय सम्बन्ध कायम गर्न आउँने भाषिक पक्षको रुपमा सम्बद्धकको भूमिका रहन्छ । सङ्कथनले भाषाको कथ्य र लेख्य दुबै अभिव्यक्तिलाई जनाउँ छ । सङ्कथन शब्दले अभिव्यक्तिको समग्र कथन वा सिङ्गो भनाइलाई बुझाउँने हुँदा खास परिवेश सम्बद्ध, शीर्षक केन्द्रित, न टुक्रिएको भाषिक कथन नै सङ्कथन हो भन्ने कुरा पुस्टि हुन आउँछ । सङ्कथन विश्लेषणको अभ्युदय १९५० को दशकदेखि भएको पाइन्छ र यसको विकास विस्तार भने सन् १९६० पछि भएको देखिन्छ । यसको सैद्धान्तिक प्रारुपको निर्माणमा भनि मनोभाषा विज्ञान र सामाजिक भाषा विज्ञानको उल्लेखनीय योगदान रहेको छ । वास्तविक पाठलाई वास्तविकीकरण गर्ने प्रक्रिया सङ्कथन हो ।
APA, Harvard, Vancouver, ISO, and other styles
6

Raila, Sudip. "नेपाली पत्रकारितामा भाषिक शुद्धता". Ganeshman Darpan 9, № 1 (2024): 84–92. http://dx.doi.org/10.3126/gd.v9i1.68548.

Full text
Abstract:
विज्ञान र प्रविधिको विकाससँगै दुनियाँमा सञ्चारका लागि अनेकन साधनहरुको विकास भएको छ । अहिले सञ्चार प्रचार—प्रसारका लागि श्रव्यदृश्य, लेख्य—पाठ्य, अभिलेख्यमा प्रविधिहरुको अत्याधिका प्रयोग भएको पाइन्छ । सञ्चारमाध्यम तथा प्रविधिको विकासले सञ्चार प्रक्रियामा सहयोग गर्ने मात्र हो तर दुनियाँको मूल तथा सर्वोच्च माध्यम भाषा नै हो । अहिले विश्वभर आमसञ्चार माध्यमको रुपमा छापा, विद्युतीय र अनलाइनमाध्यम रहेका छन् भने नव सञ्चारमाध्यमको रुपमा न्युमिडिया तथा सामाजिक सञ्जाल देखापरेका छन् । जेजे नामका सञ्चारमाध्यम भएतापनि तिनीहरुले दिने सञ्चारको मूल मियो भाषा हो चाहे त्यो अंग्रेजी, हिब्रु, अरबिक, चाइनिज, हिन्दी तथा नेपालीभाषामा किन नहोस् । यस विषयबारे विश्लेषण सहित यस अनुसन्धानमूलक लेखमा प्रस्तुत गरिएको छ ।मानव सधैँ सञ्चारको संसारमा बाँचिरहेका हुन्छन् । अझ अहिलेको यस एक्काइसौँ शताब्दीको समयमा त मिडिया सञ्चार अपिरहार्य जस्तै भएको छ । अहिले सञ्चारमाध्यमको विकासले विश्वका परिचत तथा अपरिचित शहरका कुनाकाप्चामा भएगरेका राजनैतिक, आर्थिक, धार्मिक, सामाजिक, मौसम तथा पर्यावरण, द्धन्द्ध, युद्ध, हड्ताल, भ्रष्टाचार, लैङ्गिक हिंसा, बलात्कार, चोरी, डकैति, महामारी तथा महङ्गीका विषयवस्तुहरु, वैज्ञानिक खोज तथा अनुसन्धानबाट प्राप्त विषयहरु, अन्तरीक्षका विषयवस्तुहरु तथा शताब्दीयौँ अघिका विविध विषयवस्तुहरुलाई इन्टरनेटको सहायताले चल्ने अनलाइन, ई. कागज, एन्ड्रोइड मोबाइलबाट चलाइने विभिन्न सामाजिक सञ्जाल, डिजिटल रेडियो तथा टेलिभिजन प्रविधिमा आएको स्मार्ट टेलिभिजनबाट पढ्न, हेर्न तथा सुन्न र चित्तनबुझे तत्कालै प्रतिक्रिया दिन समेत सक्दछौ ।तसर्थ मिडियाबाट सम्प्रेषण गरिने सन्देशलाई पाठक, दर्शक तथा श्रोताले सहजै रुपमा बुझ्न सक्ने भाषाशैली, लिपि, सङ्केत तथा वाक्यमा लेख्य र कथ्य रुपमा प्रस्तुत गर्नुपर्दछ । यदि प्रेषकले पठाएको सन्देशलाई प्रापकले सहि रुपमा ग्रहण गर्न सकेन भने त्यस सन्देशको कुनै अर्थ रहन्न् । तसर्थ प्रेषकले पठाएको सन्देशलाई प्रापकले सहि रुपमा बुझ्ने गरी सन्देश सम्प्रेषण गर्नुपर्दछ । यस अनुसन्धानमूलक लेखमा नेपाली मिडियाबाट सूचना तथा जानकारी प्रवाह गर्दा नेपालमा बढी प्रयोगमा आउने देवनागरी भाषा तथा लिपिमा शुद्धाशाद्धी, व्याकरण, ह्रश्व, दीर्घ तथा वर्णविन्यासबारे विशेष ध्यानदिदैँ कथ्य र लेख्य रुपमा सन्देश सम्प्रेषण गर्नुपर्ने विषयबारे विश्लेषण तथा व्याख्या गरिएको छ ।अहिले प्रत्येक मिनेट मिनेटमा विश्वभरका लाखौँ तथा करोडौँ मानिसहरु माझ विभिन्न घटना विषयबारेका लेख, समाचार, सूचना तथा विचारहरु श्रव्यदृश्य रुपमा प्रवाह हुनेगर्दछ । त्यसका साथै मिडियाले आमजनतालाई शिक्षा दिने, सामाजिकीकरण गर्ने, मनोरन्जन प्रदान गर्ने, सूचना दिने तथा व्यक्ति, परिवार, समाज लगायत राष्ट्र रुपान्तरणमा समेत टेवा दिने कार्य गर्दछ । यसरी मिडियाले हरेक व्यक्ति, परिवार, समाज हुँदै राष्ट्र निर्माणमा समेत महत्वपूर्ण भूमिका निभाउने हुँदा यसबाट दिइने भाषा तथा लिपिलाई सहि रुपमा लेख्य र कथ्यबाट प्रवाह गर्नुपर्दछ भन्ने कोणबाट यो अनुसन्धानमूलक लेख प्रस्तुत गरिएको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
7

बम Bam, सुरेन्द्र Surendra कुमार Kumar. "सुदूरपश्चिम प्रदेशको भाषिक स्थिति Sudurpaschim Pradeshko Bhashik Sthiti". Tribhuvan University Journal 33, № 1 (2019): 251–68. http://dx.doi.org/10.3126/tuj.v33i1.28698.

Full text
Abstract:
सुदूरपश्चिम प्रदेशकोको भाषिक स्थितिमा केन्द्रित यस लेखको मुख्य उद्दश्ेय सुदूरपश्चिम प्रदेशको भाषिक अवस्था पहिचान गर्नु रहेको छ । प्रादेशिक संरचना नेपालको नयाँ व्यवस्था भएकाले प्रदेशगत रूपमा भाषिक तथ्याङ्क पर्याप्त रूपमा उपलब्ध छैन । प्रस्तुत लेखमा शीर्षकसँग सम्बन्धित सैद्धान्तिक सामग्रीको अध्ययन गरी प्राप्त तथ्यको मिश्रित ढाँचामा व्याख्या विश्लेषण गरिएको छ । २०६८ सालको जनगणना अनुसार सुदूरपश्चिम प्रदेशमा बोलिने ८३ ओटा भाषा मध्ये नेपालीका अतिरिक्त एक दर्जन भाषाको मूल उत्पत्ति र प्रमुख प्रयोग क्षेत्र यसै प्रदेशमा भएका रैथाने भाषा रहेको पाइएको छ । वक्ता सङ्ख्याका आधारमा डोटेली सबैभन्दा ठूलो भाषा रहेको यस प्रदेशमा नेपाली दोस्रो, थारु तेस्रो, बैतडेली चौथो र अछामी पाँचौं स्थानमा रहेका छन् । नेपालमा बोलिने चारै परिवारका भाषा बोलिने यस प्रदेशमा ९८ प्रतिशतभन्दा बढीले भारोपेली परिवारका भाषा बोल्ने गरेको पाइन्छ । अधिकांश भाषा कथ्य रूपमा रहेको यस प्रदेशमा नेपालीका अतिरिक्त डोटेली र थारु भाषाको मात्र अलि बढी लेख्य परम्परा रहेको छ भने अरु केही भाषाको लेख्य परम्परा भर्खर सुरु भएको पाइन्छ । परम्परागत ज्ञानको खानी र इतिहासको धरोहरका रूपमा रहेका प्रदेशका समग्र भाषाहरूको संरक्षण, सम्बर्धन र विकासका लागि सम्बन्धित सबैको ध्यान जानु आवश्यक देखिन्छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
8

वास्तोला Bastola, हेरम्वराज Herambaraj. "नेपाली व्याकरणको विकास परम्परा {Development tradition of Nepali grammar}". Sotang, Yearly Peer Reviewed Journal 1, № 1 (2019): 46–53. http://dx.doi.org/10.3126/sotang.v1i1.45844.

Full text
Abstract:
नेपाली भाषाको सङ्क्षिप्त परिचय, व्याकरणको प्रारम्भिक स्थिति, नेपाली भाषाको लेख्य अभिलेख, नेपालीभाषा तथा साहित्यको विकासमा भएका केही आन्दोलनहरूबारे सङ्क्षिप्त चर्चा गर्दै नेपाली व्याकरणको परम्परासम्बन्धी यस लेखमा बिमर्श गरिएको छ । व्याकरण भाषाको अनुशासन हो । भाषालाई व्याकरणलेअनुशासित बनाउँछ । मनुष्यले आफ्ना मनका भाव आपसमा बुझाउनका लागि प्रयोग गर्ने माध्यम नै भाषा हो ।कथ्य भाषा प्रयोगको धेरै समय पछि लेख्य स्वरूप प्रयोग हुन थाल्यो, लेख्य स्वरूप प्रयोगसँगै भाषानुशासन व्याकरणको आवश्यक भयो । नेपाली भाषामा गोरखापत्र प्रकाशन हुन थालेको समय विन्दुलाई एउटा ऐतिहासिक कोसेढुङ्गाको रूपमा लिदैे एटन (१८२०) देखि गोरखा पत्र प्रकाशन बीचको अवधीलाई नेपालीमा व्याकरण विकासको पृष्ठभूमि काल वा पहिलो चरण मानिएको, नेपाली भाषाको पहिलो पाठ्यपुस्तक अक्षराङ्क शिक्षा र गोरखापत्र (१९५८) प्रकाशन भएपछि भने नेपाली भाषामा व्याकरणको अभाव भएको सम्बन्धमा मन्थन हुन थालेको , १९५८ देखि झर्रो आन्दोलन (२०१३) सम्मको अवधीलाईनेपाली व्याकरण लेखन परम्पराको दोस्रो चरण मानिएको, वि.सं. १०१४ मा नेपाली विद्वान् रामराज पन्तकोनेपाली भाषा विज्ञान प्रकाशित भएपछि नेपाली व्याकरण परम्पराले नयाँ मोड लिएको, यस अवधीमा विदेशीभाषा अध्येताहरूबाट पनि भाषावैज्ञानिक अध्ययनका कार्य अघि बढाउने कार्य भएको यस अवधीलाई तेस्रोचरण मानिएको देखिन्छ । भाषाशास्त्रीय अध्ययन तथा लेखन, भाषा व्याकरण लेखन, शैक्षणिक व्याकरणलेखन तथा वर्णविन्यास सम्बन्धी चिन्तन र बहस हालसम्म पनि निरन्तर प्रक्रियाकै रूपमा चलिरहेको रचलिरहने निष्कर्ष प्रस्तुत गरिएको प्रस्तुत लेख तयारीका क्रममा मूलत ः पुस्तकीय अध्ययनलाई आधारबनाइएको छ । &#x0D; {Brief introduction of Nepali language, initial status of grammar, written records of Nepali language, some movements in the development of Nepali language and literature are briefly discussed in this article on the tradition of Nepali grammar. Grammar is the discipline of language. Grammar is disciplined by language. Language is the medium used by human beings to communicate their feelings to each other. The period between Eton (1820) and the publication of Gorkhapatra is considered as the background period or the first stage of development of grammar in Nepali. The period from 1958 to the Jharro movement (2013) is considered to be the second phase of the Nepali grammar writing tradition. In 1014, Nepali scholar Ram Raj Pantako nepali After the publication of Linguistics, the Nepali grammar tradition took a new turn. Thoughts and debates on linguistic studies and writing, language grammar writing, academic grammar writing and alphabet are still a continuous process.}
APA, Harvard, Vancouver, ISO, and other styles
9

पौडेल Poudel, माधव Madhav प्रसाद Prasad. "भाषा शिक्षणमा उच्चारण शिक्षणको आवश्यकता, स्वरूप र प्रक्रिया Bhasha Shikshanma Ucchharan Shikshanko Aabashyakata, Swarup ra Prakriya". Tribhuvan University Journal 28, № 1-2 (2013): 361–74. http://dx.doi.org/10.3126/tuj.v28i1-2.26266.

Full text
Abstract:
उच्चारण मूलतः बोलीसँग सम्बन्धित प्रक्रिया हो । यो सस्वर पठन÷वाचनकालागि पनि उत्तिकै महत्त्वपूर्ण र आधारभूत भाषिक प्रविधि हो । भाषा शिक्षणमा कथ्य वामौखिक भाषा र अभिव्यक्तिको व्यापक परिपोषण र सुधारका लागि उच्चारण शिक्षणअपरिहार्य आवश्यकता बनेको हुन्छ । कुनै पनि जीवन्त भाषा ध्वन्यात्मक रूपमै जीवितरहेको हुन्छ र त्यसैको तन्दुरुस्त उच्चारणका माध्यमले सम्प्रेषण सञ्चारको कार्य त्यसलेगरेको हुन्छ । वर्ण विन्यास वा हिज्जेले लेख्य भाषाको प्रतिनिधित्व गर्छ भने उच्चारणलेभाषाको कथ्य वा ध्वन्यात्मक रूपको प्रतिनिधित्व गरेको हुन्छ । संसारका कतिपयभाषाहरू अझै पनि ध्वन्यात्मक रूपमा मात्र जीवित छन् । त्यसैले कुनै पनि भाषाकोपहिलो र आधारभूत रूप भनेको त्यसको बोली हो र त्यही बोलीको प्रतिनिधित्व नैउच्चारण हो । लिप्यात्मक रूपमा चाहेर पनि सङ्केत गर्न नसकिने कतिपय खण्डीय वर्ण रभाषेतर पक्षको समेत हेक्का राखेर सोही अनुरूप उच्चारण गरी बोल्नु पर्ने भएकाले शिक्षणीयदृष्टिले यो लेख्य भाषाभन्दा जटिल र निरन्तर अभ्यास तथा प्रयोग अभ्यासका आधारमापरिमार्जित हुने खालको हुन्छ । सामाजिक र व्यावसायिक जीवनका दैनिक व्यवहारमाअत्यधिक प्रयोगमा कथ्य भाषाकै व्यवहार गरिने भएकाले जबसम्म सम्बन्धित भाषाकोउच्चारणमा अभ्यस्त भइँदैन तबसम्म भाषा सिकेको मान्न सकिँदैन । क्षेत्रीय, स्थानीय रविदेशी भाषाका उच्चारण प्रभाव तथा अन्य कतिपय कारणले उच्चारणमा अनेकौँ त्रुटिहरू हुनेगर्छन्, जसलाई राम्रोसँग पहिचान गरी तिनको सुधार र परिष्कार गर्नमा उच्चारण शिक्षणडोरिनु वा निर्देशित हुनु आवश्यक छ । यस लेखमा यसै दृष्टिकोणलाई मुख्य आधार बनाईभाषा शिक्षणमा उच्चारण शिक्षणको आवश्यकता, स्वरूप र प्रक्रियाहरूको खोजी गर्ने प्रयासगरिएको छ साथै नेपाली भाषा शिक्षणका सन्दर्भमा उच्चारण त्रुटिका कारण र त्रुटिक्षेत्रहरूकोसोदाहरण चिनारी गराउने प्रयत्न गरिनुका साथै शिक्षण कार्यकलाप र त्रुटि निराकरणकाउपायहरू पनि सुझाउने प्रयत्न गरिएको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
10

पनेरु Paneru, राजिन Rajin. "‘मैनबत्तीको शिखा’ कवितामा लयविधान". Prajnik Bimarsha प्राज्ञिक विमर्श 6, № 11 (2024): 135–41. http://dx.doi.org/10.3126/pb.v6i11.66036.

Full text
Abstract:
प्रस्तुत लेखमा भूमि शेरचनकृत ‘मैनबत्तीको शिखा’ कवितामा लयविधानको खोजी गरिएको छ । प्रस्तुत कवितामा प्रयुक्त लयविधानको खोजी प्रस्तुत लेखको मुख्य विषय सन्दर्भ रहेको छ । पङ्क्तिगत विन्यास, आवृत्ति वा समानान्तरता, विचलन, लेख्य चिन्हहरूको प्रयुक्ति तथा शब्दहरूको खण्डीकरणजस्ता सन्दर्भले कवितामा लय निर्माण भएको छ । भाषाद्वारा सृजना हुने लयलाई कविताको सङ्कथन विश्लेषणको महत्वपूर्ण आधारको रूपमा लिइन्छ । नारीको जीवन सन्दर्भका साथै मानवको जीवन चक्रको भावलाई विशिष्ट मुक्तलयका माध्यमबाट यस कवितामा प्रस्तुत गरिएको छ । यस अध्ययनमा गद्य कविताको लय विधानगत सैद्धान्तिक स्वरूपका आधारमा प्रस्तुत ‘मैनबत्तीको शिखा’ कविताको विश्लेषण गरिएको छ ।
APA, Harvard, Vancouver, ISO, and other styles
More sources
We offer discounts on all premium plans for authors whose works are included in thematic literature selections. Contact us to get a unique promo code!